न्युज अपडेट,
आदरणीय प्रवासी दाजुभाई तथा दिदीबहिनीहरु;
गत १५ डिसेम्वर २००९ को दिन, कुवेतको एरिस्को कम्पनिमा कार्यरत, स्याङ्ग्जा जिल्लाको पुतली बजार नगर पालिका वार्ड नं. आठ घर भएका ३८ वर्षिय युवक नरेश बिक्रम शाहको एक असामयिक निधन हुन पुगेको थियो । मृतकको घरमा मृतककै पौरखबाट जीबन यापन गर्न विवश, डाँडा माथिका घामसरी बुढा बाबु-आमा, श्रीमती र नावालक छोरा समेत रहेको सम्बन्धित स्रोतबाट खुल्न आएको छ । प्रवासमा पौरख गरी परिवारको लालनपालन गर्ने शाहको मृत्युले परिवारमा कस्तो असर गर्ला र अबको अवस्था कस्तो होला ? शायद त्यस किसिमको अनकण्टार सन्नाटालाई हामीले शब्दमा व्याख्या गर्न नसकिएला । यिनै कटु यथार्थलाई मनन गरि दया जाग्ने जो कोही दयालु प्रवासी सज्जन बृन्दहरुलाई सक्दो आर्थिक सहयोग गरी मृतकको परिवारलाई केही मात्रमा भए पनि राहत पुर्याई दिनु हुन मृतकको परिवार र आफन्तजनको तर्फबाट हार्दिक अपिल गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्