जनयुनिटी लाईफ अस्पताल पोखराको उदघाटन


दिपक क्षेत्री (कुवेत)

स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारलाई आफ्नो मुलमन्त्र ठानी सामाजिक कार्यमार्फत् नयाँ नेपाल निर्माणको अभियानमा जुटी छोटो अवधिमा नै आफ्नो लाखौं सदस्य बनाई जनताको मन जित्न सफल युनिटी लाईफ इन्टरनेशनल लि.को १२ औँ अस्पताल ‘जनयुनिटी लाईफ अस्पताल’ पोखराको शनिबार एक विशेष समारोहका साथ रिवन काटी युनिटी ग्रुपका अध्यक्ष काशीराम गुरुङ र प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले उद्घाटन गरे । १२ औं अस्पतालको उद्घाटन गर्दै अध्यक्ष गुरुङले पोखराको जस्तै सुविधासम्पन्न अस्पताल पाँचै विकास क्षेत्रमा बनाउने र जिल्ला अस्पतालहरू ७५ वटै जिल्लामा बनाउने घोषणा गरे । गुरुङले अबका केही वर्षमा नेपाली जनता उपचार नपाएर मर्न नपर्ने बताउँदै युनिटी ग्रुपले नयाँ नेपाल निर्माणमा धेरै काम गरेको र अझै धेरै गर्न बाँकी रहेको बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक क्षेत्रीले युनिटी ग्रुपले जनताको पैसा उठाएर जनताकै घरदैलोमा लगानी गरेको बताउँदै युनिटीको देश निर्माणको अभियानमा कसैलाई बाधा अड्चन नगर्न चेतावनी दिए । उनले यदी कसैले त्यस्तो दिवासपना देखेको भए तिनीहरूलाई पतन गरेरै भए पनि नयाँ नेपाल निर्माणमा युनिटीको गति नरोकिने जनाउँदै आफूहरूकोपछि ४ लाख जनता भएकाले केही वर्षमै देशको मुहार परिवर्तन हुने बताए । कार्यक्रममा ग्रुपका ट्रेनिङ डाइरेक्टर कृष्ण क्षेत्रीले मर्नुभन्दा पहिला जीवनमा प्रत्येक मान्छेले देशको लागि केही गर्नुपर्ने जनाउँदै सबैलाई युनिटीको नयाँ नेपाल निर्माणमा साथ दिन आग्रह गरे । उनले राजनीतिक पार्टीले जस्तो आफूहरू मुखले बोलेर र भाषण गरेर नभई काम गरेर देखाउने मान्छे भएको बताए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले युनिटी ग्रुपले आफ्नै पहलमा दर्जनौं अस्पताल, उद्योगधन्दा, कल–कारखाना खोलेर देश निर्माणमा ठूलो योगदान दिएको बताए । मन्त्री बस्यालले युनिटीले अहिले सरकारले समेन गर्न नसकेको काम ग्रामीण भेगमा समेत अस्पतालहरू लगेर ग्रामीण भेगमा स्वास्थ्य सेवा दिँदै गरेको जनाउँदै युनिटीलाई सबै नेपाली जनता र राजनीतिक दलहरूले साथ दिनुपर्ने बताए । मन्त्री बस्यालले छोटो समयमा नै यति धेरै सदस्य बनाई देशैंभरी आफ्नो कार्यालय खोलेर देश निर्माणमा जुटेको युनिटीका थप कार्यको सफलताको कामना गरे ।

कार्यक्रममा युनिटी सदस्य एवं नेपाली कांग्रेसका सचेतक शोभाकर पराजुलीले युनिटीको सदस्य भएकोमा आफूलाई गर्व लागेको बताउँदै युनिटीबाट आफूले धेरै सिकेको र आफूजस्तै अन्य राजनीतिक दलका नेताले पनि युनिटीबाट धेरै सिक्नुपर्ने बताए । अस्पताल उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष डा. लक्ष्मण शर्माले पोखरामा रहेका अस्पतालहरूभन्दा आफ्नो अस्पतालमा अत्याधुनिक टेक्नोलोजी र सुविधा भएको बताए । अस्पताल उद्घाटनको अवसरमा अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य उपचार दिएको थियो ।
 
कार्यक्रममा विभिन्न जिल्लाबाट करिव ४० हजार युनिटी सदस्यहरू विभिन्न बाजागाजा र झाकीसहित उपस्थिति भएका थिए। युनिटीको झण्डा र व्यानर सहित उत्सुकताका साथ उपस्थित युनिटीयनहरूलाई चर्चित कलाकार एवं युनिटी सदस्य हेमन्त शर्मा, प्रजापति पराजुली, सिर्जना विरही थापा, राजन ठकुरी लगायतले गीत प्रस्तुत गरि छमछम नचाएका थिए । स्मरण रहोस्, युनिटीको अहिलेसम्म काठमाडौंमा दुई, बाग्लुङमा १, चितवन, स्याङजा, दमौली, इटहरीलगायतका ठाउँहरुमा १५ वटा अस्पताल संचालनमा छन् भने दर्जनौं निर्माणाधिन अवस्थामा रहेका छन् भनें युनिटीले स्वास्थ्य सँगसँगै हाइड्रो एयरलाइन्स लगायत विभिन्न उद्योगधन्दामा लगानी गरेको छ ।

5 responses to “जनयुनिटी लाईफ अस्पताल पोखराको उदघाटन

  1. k ho sathi 1month agadiko news bharkar???????????

  2. जनयुनिटी लाईफ अस्पताल पोखराको उदघाटन
    so late

  3. दिपक क्षेत्री (कुवेत) so late dipak ji

  4. hijo ko embasdor samman programe maa lafada vayo sunna maa aayo ra duty ko karan le program herna jaana paiyana so aasha 6 kuwait nepal .com kaa barista patrakaar shree jay ale le samachhar marfat haami lai su suchit garaunu hunechha vanne.

    ani yo unity ko baasi samachar bllla aaja??

  5. Sathe ho dhello vayapani chora nai vayako cha. khussi hunuparcha sathe ho unity ko kam ma.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.