एनआरएन परिचयपत्र अन्योलमा


सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई प्रदान गर्ने भनिएको परिचयपत्र वितरण’bout अन्योज सिर्जना भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनलाई परिचयपत्र दिने अन्तिम तयारी भइरहेको जनाए पनि परिचयपत्रको खाका तय नभएकाले अन्योल उत्पन्न भएको परराष्ट्र स्रोतलाई उधृत गर्दै अन्नपूर्ण पोष्टले जनाएको छ । एनआरएनको चौथो विश्व सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सन् २०१० को जनवरी १ देखि नागरिकतासरहको छुट्टै परिचयपत्र प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यद्यपि एनआरएनए भने दोहोरो नागरिकताको माग गर्दै आएको छ । सोही मागलाई लिएर गैरआवासीय नेपाली संघका विभिन्न देशका राष्ट्रिय समन्वय परिषदहरुले दूतावासमार्फत धमाधम ज्ञापनपत्र बुझाइरहेका छन् ।

स्रोतका अनुसार अवैध रुपमा विदेशमा बसेका नेपालीलाई परिचयपत्र उपलव्ध गराउने वा नगराउने भन्ने विषयमा विवाद रहेको र दोहोरो नागरिकता नै दिनुपर्ने एनआरएनको मागमा पनि छलफल भइरहेको छ । अवैध गैरआवासीय नागरिकलाई परिचयपत्र दिंदा सम्बन्धित मुलुकले कुटनीतिक प्रश्न उठाएमा आफूसंग त्यसको जवाफ नहुने भएकाले मन्त्रालय अन्योलमा परेको बताइएको छ । परिचयपत्र उपलव्ध गराउन सरकार र एनआरएनबीच भएको सहमतिमा दुई वर्ष विदेशमा काम गरेको प्रमाण हुनुपर्ने र व्यवसाय वा रोजगारको प्रकृति स्पष्ट हुनुपर्ने उल्लेख छ ।

परराष्ट्रका सहमसचिव एवं प्रवक्ता दुर्गाप्रसाद भट्टराईले भने यही जनवरी अन्त्यसम्ममा परिचयपत्र उपलव्ध गराउने प्रक्रिया सुरु हुने बताए । गैरआवासीय नेपाली संघको काठमाडौस्थित सचिवालयका कार्यकारी निर्देशक डा. हेमन्त दवाडीलेपनि मन्त्रालयले छिट्टै परिचयपत्र उपलव्ध गराउने आश्वासन दिएको बताउनु भएको छ । एनआरएनको सदस्य भए पनि अवैध रुपमा विदेशमा बस्नेले परिचयपत्र पाउने सम्भावना कम रहेको दवाडीको भनाइ छ ।

विश्वका ५५ मुलुकमा कार्यरत करिब २५ लाख गैरआवासीय नेपाली एनआरएनमा आवद्ध छन् । विदेशमा रहेका ती सबै नेपालीको  बसोबास वैधानिक छैन । अमेरिका, युरोप र अरब मुलुकमा गरी त्यस्ता नागरिकको संख्या हजारौ छ। त्यस्ता नागरिकलाई सम्बद्ध मुलुकले जुनसुकै बेला देश निकाला गर्न सक्छ । अवैध रुपमा विदेशमा बस्ने नेपालीलाई एनआरएनले सदस्यता दिएकाले यस्तो समस्या देखिएको बताइन्छ ।

One response to “एनआरएन परिचयपत्र अन्योलमा

  1. nabaraj- ji
    khusi lagyo tapai ko nam kuwaitnepal.com ma padh na pauda. tapai ko purano pesa fari suru bhayako ma badai6 hajur lai yasai parsanga ma yauta kabita yad aayo jun tala le khi ya ko6-
    साथी प्रति

    तिमी जब आयौ
    ममा पुन: वहार आयो
    तिमीलाई साधुवाद छ
    हार्दिक नमस्कार छ
    शब्दै-शब्दको पुरस्कार छ
    सधैँभरि न्यानो अँगालो छ

    रचनाकार- कृष्णबहादुर क्षेत्री

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.