नेपालीमा राष्ट्रियताको भावना नभएको प्रमको दावी


प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वाधिनताको विषय नेपालजस्तो मुलुकले उठाइरहनुपर्ने मुद्दा भएको बताएका छन् । नेपालले नेपालीहरुमा अन्य देशका जनतामा जस्तो राष्ट्रवादको भावना नेपालीमा नभएको बताए । वास्तवमा देशभक्तिको भावना जति अमेरिकन, भारतीय र चिनियाँमा भएको देख्छु, त्यति नेपालीमा भएको पाउँदिन, प्रधानमन्त्री नेपालले भनेका छन्, बाहिर देशभक्ति र राष्ट्रिय स्वाधिनताको कुरा गर्ने अनि भित्र चाहिं विदेशीको चाकरी गर्छन् । देशभक्ति र राष्ट्रिय स्वाधिनताको शब्द प्रयोग गर्ने नै बढता विदेशीको चाकरी गर्छन् । नेपालले माओवादीले विद्रोह गर्‍यो भने विद्रोहलाई दमन गर्ने शक्ति पनि तयार हुनुका साथै माओवादी समाप्त पनि हुने बताए । 

आइतबार राति प्रसारित एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिदै प्रधानमन्त्री नेपालले माओवादी विद्रोह सफल नहुने बताएका हुन् । माओवादीले विद्रोह गर्‍यो भने त्यो विद्रोह यहाँ सफल हुँदैन र त्यो क्षणमा माओवादी समाप्त हुन्छ, प्रधानमन्त्री नेपालले भने, त्यो पनि बुझिराख्नुपर्छ । प्रधानमन्त्री नेपालले माओवादी नेताहरूको मुखबाट धेरै विद्रोहको कुरा आएको बताउदै भने, विद्रोह शब्दको धेरै प्रयोग गर्न थाल्यो भने माओवादीको पछि कोही पनि रहने छैन । यसलाई प्रधानमन्त्री नेपालले चेतावनी नभएर सुझाव दिएको रूपमा ब्याख्या गरे । एउटा साथीको हिसावले मैले भेटेरै पनि भनेको छु, यो विद्रोह भन्ने चीज हटाउनुहोस् । मानसिकता पनि वदल्नुहोस् र बोली पनि नियन्त्रण गनुहोस् । र आन्तरिक षड्यन्त्र पनि बन्द गर्नुहोस् । तीनवटै काम बन्द गर्नुहोस् र साँचो डेमोक्रयाट भएर आउनुहोस्, प्रधानमन्त्री नेपालले भने ।

प्रधानमन्त्री नेपालले माओवादी सेनाको समायोजन र ब्यवस्थापन नभएसम्म संविधान जारी नहुने पनि बताएका छन् । माओवादी सेनाको समायोजन र ब्यवस्थापन नभएसम्म संविधान जारी हुन सक्दैन, उनले भने, अहिलेको अप्ठयारो नै यही हो । त्यति मात्र होइन, निर्धारित मितिमा संविधान नबने संविधानसभाको म्याद थप्ने प्रावधान नभएकाले संवैधानिक संकट आउने पनि प्रधानमन्त्री नेपालले बताएका छन् । संकटकालको अवस्थामा बाहेक (संविधानसभाको) म्याद थप्ने कुनै प्रावधान छैन, प्रधानमन्त्री नेपालले भने, निर्धारित मितिमा काम पुरा गर्न सकेन भने त्यो अवधिभन्दा वढी कसरी संविधान सभा रहन सक्छ ? एउटा संवैधानिक संकट आउछ ।

निर्धारित समयमा संविधान निर्माण भएन भने दुभार्ग्यपुर्ण हुने पनि प्रधानमन्त्री नेपालले बताए । त्यसो भए भविष्यको वाटो के भन्ने प्रश्नमा प्रधानमन्त्री नेपालले भने, हिजो जे कुराको सहमति भएको छ, त्यसको इमान्दारीपुर्वक पालना गर्ने हो ।  समय कम भएको हुनाले छोटो समयभित्र काम सम्पन्न गर्ने नै अहिलेको वाटो हो । प्रधानमन्त्री नेपालले माओवादीलाई विगतमा गरेको सम्झौताप्रति इमान्दार हुन पनि आग्रह् गरे । ६ महिनाभित्र सेना समायोजन र ब्यवस्थापनको काम गर्नुपर्ने बताउदै प्रधानमन्त्री नेपालले अवको साढे पाँच महिनाभित्र आफनो सेनालाई क्यान्टोनमेन्टबाट खाली गर्ने वाटोमा माओवादीलाई अघि बढन आग्रह गरेका छन् । सेनामुक्त पार्टी बनाए मात्रै राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा माओवादीप्रति विश्वास बढछ, प्रधानमन्त्री नेपालले भने, त्यसको लागि माओवादीको क्यान्टोनमेन्ट खाली गर्नुपर्‍यो । प्रधानमन्त्री नेपालले विगतमा भएको सम्झौता अनुसार नै माओवादी सेनाको समायोजन र ब्यवस्थापन गरिने पनि बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.