
Daily Archives: 05/01/2010
डंगोलको भावपूर्ण अन्त्यष्टी सम्पन्न

Posted in विश्व समाचार
मैना सुनुवारको आमाको चिट्ठी मन्त्रिलाई
नवराज पन्थी (कुवेत)
माननीय रक्षा मन्त्री बिद्या भण्डारी ज्यू,
मेरो नाम देवी सुनुवार हो । म तत्कालीन शाही नेपाली सेनाद्वारा पाँच बर्ष अघि निर्ममतापूर्वक हत्या गरिएकी १५ वर्षिया बालिका मैना सुनुवारकी आमा हुँ । मेरी छोरीको हत्या र उनीमाथि भएको अन्यायका सम्बन्धमा तपाइलाई पक्कै पनि अवगत होला भन्ने आशा लिएकी छु । मेरी छोरीको हत्यामा संलग्न एकजना हत्यारा मेजर निरन्जन बस्नेतलाई प्रहरी निकायमा सुम्पन प्रधानमन्त्री र गृहमन्त्रीद्वारा आग्रह भएकोमा तपाईले सहयोग नगरेको संचार माध्यमहरुको समाचारप्रति आश्चर्य मान्दै यो पत्र प्रेषित गरेकी हुँ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, विविध
माओवादी विरुद्ध एमालेको देशव्यापी भण्डाफोर शुरु
देशव्यापी भण्डाफोर अभियान थाल्ने घोषणा गरेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी विरुद्ध नेकपा एमालेले भण्डाफोर अभियान शुरु गरेको छ । सल्यानको टुँडिखेल खुलामञ्चमा विरोध सभा गरी एमालेले देशव्यापी भण्डाफोर शुरु गरेको हो । एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले उक्त सभालाई सम्बोधन गरेका थिए । माओवादीका क्रियाकलापलाई आतंककारीको संज्ञा दिँदै उ विरुद्ध खनिएका नेता ओलीले आफ्ना कार्यकर्ताहरुको निकै ताली पाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार