गोली हानी तीनको हत्या, दुई घाइते


बाराको गञ्जभवानीपुरमा तराई मुक्ति मोर्चाले गएराति तीन जनाको गोली हानी हत्या गरेको छ । मोर्चाले प्रहार गरेको गोली लागी अन्य दुई गम्भीर घाइते भएका छन् । गञ्जभवानीपुर गाविस-९ की २८ वर्षिया अमिता महतो, सोही गाविस-२ का २६ वर्षका रामप्रसाद यादव र ताराप्रसाद यादवको मोर्चाको कार्यकर्ताले गोली हानी हत्या गरेका हुन् । गञ्जभवानीपुरमा कन्हैया यादवले खोलेको इट्टा भट्टाको उद्घाटनपछि गरिएको कार्यक्रम सकेर फर्कदै गर्दा चार वटा मोटरसाइकलमा हतियारसहित आएका मोर्चाका कार्यकर्ताले उनीहरुलाई गोली हानेका थिए ।

मोर्चाका कार्यकर्ताले प्रहार गरेको गोली लागेर एकीकृत नेकपा माओवादीका बार जिल्ला सदस्य एवं क्षेत्र नम्बर २ का एरिया सेक्रेटरी कन्हैया यादव, स्थानीयबासी सियाराम महतो घाइते भएका छन् । गम्भीर घाइते यादवलाई थप उपचारका लागि राजधानी ल्याइएको छ भने अर्का घाइते महतोको वीरगञ्जमा उपचार भइरहेको छ । घटनास्थलमा अत्याधुनिक एसएमजीको गोलीका खोका भेटिएको प्रहरीले जनाएको छ । मोर्चाका बारा, पर्सा रौतहट प्लाटुन सैन्य कमाण्डर अग्नीले घटनाको जिम्मेवारी लिएका छन् । मोर्चाका जिल्ला संयोजक जयरामको नेतृत्वमा गएको टोलीले गोली हानी तीन जनाको हत्या गरेको उनले बताएका छन् । तर हत्या गर्नुको कारण भने खुलाइएको छैन । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.