तत्कालिन राजा वीरेन्द्र राष्ट्रपति बन्थे रे


नेपालको इतिहासमा तत्कालीन राजा वीरेन्द्र र एमाले महासचिव मदन भण्डारीको मृत्यु कहिले पनि नसुल्झिने रहस्य बन्दै आएको छ । आ-आफ्नो ढंगले व्याख्या गर्दै आए नेताहरुले यसलाई । वीरेन्द्रसहित दरबार हत्याकान्डको ग्रायन्ड डिजाइनको पोल खोल्छु भन्ने गिरिजा बाजेले कहिल्यै त्यस’bout चुँसम्म गरेनन् । मदन भण्डारीको हत्या भएको भन्दै सडकमा हिं‍सात्मक आन्दोलन गर्ने एमालेले सत्तामा पुग्दा त्यो सब बिर्सियो । अहिले फेरि प्रतिपक्षमा रहेको माओवादीले यिनै दुई वटा विषयलाई आफ्नो राष्ट्रिय स्वाधीनताको आन्दोलनसित जोडेर व्याख्या गर्न थालेको छ ।

राजा वीरेन्द्रले चीनबाट हतियार लिन खोज्दा भारतले आर्थिक नाकाबन्दी गरेको कुरा सम्झाउँदै प्रचण्डले वीरेन्द्र मारिनुभन्दा डेढ महिनाअघि उनका भाइ धीरेन्द्रमार्फत् चिठी पठाएको बताए । विदेशीले चलाएका होइनन्, देशभक्त हुन् भन्ने थाहा पाएर राजाले दमन गर्न हुन्न भनेर चिठी लेखे । ‘दाइ बाहिर निस्कन गाह्रो छ, तपाईँलाई भेट्न चाहनुभएको छ’ भनेर उनका भाइले भनेका थिए रे । तर भेटेको भए नि माओवादीले राजतन्त्र मान्ने थिएन रे । प्रचण्डले भाषणमा भने- राजा साँच्ची राष्टिय स्वाधिनताको पक्षधर भए ‘गद्दी छाड्न’ भन्ने थियौं– उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन तयार छौं, गद्दी त्याग्ने भए । तर वीरेन्द्रको हत्यापछि त्यो कुरा त्यहीँ टुंगिएछ ।

गत शनिबार राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले दुवैको हत्या राष्ट्रवादी भएको कारणले भएको र आफूलाई पनि सुरक्षा खतरा बढेको बताए । उनले गद्दी त्यागेका भए वीरेन्द्रलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्न समेत आफूहरु तयार भइसकेको खुलासा गरे । वीरेन्द्रसँग कार्यगत एकताको कुरा त पहिले नै सार्वजनिक भइसकेको हो तर राष्ट्रपति नै मान्न तयार भएको कुरा भने हिजो भर्खर खुलासा भएको हो ।

मदन भण्डारीको प्रसंगमा भने उनले अहिलेका प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत जोडेर गम्भीर कुरा बताए । राजालाई समेत श्रीपेच फुकालेर जनतामाझ आउन चुनौती दिने मदन भण्डारी मारिएको केही समयपछि माधव नेपालसँगको भेटमा नेपालले प्रचण्डलाई यसो भनेका थिए रे, ‘अमेरिका र भारतले भेटौं भन्दा ठाड्ठाडै फुर्सद छैन भन्नेको ताल यस्तै हुन्छ ।’ त्यसबेलाको भेटमा बाबुरामजी र नारायणकाजी (सहित) थियौं । त्यसबेला हामी नेकपा एकताकेन्द्रमा थियौं भनेर उनले सुनाए । उनले अहिले स्वाधिन राष्ट्र बन्ने प्रक्रियाको सुरुवात भएको बताउँदै रिमोट कन्ट्रोल, आकाशवाणीबाट चल्ने रोबोटहरूले राष्ट्रियता र देशको नेतृत्व गर्न नसक्ने बताए पटकपटक वार्ता गर्दा पनि निष्कर्ष ननिस्केकाले तिनलाई चलाउने मालिकसँगै वार्ता गर्नुपर्छ भनेको उनको कथन थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.