झण्डा अपमानको दृष्य भारत पुग्यो


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको एक कार्यक्रममा भारतीय झण्डालाई अपमान गर्दै फालिएको विषयलाई भारतले गम्भीरताका साथ लिएको छ ।

नागरिक सर्बोच्चताका लागि माओवादीले घोषणा गरेको तेस्रो चरणको आन्दोलनअन्तर्गत नेवाः स्वायत्त गणराज्य घोषणा गर्न बसन्तपुरमा आयोजित कार्यक्रममा भारतीय झण्डालाई अपमानपूर्वक फालिएको थियो । भारतीय झण्डाको अपमान गरिएको भिडियो यतिबेला दिल्ली पुगीसकेको छ । यस विषयमा भारत सरकारले नेपालका लागि राजदूत राकेश सुदसँग यस विषयमा जानकारी माग गरेको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको एक गतिमा भारतीयले नेपाली भूमीमा भारतीय झण्डा गाड्ने र त्यसलाई कम्ब्याट पोशाकमा भएका माओवादी लडाकुले उखेलेर फालेको दृश्य थियो । आफू प्रमुख अतिथि भएको कार्यक्रममा मित्रराष्ट्रको झण्डाको अपमान भएको विषय माओवादी अध्यक्ष प्रचण्डलाई पनि यतिबेला आत्मग्लानी भएको र सो घटनालाई प्रचण्डले आफूमाथि पार्टीभित्रैबाट भएको षडयन्त्रका रुपमा व्याख्या गर्न थाल्नु भएको प्रचण्डनिकट स्रोतले जनाएको छ । 

Source: समाचारपत्र

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.