मिति: ०९ जनवरी २०१०
कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
आगामी ०५ फेब्रुवरी २०१०, शुक्रवारको दिन देखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा; माउण्ट एभरेष्ट एम. बि. बमजन अन्तर नेपाली गोल्ड कप फूटवल टुर्नामेण्टको संचालन हुन गई रहेको जानकारी गराइन्छ । नक आउटको आधारमा खेलाईने यस टुर्नामेण्टको टिम दर्ता र टाईसिटको लागि गोला प्रथा यही आगामी २९ जनवरी २०१०, शुक्रवारको दिन कुवेतस्थित मालिया पार्कमा गराइने समेत जानकारी गराइन्छ ।
साथै यस टुर्नामेण्टमा सहभागिता जनाउन इच्छुक सम्पूर्ण नेपाली टिमका टिम मेनेजर र टिम क्याप्टेनहरुलाई आफ्नो लगायत सम्बन्धित टिमका सम्पूर्ण खेलाडिहरुको सिभिल आई. डि. को फोटोकपी र पासपोर्ट साइजको रंगिन फोटो सहित उक्त अवसरमा उपस्थित भई आफ्नो टिम दर्ता गराई दिनु हुन माउण्ट एभरेष्ट क्लव कार्यसमिति हार्दिक अनुरोध गर्दछ । साथै यस वर्षको टुर्नामेण्ट कुवेतको आमग्रास्थित फूटवल मैदानमा खेलाईने थप जानकारी समेत गराइन्छ ।
धन्यवाद ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत ।
NAMASKR SAMPADAK JIU ANI MT.EVEREST CLUBKA TEAM MEMBER,TAPAI HARULE JUN FOOTBALL KHELL AMGHARAMA HUNE VANIYEKO CHHA TESLE KHELL PREMI RA HKELADI HARUKO MAN GIREKO CHHA.KINAVANE KHELL KHELAUNU KUNAI NARAMRO KURA HOINA TARA KHELAUNU PANI TA HAREK KURALAI DHANMA RAKHERA KHELAYEMA KHELL ALI ROCHAK HUNE THIYO KI?YEDI AMGHARAMA NAI KHELL VAYEMA FOOTBALL TEAM PANI KAM HUNE RA HERNE DARSAK PANI NAHUNE HUNCHHA.TESO VAYEMA KHELKO KUNAI MAHATO HUDAINA AHILE HAREK FOOTBALL PREMIHARUKO MANMA YEHI KURAKO CHARCHA HUDAICHHA.KUWAITKO JUANAI THAUMA KHELAYE PANI HUNCHHA TARA AMGHARA 100% HUDAINA.KITA PAHILAKO THAU SARQ ATHABA MALIYAKO SEA SIDE.
THANKS……………