सङ्घीयता समर्थन र बिरोध


नेपालमा गणतन्त्र स्थापनासँगै शुरु भएको सङ्घीयता सम्बन्धी वादविवाद नेपाली राजनीतिकको निक्कै उत्सर्गमा पुगेको छ । राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालले गणतन्त्र स्थापना सङ्गै सङ्घीयतामा जाँदा राज्य टुक्रा-टुक्रा भएर नेपालको अस्तित्व नै नरहेने देश टुक्रने बिखन्डन तिर धकेलिने र जातित्वको लडाई हुने जस्ता बिषयलाई अघिसारी बिरोध गर्दै आएकोछ । भनें अरु काँग्रेस, एमाले माओवादी मधेशबादी दल लगायतका पाटीहरु पनि सङ्घीयताको खाका तयार पार्न बयस्थ छन । माओवादीले त बिभिन्न प्रदेश घोषणा गरिसकेकोछ ।

नेपालमा नयाँ संबिधान जारी हुने दिन जती जती नजिकिदैछ उती बिरोधका स्वरहरु सुनिन थालेका छन । केही दिन अघी उपप्रधानमन्त्री सुजता कोइराला र हिजो मात्र एमालेका नेता के. पि. ओलिले सङ्घीयतामा जानु अघी जनमत संग्रहमा जानु पर्ने अभिब्यक्तिले झन चर्चा छाएको छ । उहाँहरुको अभिब्यक्ती प्रती रा.प्र.पा नेपाल र राष्ट्रिय जनमोर्चा लगायतका केही दलले स्वागत गरेका छन । राष्ट्रिय जनमोर्चाले हरेक जिल्ला, अञ्चल बन्द गर्दै आज उपत्यका र भोली नेपाल बन्द गर्दैछ । उता राष्ट्रिय जनमोर्चाद्वारा संघीयताको विरोधमा आयोजित बन्दका विरुद्धमा नेवाः स्वायत्त राज्य मंकाखल संघर्ष समितिले राजधानीमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राजधानीको बसन्तपुर जोरपाटी लगायतका विभिन्न स्थानबाट निकालिएको मोटरसाइकल र्‍यालीमा सहभागीहरुले विभिन्न ठाउँमा पुगेर पसल खोल्न आग्रह गरेका छन् । मंका खलका कार्यकर्ताले ठमेलबाट बन्द गराउँदै हिँडेका चारजना कार्यकर्तालाई समातेर प्रहरीलाई बुझाई दिएका छन् । आज राजधानीका विभिन्न स्थानमा झडप भएको छ । ललितपुरको ग्वार्कोमा भएको झडपमा जनमोर्चाका आधा दर्जनभन्दाबढी कार्यकर्ता घाइते भएका छन् । ग्वार्कोमा करिब २५ वटा मोटरसाइकलमा तोडफोड समेत गरिएको छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.