Daily Archives: 07/01/2010

प्रचण्डको एक दिने हङकङ यात्रा सम्पन्न


राज अधिराज (हङकङ)
 
जनअधिकार सरोकार समाज हङकङद्वारा आयोजित भेलालाई आज एकिकृत नेकपा मावोवदी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । छोटो समयको योजनामा छोटै समयका लागि हङकङ आएका अध्यक्ष प्रचण्डकासाथ एकिकृत नेकपा माओवादीका पोलिट व्यूरो सदस्य तथा अन्तरास्ट्रिय व्यूरो इन्चार्ज कृष्णबहादुर महरा पनि उपस्थित थिए । पढ्नेक्रम जारी राख्नुहोस्

महिला माथि हुने गरेका हिंसा- छोटो चर्चा


नबराज पन्थी “पाल्पाली” (कुवेत)
 
महिला बिनाको संसार अधुरो छ । महिला-पुरुष बराबर, महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन, आदी-आदी कुरामा वकालत हुन्छ दैनिक सभा र सेमिनारको बिषय बन्छ । मन्त्री होस् या नेता महिला सम्बन्धी सँघ-संस्थाका प्रतिनिधि सबैको मुखमा महिला हक-हित र अवसर चुनौतिको बिषयमा भाषण गरिरहेका हुन्छन । सुन्तली धामी जस्ता महिलाहरुको ब्यथा पनि ज्युकोत्यु छ,  विश्व २१ औ सताब्दिमा पुगिसकेकोछ । हामी नेपालीको सोंचाइ अझै पनि उही पुरानै महिलाले गर्ने काम भनेको घरको, महिलाले घर समल्नु पर्छ, सन्तान पैदा गर्ने, हुर्काउने आदी । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री माथि ढुङ्गामुडा


एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुग्नु भएका प्रधानमन्त्री माधवकुमार नेपालमाथि कालोझण्डाका साथसाथै ढुङ्गामुडा पनि गरेका छन् । कालो झण्डा देखाउन माओवादी कार्यकर्ताहरु चितवनको भरतपुर विमान स्थल बाहिर पुगेका थिए । प्रधानमन्त्री माधवकुमार नेपाललाई सो विमान स्थलमै माओवादी कार्यकर्ताहरुले सुरक्षा घेराभित्रै ढुङ्गामुडा गरेका हुन् । प्रधानमन्त्रीको सुरक्षार्थ करिब १ हजार सुरक्षाकर्मी खटिए पनि प्रधानमन्त्री चढ्नुभएको गाडीमा ढुंगा लागेको हो ।

अयोग्य लडाकुको आजबाट बहिरगमन


माओबादीका शिविरहरुमा रहेका अयोग्य लडाकुको आज बाट बहिरगमन प्रकृया शुरु हुदैछ । पहिलो चरण अन्र्तगत आज सिन्धुलीको दुधौलि स्थीत दोस्रो शिविरका झण्डै ३ सय ७१ जना अयोग्य लडाकुलाई शिविर बाट हटाईने छ । अयोग्य लडाकुलाई परिचय पत्र प्रदान गरेर उनिहरुलाई घर फर्काईने शान्ति मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गोली हानी तीनको हत्या, दुई घाइते


बाराको गञ्जभवानीपुरमा तराई मुक्ति मोर्चाले गएराति तीन जनाको गोली हानी हत्या गरेको छ । मोर्चाले प्रहार गरेको गोली लागी अन्य दुई गम्भीर घाइते भएका छन् । गञ्जभवानीपुर गाविस-९ की २८ वर्षिया अमिता महतो, सोही गाविस-२ का २६ वर्षका रामप्रसाद यादव र ताराप्रसाद यादवको मोर्चाको कार्यकर्ताले गोली हानी हत्या गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएन परिचयपत्र अन्योलमा


सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई प्रदान गर्ने भनिएको परिचयपत्र वितरण’bout अन्योज सिर्जना भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनलाई परिचयपत्र दिने अन्तिम तयारी भइरहेको जनाए पनि परिचयपत्रको खाका तय नभएकाले अन्योल उत्पन्न भएको परराष्ट्र स्रोतलाई उधृत गर्दै अन्नपूर्ण पोष्टले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

टिन सुन्दरीले राष्ट्रपतिलाई भेटे


रिद्धि-सिद्धि मिस टिन— २०६६ का प्रतियोगी युवतीले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन् । प्रतियोगिता आयोजक संस्था मुभी हाउसले प्रतिस्पर्धी २९ युवती र राष्ट्रपतिबीच बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रमको सुरुवातमा आयोजक संस्थाका प्रमुख सन्तोष सापकोटाले राष्ट्रपति यादवलाई आफ्नो संस्थाका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

दोमानी फेशन फाउन्डेसन अवार्ड प्रवाल गुरुङ लाइ


अमेरिका जस्तो मुलुक वास्तवमा भन्ने हो भने नेपाल भन्दा दर्जनौ गुना ठुलो देश । त्यहा हरेक कुरामा प्रतिस्पर्दा हुन्छ हत्तपत्त त्यहाँ कुनैपनी प्रतिस्पर्दा जितौला भनेर चियाउन विदेशीलाई त के त्यहाँका  स्थानीय बासिन्दा  लाइ पनी त्यति सजिलो  हुदैन स्वदेशी  छोडेको काम विदेशीले गर्ने हो भनेर सोचेका हुन्छन अझैपनि धेरैले । पढ्नेक्रम जारी राख्नुहोस्