राज अधिराज (हङकङ)
जनअधिकार सरोकार समाज हङकङद्वारा आयोजित भेलालाई आज एकिकृत नेकपा मावोवदी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । छोटो समयको योजनामा छोटै समयका लागि हङकङ आएका अध्यक्ष प्रचण्डकासाथ एकिकृत नेकपा माओवादीका पोलिट व्यूरो सदस्य तथा अन्तरास्ट्रिय व्यूरो इन्चार्ज कृष्णबहादुर महरा पनि उपस्थित थिए ।
सरोकार समाजद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रमको शुरुमै प्रचण्डले आफू यसरी छोटो समयको योजनामै हङकङ आउनुको कारणमा कुनै रहस्य नरहेको खुलासा गर्दै हङकङलई पूर्वी एसीयामा सम्पर्क स्थापनार्थ केन्द्रको रुपमा विकासित गर्नलाई आन्तरिक तयारी र क्षलफलको सिलसिलामा यहाँ आएको बताएका थिए । सम्वोधनको क्रममा, भारत लगायत नेपालका ठूला पार्टीहरुले सोचे अनुरुप सम्विधान सभाको निर्वाचनमा आफ्नो माओवादी पार्टीले हार नबेहोर्नु नै नेपालको वर्तमान राजनीतिको मूख्य समस्या हो भनी किटानी गरेका थिए । वर्तमान राष्ट्रिय राजनीतिका ताता विषयहरुमा धेरै नबोलेका प्रचण्डले मावोवादीको हात र तत्कालीन राजा ज्ञानेन्द्रको लात पाएर नै नेकपा एमाले र नेपाली कङ्ग्रेस गणतन्त्रसम्म आएको हो भन्दै आफ्नो भाषणको अधिकांस समय नेपालको राजनैतिक इतिहासकालका कुरालाई जोड्दै अन्य पार्टीहरुको कमी कम्जोरीहरुलाई औंल्याउनु मै खर्चिएका थिए ।
देशको राजनैतिक विषम परिस्थितिको सन्दर्भमा बोल्दै प्रचण्डले, नेपाललाई संधै अराजक्ता र अस्थिरतातिर नै धकेलेर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने एउटा वर्गको नेपालमा अझै पूर्ण सकृयता र मज्बुत उपस्थिति रहेको र वर्तमानमा सत्तामा रहेका नेपालका राजनीतिक दलका नेताहरुको भारत मुखी, पुरातन तथा यथास्थितिवादी सोच नै नेपालको वर्तमा राजनितिको मूख्य समस्या बताएका थिए । आफ्नो कारणले सम्विधान निर्माणमा कुनै पनि वाधा नपुगेको बताएका प्रचण्डले राजनैतिक समझ्दारी बने बाँकी रहेको ५ महिनाको अवधीमा सम्विधान बन्न सक्ने दाबी गरे । यसको लागि श्रीष नेताहरुबीच सहमतिको प्रयास भइ रहेको र आफू यहाँबाट फिरे लगतै पनि सकारात्मक निकासको लागि गम्भिर प्रयास गर्ने बताउँदै उपस्थित जनसमुदायलाई निरास नबन्नलाई आस्वसनयुक्त अनुरोध गरेका थिए ।
जोर्डनस्थित साइनो सेन्टर प्लाजाको १६औं तलाको सभाकक्षमा आयोजित यस कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष कृष्णबहादुर लिँखाले गरेका थिए भने त्यसलाई समाजका सचिव पवन बस्नेतले सञ्चालन गरेका थिए । प्रचण्डको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा महरालाई विशेष आतिथ्य प्रदान गरिएको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनट मोहोनधारण गरिएको उक्त सभालाई माओवादी हङकङ कमिटिका सचिव जिमी किराँतीले स्वागत मन्तव्य दिएका थिए । करिव दुई दर्जन नव पार्टी प्रवेशीहरुलाई प्रचण्डले अवीर लगाइ दिएर पार्टीमा प्रवेश गराएको यस कार्यक्रममा स्थानीय नेपाली स्वतन्त्र पत्रकार चन्द्र दुमी राईलाई माओवादी अध्यक्ष प्रचण्डका हातबाट उपहार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा समय मागेर लिम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिलबहादुर पालुङ्वाले आफ्नो पार्टीको तर्फबाट ज्ञापन पत्र पनि बुझाएका थिए ।
जनअधिकार सरोकार समाज हङकङव्दरा आयोजित भेलालाई सम्वोधन गर्न अगाडि प्रचण्ड एनआरएनए हङकङ तथा नेपाल च्याम्बर अफ कमर्स हङकङले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित भएका थिए । उक्त भेलामा एनआरएनए हङकङ तथा च्याम्बर अफ कमर्स हङकङका डेढ दर्जन पदाधिकारीहरुको समूहले वर्तमान सन्दर्भमा विभिन्न किसिमका जिज्ञाशाहरु प्रचण्डसमक्ष राखेका थिए । एनआरएनको मुख्य मुद्दा बनेको दोहोरो नागरिकता, जो भर्खरै लत्याइएको थियो को ’boutमा एनआरएनए हङकङले कार्यक्रमकै शुरुमा त्यस’bout प्रचण्ड तथा माओवादीको आधिकारिक धारणाको ’boutमा जान्न चाहेका थिए भने च्याम्वर अफ कमर्सले हङकङ र नेपालबीचका विविध व्यापारहरुमा नेपालमा चलिरहेको अस्थीर अवस्थाले पारेको अप्ठ्याराहरुको ’boutमा प्रचण्डलाई जानकारी गराई त्यसको लागि जतिसक्दो स्वस्थ वातावरणको सिर्जना गर्न अनुरोध गरिएको थियो । आज बिहान आएका प्रचन्ड बेलुकी नेपाल फर्कि सकेकाछन ।
Source: मूलबाटो डटकम