Daily Archives: 10/01/2010

उपप्राध्यापकले श्रीमतीको हत्या गरे


भाउजूसँग यौनसम्बन्ध राख्दै आएका एक उपप्राध्यापकले घटना सार्वजनिक हुने डरले श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ । सोही कारण पहिलो श्रीमतीबाट समेत डिभोर्स पाएका उनले दोस्रो श्रीमतीलाई १५ मंसिरमा काठमाडौं ल्याई हत्या गरेका थिए । महेन्द्र मोरङ क्याम्पसमा बायोलोजी विषय पढाउँदै आएका उपप्राध्यापक धीरेन्द्रलाल कर्णले मधुवन-६ सुनसरीस्थित माइती बस्दै आएकी दोस्री श्रीमती रन्जुलाई मनकामना दर्शन गर्न जाऊँ भनी गत १५ मंसिरमा काठमाडौं ल्याएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतको ल्होसार पर्व (जनवरी २०१०)


आफ्नो ऐतिहासिक एवं मौलिक परम्परा, धर्म संस्कृति तथा जातिय पहिचानलाई जगेर्ना गर्ने/गराउने मुल उद्देश्यसहित गठन भएको तमू समाज, कुवेतले ०८ जनवरी २०१० का दिन, कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा पहिलो चोटि कुवेतमा औपचारिक रुपमा ल्होछार पर्व मनाएको छ । तमू ल्होछारका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

सङ्घीयता समर्थन र बिरोध


नेपालमा गणतन्त्र स्थापनासँगै शुरु भएको सङ्घीयता सम्बन्धी वादविवाद नेपाली राजनीतिकको निक्कै उत्सर्गमा पुगेको छ । राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालले गणतन्त्र स्थापना सङ्गै सङ्घीयतामा जाँदा राज्य टुक्रा-टुक्रा भएर नेपालको अस्तित्व नै नरहेने देश टुक्रने बिखन्डन तिर धकेलिने र जातित्वको लडाई हुने जस्ता बिषयलाई अघिसारी बिरोध गर्दै आएकोछ । पढ्नेक्रम जारी राख्नुहोस्

तत्कालिन राजा वीरेन्द्र राष्ट्रपति बन्थे रे


नेपालको इतिहासमा तत्कालीन राजा वीरेन्द्र र एमाले महासचिव मदन भण्डारीको मृत्यु कहिले पनि नसुल्झिने रहस्य बन्दै आएको छ । आ-आफ्नो ढंगले व्याख्या गर्दै आए नेताहरुले यसलाई । वीरेन्द्रसहित दरबार हत्याकान्डको ग्रायन्ड डिजाइनको पोल खोल्छु भन्ने गिरिजा बाजेले कहिल्यै त्यस’bout चुँसम्म गरेनन् । पढ्नेक्रम जारी राख्नुहोस्

धरान अब धरान जस्तो रहेन


निलिफा सुब्बा (धरान)

बेलायती उच्च अदालतले भू. पू. ब्रिटिस गोर्खा सैनिकहरुलाई परिवारसहित बेलायतमा बस्न मिल्ने फैसला सुनाएपछि उनीहरु धमाधम आफ्नो थातथलोको माया मारेर बेलायत छिर्दैछन् । धरान जस्तो लाहुरे बस्तीमा यसको नकारात्मक असर देखिन थालिसकेको छ । त्यहाँ नूनदेखि सुनसम्मको व्यापार खस्कने क्रममा छ । धरान बजारमा लाहुरे–लाहुरेनीको भीड अचेल देखिन्न । पढ्नेक्रम जारी राख्नुहोस्

युएईको फुजेरा अस्पतालमा रहेको मायाको मृत्‍यु


धर्मेन्द्र यादव र टेक थजाली (दुबई)

९ जनवरी २०१०, युएईको फूजेरा स्थित सरकारी अस्पतालको ICU कक्षमा विगत ४ महिना देखि उपचाररत सोलुखुम्बु घर भएकी माया लामा शेर्पाको मृत्‍यु भएको छ । घरायसी समस्याका कारण हाउसमेडको रुपमा विगत एक बर्ष देखी फूजेरा स्थित अरबीको घरमा कार्यरत माया बिरामी भएकी थिइन् र घर जान टिकट पनि लिईसकेकी थिईन् । तर घर मालिकले जान नदिई उक्त टिकट त्यसै रद्द भएको थियो जसका कारण उनी थप मानसिक रोगी भइन् र आफनै शरिरको दुई ठाउँमा छुरा प्रहार गरी आत्महत्याको प्रयास गरिन् । पढ्नेक्रम जारी राख्नुहोस्

मूर्ख हो बन्दको नाटक बन्द “टिप्पणी”


बन्द गरेर जनताको समर्थन देखाउँछु भन्या होला, बन्द नगरे गाडी फोर्ने, पसल फोर्ने काम नगरे त कसले पो बन्द गर्थ्यो होला । दबाबमा बन्द गराउने अनि आफ्नो आफ्नो समर्थन छ भनेर देखाउने ? नेपाली जनतालाई भेंडा नै ठानेका छन् बा यी नेताहरुले । एउटा आयो फलानो कुरो चाहिन्छ भनेर बन्द गर्‍या छ, अर्को आयो त्यही कुरो दिन हुन्न है भनेर बन्द गर्‍या छ । कति नाटक हेर्ने हो हामीले ? वाहियात! यही महिनामा मात्रै दुई वटा बन्द भए । अस्ति १७ गते आदिवासी जनजाति वृहत मोर्चाले बन्द गर्‍यो अनि आज बन्द गरेको छ राष्ट्रिय जनमोर्चाले । पढ्नेक्रम जारी राख्नुहोस्