धर्मेन्द्र यादव र टेक थजाली (दुबई)
९ जनवरी २०१०, युएईको फूजेरा स्थित सरकारी अस्पतालको ICU कक्षमा विगत ४ महिना देखि उपचाररत सोलुखुम्बु घर भएकी माया लामा शेर्पाको मृत्यु भएको छ । घरायसी समस्याका कारण हाउसमेडको रुपमा विगत एक बर्ष देखी फूजेरा स्थित अरबीको घरमा कार्यरत माया बिरामी भएकी थिइन् र घर जान टिकट पनि लिईसकेकी थिईन् । तर घर मालिकले जान नदिई उक्त टिकट त्यसै रद्द भएको थियो जसका कारण उनी थप मानसिक रोगी भइन् र आफनै शरिरको दुई ठाउँमा छुरा प्रहार गरी आत्महत्याको प्रयास गरिन् । तत्पश्चात उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । रोग जटिल हुदै गएको कारण उनलाई ICU मा राखियो । शरीरको मुख लगाएत प्रायस्भागमा उपचारको क्रममा पाईप जोडीएको हुँदा बोल्न असमर्थ थिईन् भने बेलाबेलामा अचेत अवस्थामा रहने हुँदा साँकेतिक भाषा मात्र केही कुरा बुझिन्थ्यो । जस कारण उनको घर परिवार र अन्य जानकारीको स्रोत खुल्न सार्है अप्ठेरो भएको थियो ।
यस ’boutमा समय समयमा प्रत्यक्ष जानकारी गराउँदै आएका दिएनजे राहत प्रतिष्ठानका फूजेरा प्रतिनिधी पूर्ण कुमार मगरले आवश्यक रेखा देख गरेका थिए । भने त्यसै अस्पतालमा मायालाई खाना पुर्याउन जाने इन्दिरा मल्लले प्रत्यक्ष सकेसम्मको सहयोग गरेको बताएकी थिईन् । २ महिना पहिले यस प्रतिष्ठानका अध्यक्षले अस्पतालमा गई प्रत्यक्ष भेट्दा बिरामीको अवस्था नाजुक भएको बताएका थिए ।
यस’boutमा राजदुतावास स्रोतलाई जानकारी गराईएको थियो भने श्रम सहचारी पार्वती अर्यालले जिज्ञासा लिनुभएको थियो । र त्यहाँ जाने योजना रहेको पनि बताउनु भएको थियो । सो अस्पतालमा काम गर्ने चन्द्र खड्का (धनकुटा) ले ९ जनवरीका दिन दिएको जानकारी र मृत्यु प्रमाणपत्रका आधारमा यो समचार तयार भएको हो । अव राजदूतावास लगाएत सबै मिली उनको लाश घर परिवार सम्म पुर्याउन र उनले पाउने क्षतीपुर्ति वारे पहल गरिनु आवश्यक रहेको छ ।
Source: janapukar
all arabian are … lower then …..not a human…