कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न


जय आले, कुवेत

नव वर्ष २०१० को पावन अवसर पारी, ०१ जनवरी २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया रेष्टुरेण्टमा कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्यू र वहाँकी धर्मपत्नी सिता पौडेलज्यूको भव्यताका साथ स्वागत गरिएको छ । NRNA कुवेतले आयोजना गरेको उक्त स्वागत समारोहको संचालन NRNA कुवेतका सचिव सुजन के. सि. ले गर्नु भएको थियो भनें NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व र महामहिम राजदूत मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

यसैगरी अन्य अतिथीहरुमा समाजसेवी- मित्र सिंजाली, NRNA कुवेतका महासचिव- अगम बहादुर लिम्बु, NRNA-ICC कुवेतका कोर्डिनेटर- राजन कुँवर, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष- किरण पौड्याल, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका वरिष्ट सल्लाहाकार- बाल कुमार गुरुङ्ग, नयाँ नेपाल क्लवका अध्यक्ष- दिल बहादुर पुन, युनिटी लाईफ जन जागृति टिमका सचिव एवं नेपालकुवेत डट कमका प्रधान सम्पादक- राजन रिमाल, नेपाल कुवेत साँस्कृतिक मन्चका अध्यक्ष- मान बहादुर मगर, प्रवासी युवा सँघका अध्यक्ष- अर्जुन बस्नेत, अल्घानिम सेक्युरिटी कम्पनिका प्रतिनिधि- नेत्र बहादुर लिम्बु, प्रवासी पत्रकार मन्च कुवेतका सल्लाहाकार- तोयानाथ दाहाल, इस्लामिक प्रिजेन्टेशन कमिटिका प्रतिनिधि- केदार नाथ खरेल, पत्रकार एवं महिला प्रतिनिधि- बिष्णु पन्थी, महिला प्रतिनिधि- पुर्णिमा राई, बुद्दिजिबी एवं KNPC का चिफ इन्जिनियर- एस. पि. प्रधान, हिमालयन बैंकका प्रतिनिधि- शैलेन्द्र श्रेष्ठ, तमू समाज कुवेतका अध्यक्ष- अमर बहादुर गुरुङ्ग र पत्रकार डेस्कबाट कुवेतनेपाल डट कम लगायत अन्य सम्पूर्ण पत्रकारहरु रहनु भएको थियो ।

कार्यक्रम NRNA कुवेतका महासचिव अगम बहादुर लिम्बुको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो भनें स्वागत कार्यक्रम क्रमश: NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग दम्पती, उपाध्यक्ष धर्मराज गिरी दम्पती, अन्य NRNA कुवेतका पदाधिकारीहरु, अन्य अतिथिहरु र बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु एवं सर्व साधारणबाट समेत महामहिम राजदूत दम्पतिलाई दोसल्ला ओढाइ र फूलमाला पहिर्‍याइ भव्य स्वागत गरियो ।

यसैगरी शुभकामना मन्तव्य दिनेहरुमा मित्र सिंजाली, किरण पौड्याल, दिल बहादुर पुन, राजन रिमाल, नेत्र बहादुर लिम्बु, मान बहादुर मगर, बाल कुमार गुरुङ्ग, अर्जुन बस्नेत, केदार नाथ खरेल, तोयानाथ दाहाल, बिष्णु पन्थी र पुर्णिमा राई हुनु हुन्थ्यो भनें NRNA कुवेतका उपाध्यक्ष एवं माउण्ट एभरेष्ट क्लवका समेत उपाध्यक्ष नै रहनु भएका धर्मराज गिरीले NRNA को विश्वव्यापी संजाल, NRNA को उद्देश्य, NRNA को चौंथो महाधिवेशनमा आफुले उठाएका मुद्दाहरु र NRNA कुवेतको बिगत, वर्तमान र भावी कार्ययोजनाहरु ’bout प्रकाश पार्नु भएको थियो । यसै अवसरमा NRNA कुवेतले महासचिव अगम बहादुर लिम्बु मार्फत आफ्नो एक प्रतिवेदन समेत महामहिम राजदूतलाई बुझाएको छ ।

यसैगरी नेपाल कुवेत साँस्कृतिक मन्चका सु-प्रख्यात गायकहरु राजेन्द्र बिरही- स्वागत गीत, रत्ना बराल र गोबिन्द बराल- हे कान्छा, चन्दन लिम्बु- म नेपाली जस्ता सु-प्रसिद्द गीतहरु ट्रयाकमै गाएर कार्यक्रमलाई निकै मनोरन्जनात्मक र आकर्षक पार्नु भएको थियो भनें कृष्ण प्रसाद आचार्यले राजदूत स्वागतार्थ कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा महामहिम राजदूत मधुवन प्रसाद पौडेलले मन्तव्यको क्रममा सबैलाई नयाँ सालको शुभकामना दिनु भयो र आफ्नो स्वागतार्थ यती धेरै नेपालीहरु उपस्थित भएकोमा आफुलाई खुशी लागेको बताउँदै, कुवेतमा दूतावास संचालन हुन करिब अझै महिना दिन लाग्ने र १५ दिन सम्ममा दूतावासका अन्य कर्मचारीहरु आईपुग्ने र आफुले नेपाल-कुवेतबीच द्विपक्षिय सम्बन्ध सुधार, आर्थिक कूटनीतिमा जोड, श्रम सम्झौता कायम गर्ने, दुई देशबीच व्यापार तथा पर्यटन बिकासमा जोड दिने, कुवेतवासी नेपालीहरुको लागि नै आफु नियूक्ती भई आएकोले आफु हर सम्भव नेपालीहरुको सुख-दु:खमा साथ दिने र परेको खण्डमा हर पिडित नेपालीहरुको दैलो-दैलो र जेलको द्वारसम्म जान समेत आफु पछी नपर्ने बताउनु भयो । जुन अवसरमा लगभग १००० देखी १५०० को हाराहारिमा स्वागतार्थ उपस्थित जनसमुदायले जोडदार तालिले स्वागत गर्दा कार्यक्रम हल नै गुन्जयमान भएको थियो भनें नेपालकुवेत डट कमको प्राविधिक टोलिले कार्यक्रमको प्रत्यक्ष (लाइभ) प्रसारण गरिरहेको थियो, जुन प्रसारण विश्वव्यापी रुपमा १२ हजार नेपालीहरुले हेरिरहेको तथ्यांकले जनाएको थियो । कार्यक्रममा सवाल-जवाफको शिलशिलामा बिभिन्न पत्रकार, सँघ-संस्था र सर्वसाधारणबाट गरिएको प्रश्नको महामहिम राजदूतले निकै संयमताका साथ जवाफ दिनु भएको थियो ।

यसैगरी कार्यक्रमको अन्त्यमा सभापति राजेन्द्र तामाङ्गले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना दिंदै, NRNA कुवेतले पनि हमेशा नेपालीहरुको सुख-दु:खमा साथ दिने कुरा बताउँदै र महामहिम राजदूतको पुन: स्वागत गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

कार्यक्रमको अन्य फोटोहरु:

23 responses to “कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको स्वागत कार्यक्रम सम्पन्न

  1. । नयाँ बर्ष २०१० को प्रराम्भ सङै सुरु भयो कुबेतका लागि प्रथम महामहिम राज्-दुत श्री मधुबन पौड्याल्ज्युको अग्नी परिक्षा। बर्सौ देखिको कुबेतबासि नेपालीहरुको सपना राज्-दुताबास खोल्ने, त्यो सपना त पुरा भयकोछ। तर राज दुताबास र र राज दुत पौड्यालज्युले गर्नु पर्ने काम धेरै छ । कुबेतबासी नेपालीहरुलाई भयका दु:ख पिडा अफ्ठारा सघुरा चित्कार अनी हक हितको लागि आवाज उथा उने र बिसाउन राज दुतको साथ् र राज दुताबासको सहयोग , त्यसका लागि उहा कती सफल हुने हो आसा गरौ अौँदा दिनहरुमा देख्न र सुन्न अवस्य पाइनेछ।भन्छन् ”बिउ रोपे पछि फल् अवस्य पाइन्छ” महामहिम राज दुतको सामु धेरै चुनैती र समस्याहरु धेरै छन यन आर यन कुबेत ले आयोजना गरेको स्वागत कार्यक्रममा स हभा गि हरुको आवाज सुन्दा र कार्यक्रमको अन्तिम समयमा भयको बिबाद्ले नि प्रस्ट पार छ्। अनी कुबेतमा पहिलो चोटि राज दुताबास खुल्दैछ। भन्छन ”नया घर बसाउन गाहारो हुन्छ” बिभिन्न पत्र पत्रीका र संचार माध्यमबाट यस अघी उहाले बिभिन्न देशहरुमा काम समाल्नु भयको जिम्मेवारीमा सफल भयको चर्चा सुनियको थियो तर कुबेतमा उहालाई सफलता मिल्छ कि मिल्दैन हेर्न बाँकी नै छ। उहाको कुबेत आगमन सँगै उहाको ’boutमा चर्चा प् रि चर्चा नभयका भने होइन ।भन्न सजिलो छ गरी पुर्याउने लाई गाहरो छ जस्ले जे भने पनि राज दुत पौड्यालज्युले धेरै सम्यम भयर सम्पूर्ण संघ सस्था र कुबेतबासी नेपालीहरुको साथ् लियर हातेमालो गरेर अघी बड्नु पर्छ नत्र उहा को यो अग्नी परिक्षा फलाम को चिउरा साबित नहोला भन्न सकिदैन, अौनुहोस् कुबेतबासी नेपाली दाजुभाइ दिदिबहिनीहरु हातेमालो गरेर अघी बडौ। राज दुत र राज दुताबासको सयोग गरौ।अनि मात्र हाम्रो बर्षौ देखिको सपना पुरा गर्न र आसा मेटाउन् सकिन्छ कि ?………………

  2. कुबेतका लागि माहामहिम राज्-दुत मधुबन पौड्यालज्युको स्वागत कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नु भयकोमा यन आर यन कुबेतलाई मुरी मुरी धन्यवाद। प्रत्यछ प्रसारन गरी कार्यक्रम विश्वाभरिका नेपालीहरु माझ पुरयाउनु भयकोमा नेपालकुबेतडट्कमपरिवार प्रती पनि आभार् प्रकट गर्दछु। साथिहरुलाइ मन नपर्न सक्छ तर् मैले जे देखे त्यो कुरा भन्नै पर्ने हुन्छ कमेन्ट मा।। कार्यक्रमको अन्तमा केही बिबाद भयो अर्को कार्यक्रम उद्घोषक महोदयबाट् प्रयोग् गर्नु भयको शब्द अनी त्रुटी कम्जोरिले स्वागत कार्यक्रममा स भा गिलाई खल्लो र नुन बिनाको तरकारी जस्तो भयको थियो यस्को लागि आ उदा दिनहरुमा सुधार हुनु जरुरी छ्।।।।।।।।।।।।।।।।।
    नबराज पन्थी पाल्पाली

  3. ani raj Dut le question ko answers abyabarik rup maa diyo vanne halla rahechha tyo chahi kina nalekhnu vayeko???

  4. durga bhandari KUWAIT

    HORA? I DON’T THINK SO.

  5. Chandan limbu le gaauna bhanda agadi sambodhan garne krammai limbu ko haat bata mike khosiyo, yo ke chal ho ? ra kina yesto garinchha? NRNA ko member navayekele po hoki? Man be fair with everyone NRNA le yesto garnu ramro hoina, tapai haru hami le banai diyeko padadhikari ho, public ya kalakar harulai yesto garna paidaina.

    ani aja Mitra Sinjali purano Ambassador ?? hijo samma Mitra Sinjali lai ke bhandai hidinthyo yaad chha ????

  6. rajdut jasto kutnaitik byakti lai dosh lagai halnu hudaina. sathi ho hatar nagaru. tato na chharo hune nahune nalekhe hunchha jay ji. lekhnu parne yeti nai ho hai

    ram bahadur magar kuwait

  7. rajdut le public ko answer ali lachilo bhayera dinu parne thiyo 2 dashak ko pratichha pashchhat rajdut lai hami le payeka hau. shuru mai gali garna ta hudaina tara rajdut has to be very very carefull for future program.

    And this news is very very pointed news without any missing. i am agree with ram magar yes no need to mention any unnecessary kurahru just ok this.

    bishnu farwaniya kuwait

  8. i dont like that nature of people who used bad words about that program may they are out of culture society people

  9. To,

    H E Madhuwan Prasad Paudel
    C/O Kuwaitnepal.com

    We humbly request you to take the DEATH CASE of Late Mr. Naresh Bikram Shah more seriously and we would really appreciate your actions in this regard. Whether you like it or not, this case has come on your head and being the first ambassador, we hope you will carefully handle and give justice to the victims.

    Regards,
    TUNZA,
    NEPAL

  10. Jhamak Tamang (Kavreli)

    sabai thikai ho tara yeuta kura thik lagena.

    jasali jhamak tamang ko kura thik lagdaina email ra phone number sahit comment reply garna sakinchha.

    kura ke bhane Kuwait ma NRNA khuldaichha bhanera worldwide news publish garne ra NRNA khulyo phalana president bhayo, phalana vice president bhayo, phalana secretary bhayo bhanera pani worldwide news dine yek matra MEDIA KUWAIT NEPAL DOT COM LAI ATITHI BHANERA NARAKHNU RA NAM PANI NALINU NRNA KUWAIT KO HEPAHA, MICHAHA RA RANDI PRABITI DEKHIYO, DUNIYAKO SAMU MUKHAI NADEKHAYE KA MANCHHE LAI ATITHI BANAI MAN MARJI GARDA KUWAITNEPAL KO NAM KINA HARAYO? YO KE CHAL HO TIMIHARU KO? ANI TEHI KUWAIT NEPAL LE RAMRO PROGRAM BHAYO BHANDAI NEWS KINA LEKHCHHA? KUWAITNEPAL LAI JARURI KE CHHA YESTO LEKHNA?? JASTO BHAYO USTAI LEKHA NA ANI MERO KATI COMMENT KINA ACCEPT GARIYENA? PROGRAM ASHAPHAL BHAYEKO HO, SABHA BISARJAN NAI NABHAI SABAI UTHERA BHAGEKO KINA NALEKHNE ?

    I NEED YOUR REPLY?

  11. सधै ठीक को घाम पनि हुदैन
    नसा येसरी जिन्दगानी हुदैन न
    बोलनुस जे पायो पाउनु हुन्छ दुख
    जबसम्म कसै संग चिनाजानी हुदैन

    स्वागत् कार्येक्रम थियो मेरो बिचार मा त्यो दिन माहामहिम राजदूत संग प्रस्न माथी प्रस्न नभएको जाति थियो ? जुनसुकै वाली पनि त लगाउने बित्तिकै खानेलाई कोपिला निमोठ्नेलाई जनावर नै भनीन्छ वाली को गोडमेल गर्न जरुरी हुन्छ अनि पाकेपछि बल्ल खादा मिठो हुन्छ हाम्रो साझा लाइ पनि अब गोडमेल को आवस्येकता छ होइन र ? जे होस् लाइ धन्याबाद छ लाइव प्रसारण दिएको मा l

    मनोज काफ्ले

  12. कुवेतनेपाल डट कम

    डियर झमक जी / होमनाथ जी,
    र अन्य कमेन्ट पठाउनु हुने हाम्रा पाठकहरु जसको कमेन्ट हामीले प्रकाशनमा ल्याउन सकेनौं ।

    मित्रहरु बिसौं वर्षदेखिको व्यग्र प्रतिक्षा पश्चात कुवेतमा नेपाली दूतावास स्थापना हुनु र एकैचोटी महामहिम राजदूतलाई सार्वजनिक रुपमा हामीले पाउनु र केही कारणवश असहजता उत्पन्न हुनु त्यो पनि सवाल-जवाफको क्रममा केही ठुलो कुरो परेन र त्यस्ता कुराहरुको सरोकार गर्दै हिंड्न हामीलाई उचित लागेन र हामीले लेखेनौं । अनी जुन कमेन्टहरु स्विकार नगरेको सवाल छ, त्यो सहि हो हामीले विवादास्पद लेखरचना या कुनैपनी कमेन्टहरु इग्नोर गर्दै आएका छौं र गर्नेछौं । रह्यो सवाल कुवेतनेपाललाई किन अतिथी बनाईएन भन्ने !! त्यो हामीलाई थाहा भएन र हाम्रो चासोको बिषय पनि परेन र हामीलाई जरुरी पनि छैन, हाम्रो आफ्नो चल्ने एउटा गति छ एउटा क्राइटेरिया छ जसको हामीले उच्च सम्मान गर्दै आएका छौं र गर्नेछौं ।

    धन्यवाद ।

  13. Dear friend Jhamak Tamang, sampurna Nepali Sathibhai, tapai sanga kunai question ya samasya chha bhani NRNA Kuwait ka Sachib laai call gari sodh puchha garna wa sujhab sallaha dina saknu hune chha, plz call on 99200278

    Note: call garnus tapahiko question wa bichar rakhanu hos ani lekhnuhos dhanyabad.

  14. dear team,

    yes ko matab tapahi haru ko bare ramro comment lekho marta puplish garna ho ? harnus comment ko matab tapahi haru lai taha rahenachha comment ramro na ramro sabai puplish garnu parchha hoina bane tapahi comment option kina rakhnu hunchha ? tapahi ko MESC club ra yo website ko bare ma ramro ati uttam bane pacchi publish hune hoina? malahi taha chha mera yes bhanda agadi ka comment haru thiya ra ti puplish bayanna. sayad yo pani hundina .na garnus malahi matab chinna. mero banahi comment ramro na naramro sabai lai bugne prayas garnus. dhanyabad

  15. कुवेतनेपाल डट कम

    पोइन्ट जी, सुझावको लागि धन्यवाद ।

    छदमभेषी नामबाट विवादास्पद कुराहरु उठाइएका कमेन्टहरु अप्रुभ गरेर आफ्नै पाठकहरुलाई लडाएर हामीलाई रमिता हेर्नु पनि त छैन नि । कमेन्टले हामीलाई राम्रो भन्नु भन्दा पनि हाम्रो एक पाठकको कमेन्टले अर्को पाठक या कुनै व्यक्ति विषेशलाई परवासी परिवेशमा असर नगरोस भन्ने मात्र हाम्रो धारणा हो ।

    अब हामीलाई राम्रो र नराम्रो भन्नु भन्दा पहिला नै हाम्रा पाठकगणले हाम्रो कार्यशैलीको अवलोकन गरेर मात्रै लेख्नु हुनेछ भन्ने पनि हामीलाई लाग्दछ ।

    ध्न्यवाद ।

  16. sathi haru sabai le dekhekai kura uthaunu vayako cha. karya karam ko lagi nrna lai thank you tara herdai jada yasto lageyo ki sanchalan parda pachadi bata vayako jasto lageyo. suwagat mantabbe 2 minut ko dina vanne ani kasailai 20 minut dine ani kasailai 5 minut ma nai chito bolna notice dine. pura pur pakchapatako parakasta dekhiyo. aba kuwaitnepal .com lai nabolayako atithima vanne kura sunda ta achamma lageyo. nrna ko ghatahn huda yahi site ma suchana halera ra yahi site ka sathihaurle parchar garera ramaelo gari gathan vayako hamile dekheka hau tara nrna kai karya karam ma testo pakchapat ra ignore vayako dekhda dukkha lageyo. coment nepali nepali bichama phato leyaune kisimale nachapda nai ramro huncha. rajdut lai vagnu parne paristhiti jo vayo teyo dukhako kura ho.

  17. राजन रिमाल

    डियर झमक जी

    हजुरको कमेन्ट देखि खुसी लाग्यो कुवैत नेपाल डट कम सगरमाथा क्लबको अधिपत्यमा संचालित वेब साईट हो सगरमाथा क्लबका अध्यक्ष श्री किरण पौड्याल ज्यु मंच मै हुनुहुन्थ्यो के एउटा सस्थाका २ जना प्रतिनिधि हुन्छन् र ??????? फेरी जसले जे भने पनि सगरमाथा क्लबले एम बी सी स्थापनाका लागी गरेको आधिकारिक पहल लाई कुवैतको नेपाळी समाजले भुल्न सक्दैन एन आर एन कुवैतले सबै सस्थाको पहिचान गराई सबैलाई ठाऊ दिएको थियो र दिदै गर्छ अरु राजदूत भाग्नु पर्यो के के नाना भाति लेखनु भनेको पानी धमिलो बनाएर माछा मार्नु हो जसले जे भने पनि यो स्वागत कार्यक्रम ऐतिहासिक थियो खोलो हिडेको ठाउमा चिसो हुन्छ तपाईको घरमा ३ जना को चित्त बुझाऊंन कति गहारो हुन्छ दसकौ पुराना समस्याको समाधानको लागी जादुको छड़ी छैन कुवैतवासी नेपाळी ले दूतावासका लागी पहल गरे र पाए पनि राजदूत त आफ्नो कार्यकाल सकेर जानुहुन्छ दूतावास हाम्रै लागी हो हामीले बुझने कोसिस गर्दा कस्तो होला हून त ” कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि” भन्छन जसले जे जान्यो त्यही लेख्यो यदि सकारात्मक सोच भएमा हामीले त्यसो नगर्दा कसो होला दूतावास स्थापना हुन दिनोस दुतावासले काम नगरे हामिनै रुने गरौला रोए पछि मात्र आमाले दुध खुलाउछिन छदमभेसी कमेन्ट लेखे साथी हरु विचार किन कुहाउनु हुन्छ विरोध सुझाबका लागी हुन्छ न की विरोधका लागी हामीले सुन्न सक्नु पर्छ र नाम नाछुपाई कमेन्ट गर्न सक्नु पर्छ नत्र त तपाई र अरुमा के फरक मेरो कुरा मा कति साथी हरुलाई चित्त नाबुझ्ला यदि त्यसो भए ६५९६५२३० मा सम्पर्क गर्नु होला

    राजन रिमाल
    एन आर एन ए
    कुवैत सदस्य

  18. Chairman and Associates of NRN KUWAIT,
    C/O Kuwait Nepal Dot Com

    You can imagine what’s might have gone with his parents when they heard about the death of their only SON, death body lying somewhere in Kuwait?…How the other family members and relatives have to accept this bitter reality..?..How a poor family who had been dependent upon the income of Late Naresh can cope with this disaster…? Can you imagine when a 9 year old son who was waiting good clothes and chocolates to receive from his father knows that his father’s dead body is lying somewhere in the place where his father worked till end of his life? Can you imagine when a married women with a kid, who has been waiting her husband to come to celebrate upcoming festivals together knows that HE is no more on this earth.?…Can you imagine when the old parents know that his ONLY SON has a already left them in this world , leaving them behind and he won’t be able to comeback to look after them, his small son and wife would do? You can imagine what might be going with his friends and relatives to know that the last visit would be the really last one with a smiling, honest and hardworking person like Naresh.

    You, being, in a position to coordinate with nepalese embassy ( shame on them if they are trying to avoid or ignore) , the company etc to support in the arrangement of sending his dead body. I hope you understand the situtation and support accordingly.

    I think Nepalse community has already started working on this and NRNK’s support would be highly appreciated….Once upon time, i had been NRN Japan and i understand NRN can do something if they want….

    Thank you very much.

    Regards,
    Deepak ( TUNZA)
    NEPAL

  19. Dear NRNs of Kuwait,
    Kuwaitma ek Nepaliko Achanak Mitru bhanne news sunda haami sarai dukhit chau. Tes bhanda pani jhan dukhi haami yeti khera chau jaha pathriv sarir lai nijko gharma puraunako lagi na ta ambassy le nai kehi pahal gareko dekhiyo na ta companyle nai kehi gareko cha,, aaja Mr Naresh ko death bhayeko pani 2 weeks kati sakyo tara katai bata pani kehi progress suniyeko chaina. Tapai yeuta humanityko natale emphathetically sochnus ,tyo bhab bibahal paribar ma ahile ke gujri raho hola, jiudo sarir ta dekhna payenan payenan , tyo dead bodylai pani kuwaitko khadima kati samma kuwaiyo bhani sunda kasto gayo hola,,,,,,,,,,,,,,, can u imagine,,

    Bharkharai nava niyukta mahamahim rajdut jyu, tapailai govt le ambassador ma employed gareko nepal bata rojgar garna tya gayeka nepali harulai dukha sukha ma pareko bela bureaucratic tarikale sayog garna pathayeko ho naki tyo padma ra kursi samalna lai haina,,, teti matrai haina yedi tapaile padiya daityo nivauna yedi kehi asajila haru pare pani euta humanity ko adharma ta kehi garna saknu hunthyo ni,,'” yo mero karya kshetra bhitra parena” bhanera tapai kasari yeti sajilo saga umkana saknu huncha ha,,,,

    Ani , NRNKs haru, I hope , tapai harule aafno thauma gareko coordinaton is highly praiseworthy, I request you to coordinate with the NRNs of other countries like US, UK, Aus and other countries as well. I would do my best to coordinate with NRNA in this matter.

    Haami nepali haru jun thauma chau, clean and peace mindle ek aarkalai aaftyaro parda help garau,,, tehi nai thulo dharma ho,,

    Thanks

    Ram KC
    Australia

  20. To,

    The Ambassador,
    Embassy of Nepal,
    Kuwait.

    Subject: claiming a dead body of Mr. Naresh Bikram Shah.

    Dear Sir,
    We would really appreciate your help with a serious public matter.
    One of our community member Mr Naresh Bikram Shah, died on 15 December, 2009. It has been almost three weeks since he died. We regret to say that we have been very dissatisfied with your cooperation in sending his remains back home. We are hoping that you are now doing your best, and we do hope that our community and Bikram’s family will honor for fulfilling your obligations.
    Our Nepalese community residing in Kuwait tried many times to contact you regarding this matter, but Embassy of Nepal has yet to supply any definite answer on when the corpse of Mr. Naresh can be returned to his home country. We have not received any communication from you, either by phone or mail.
    We presume that you wish to uphold the good reputation of your position and our country, and we trust this information will be of value to you. We rely on you to help us in this matter.
    We look forward to receiving your timely response in order to resolve this matter as soon as possible.

    Sincerely,
    Ram KC
    Australia

  21. राजन रिमाल

    साथी हरु डोल्मा बचाऊ मा एन आर एन ले कति योगदान गरेछ हेर्नु होला अधेरामा तीर नचलाउनु होला त्यति बेला एन आर एन कुवैत थिएन यो सबैको
    जानकारीको राख्दिएका छौ
    Contributors to NRNA Save Dolma Campaign

    The NRNA ICC extends its sincere thanks to all the donors who have contributed generously to save life of a Nepali Female Worker Ms. Dolma Sherpa sentenced to Death in Kuwait. We are glad to inform that sentence of Ms. Sherpa has been turned into life imprisonment. The NRNA decided during the ICC Meeting of 8th Feb 2009 to contribute 3 Lakh for the welfare of the son of Ms. Dolma and the rest amount will be converted to the NRN Emergency Relief Fund. Following is the list of contributors (For details of contributors from each organization enclosed)
    SN Country Amount (USD) Remarks
    1. NRN UK 8833.00
    2. NRN Qatar 8115.00
    3. NRN Hong Kong & Macau 5672.00
    4. NRN Korea 5619.00
    5. NRN Russia 4502.00
    6. NRN Belgium 3870.00
    7. NRN Germany 3609.00
    8. NRN Bahrain 2937.00
    9. NRN Australia 2550.00
    10. NRN Japan 2355.00
    11. NRN Portugal 1738.00
    12. NRN Israel 1045.00
    13. NRN Thailand 1000.00
    14. NRN Saudi Arabia 1000.00 Directly deposit in Saudi Bank A/C
    15. NRN Lesotho 1000.00
    16. NRN France 944.00
    17. Finish Nepal Society 755.00
    18. NRN The Netherlands 627.00
    19. NRN Cyprus 622.00
    20. NRN Nigeria 480.00
    21. Sherpa Association – Japan 460.00
    22. Ethnic Nepalese Federation, Hong Kong 458.00
    23. NRN Lebanon 200.00
    24. NRN Finland 30.00

    The total amount collected in the NRNA Bank account for this purpose is Rs. 36,69,741.60

    (Thirty Six Lakh Sixty nine thousand Seven hundred Fourty one and Paisa Sixty Only)
    You may recall that the NRNA had started the campaign soon after the news of sentence of Ms. Dolma Sherpa by the Kuwaiti courts. The NRNA campaign was spear headed jointly by Mrs. Usha Sharma, NRNA ICC Women Representative and Mr. Tenzi Sherpa, ICC Member from Korea.


    राजन रिमाल
    तनहूँ दुलेगौंडा
    हाल:-कुवैत
    फोन ९६५ ६५९६५२३०

  22. rajan jee, tapaile bhanna khojnu ko matlab ke ho,, either tapaile artha bujnu bhayena or ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,anyway haamile nrn lai haina concerned org le chaso dekhayena bhanna khojya ho,,,,,

  23. राजन रिमाल

    its ok Good comment sir

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.