धरानमा प्रहरीले पत्राकार कुटे


धरानबाट प्रकाशन हुने ब्लास्ट टाइम्स दैनिकका संवाददाता चन्द्रमणि कट्टेललाई बिहिबार राति ड्यूटीमा खटिएका प्रहरी हवल्दार चित्ररन्जन सहनी र जवान दीपक खत्रीले कुटपिट गरेका छन् । धरानको पुतली लाइनमा ट्राफिक जाँचको क्रममा विवाद चलिरहेको अबस्थामा समाचार संकलन गर्ने क्रममा त्यहाँपुगेका पत्रकार कट्टेलमाथि आक्रमण गरेका थिए । घटना पश्चात नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेको छ । यसैबिच धरानका पत्रकारहरुले अञ्चल प्रहरी प्रमुख मिङ्मा लामालाई भेटी दोषीमाथि कारवाहीको माग गरेका छन् । लामाले उक्त घटनाको छानविन हुने र कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.