गैर आवासीय नेपाली संघ साउदी अरबद्वारा स्वागत तथा सम्मान


राम श्रेष्ठ (प्रवक्ता/NRNA-NCC साउदी अरब)

गैर आवासीय नेपाली संघ साउदी अरबले हालै आइसिसीको सदस्य पदमा साउदी अरबबाट को अप्टेड (मनोनित) हुनुभएकी श्रीमति यास्मिन बेगमलाई स्वागत गरेको छ । १ जनवरी २०१० मा नेपाली राजदूतावास रियादको प्रांगणमा आयोजित संघको राष्ट्रिय समन्वय परिषदको नियमित छैठौं बैठककै अवसरमा महमहिम राजदूत हमिद अन्सारी तथा संघका अध्यक्ष धरम के.सी. ले फूलको गुच्छाले निज बेगमलाई स्वागत गर्नुभएको हो । स्वागत मन्तब्यमा महामहिम राजदूतले श्रीमति बेगमको यो मनोनयनबाट एनआरएनए आसिसीमा पनि केही हदसम्म लैंगिक समानता देखिएको र साउदी अरबमा उत्पिडित घरेलु महिला कामदार लगायत बैदेशिक रोजगारका यावत समस्याहरुसंग जुध्न समाधान निकाल्न यस संघ एनआरएनए लाई दुतावासको सहकर्मी सहयोद्धाको रुपमा भुमिका खेल्न आह्वान गर्नुभयो । यास्मीन बेगमले आंफू अप्रत्यक्ष रुपमा धेरै पहिलेदेखि नै बडो अभिरुचीका साथ संघका हरेक तहका कृयाकलापहरुमा चासो राख्दै आएको र आइसिसीको गरिमामय यस पदमा आफ्नो मनोनयनले अब खुला र औपचारिक रुपमै आफूले भूमिका खेल्ने अवसर पाएको र सो का लागि आफू तत्पर रहेको बताउनुभयो ।

बितेको बर्ष २००९ को समिक्षा तथा नयांबर्ष २०१० को शुभकामना आदान प्रदानमा केन्द्रित संघको यो बैठकमा दूतावासकै प्रथम सचिव खडग दहाल, श्रम सहचारी बिनोद खनाल सहित एनआरएनएका आइसिसी एनसिसी तथा आरसिसीका बिभिन्न महानुभावहरुले आ-आफ्नो मन्तब्य दिनुभएको थियो । समग्रमा एनआरएनए साउदी अरबमा पनि अहिले एउटा सुसंगठित मजबुत प्रभावकारी र आसलाग्दो संगठनको रुपमा रहेको तर संगठनभित्रै कतिपय कमि कमजोरीहरु पनि रहेको हुंदा ति कमि कमजोरीहरुलाई सुधार्दै एकताबद्ध भई नयां वर्ष २०१० मा यहांका श्रमिकहरु र राष्ट्रकै लागि पनि थप रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यसै बैठकमा महामहिम राजदुतले काठमाडौ एअरपोर्टका लागि कुल १७ ट्रली प्रदान गर्नेमा: चोला पाठक २, तारा भण्डारी २, बिमल गौतम २, गोपाल घिमिरे २, बिदुर कोइराला २, राजु सैयद १, राम बेलबासे १, धरम के.सी. १, राम श्रेष्ठ १, पुरुषोत्तम श्रेष्ठ १, छोटु थापा १ र रमेश भण्डारी १ लाई प्रशंसा पत्र सहित सम्मान गर्नुभयो । त्यसैगरी यस संघमा उत्कृष्ट योगदान पुर् याउने क्षेत्रिय समन्वय समितिहरु खोवार दमाम र रियाद तथा एनसिसी सदस्य डमर यादव, आरसिसी रियादका अध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष रमेश भण्डारी र आरसिसी खोवारका सचिव सुनिल बख्रैललाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

अन्तमा सभाका अध्यक्ष धरम के.सी. ले सन २००९ मा संगठन बिस्तारमा प्राथमिकता दिंदै हाल त्यसको प्रारम्भिक संरचना आधार तयार भैसकेको हुंदा अब २०१० मा नेपाल र यहांका नेपालीहरुका हितमा ठोस कार्य गर्नमा प्राथमिकता दिनुपर्ने र सो को थालनी पनि भैसकेको जानकारी उदाहरण सहित प्रस्तुत गर्नुभयो । साथै वहांले नेपाली राजदूतावासले यस संघप्रति देखाएको सदभाव सहयोग र सदाशयताका लागि आभार ब्यक्त गर्दै दुतावासले हालै प्रेश बिज्ञप्ति मार्फत आहवान गरे मुताबिक एनआरएनए साउदी अरबले हर तरहले दुतावासलाई सघाउन तत्पर रहेको जानकारी गराउनुभयो ।

बैठकमा एनआरएनए एनसिसी साउदी अरबले चयन गरेको होम डिष्ट्रिक्ट प्रोजेक्ट अर्घाखांची जिल्लाको पुस्तकालयका लागि तथा हाल जेलमा रहेकी उत्पिडित नेपाली महिला निरु गुरुंगका लागि स्वदेश फिर्ता पठाउन आवश्यक हवाई टिकटका लागि पनि रकम संकलन गरिएको थियो ।

One response to “गैर आवासीय नेपाली संघ साउदी अरबद्वारा स्वागत तथा सम्मान

  1. Dear NRN Friends,

    I hope you all act in the ground of humanity to resolve the case of Late Mr Naresh. I have sent the follwing email to HE Ambassadar for Kuwait ( Nepal)…Please help the victim..
    ………………………………………….
    H.E. Ambassadar of Nepal,
    Kuwait
    C/O Kuwaitnepal.com

    This is Deepak K.C., from Nepal. I am writing this email with a humble request to take the death case of Mr Naresh Bikram Shah more seriously.

    You can imagine what’s might have gone with his parents when they heard about the death of their only SON, death body lying somewhere in Kuwait?…How the other family members and relatives have to accept this bitter reality..?..How a poor family who had been dependent upon the income of Late Naresh can cope with this disaster…? Can you imagine when a 9 year old son who was waiting good clothes and chocolates to receive from his father knows that his father’s dead body is lying somewhere in the place where his father worked till end of his life? Can you imagine when a married women with a kid, who has been waiting her husband to come to celebrate upcoming festivals together knows that HE is no more on this earth.?…Can you imagine when the old parents know that his ONLY SON has a already left them in this world , leaving them behind and he won’t be able to comeback to look after them, his small son and wife would do? You can imagine what might be going with his friends and relatives to know that the last visit would be the really last one with a smiling, honest and hardworking person like Naresh.

    I am just trying to explain the scenario. I am requesting you to support to send the deadbody back to Nepal on the ground of humanity.

    You, being, in a position to support the victim family, i would greatly appreciate your efforts and if the emabassy of Nepal can’t initiate and help the victim, whom do you think we should contact? I hope you understand the situtation and support accordingly.

    Thank you very much.

    Regards,
    Deepak ( TUNZA)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.