Daily Archives: 31/12/2009

गजल ’bout छोटो चर्चा


मनोज काफ्ले ‘मनसुन’ (कुवेत)  

हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्‍याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्‍नेको संख्या भने निकै कम छ । गजल पढ्न र सुन्न जती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ वास्तबमा लेख्‍न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको ’boutमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ । केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र साहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतनेपाल डटकम एवं MESC को शुभकामना !!


नववर्ष २०१० को पावन अवसरमा समस्त प्रवासी नेपाली दाजुभाई तथा दिदीबाहिनीहरुलाई सु-स्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली राजदूतको सपथ ग्रहण (डिसेम्वर २००९)


कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलले ३० डिसेम्वर २००९ मा कुवेतको बयान प्यालेसमा कुवेतका अमिर शैख सवाह अल-अहमद अल-जाबर अल-सवाहबाट सपथ लिनु भएको छ । राजदूत पौडेलको साथमा थाइल्याण्ड, मंगोलिया, ब्रुनाइ र दरुस्सालाम गरी अन्य ४ देशका राजदूतहरुले समेत सपथ लिएका छन । सपथ समारोहका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ वर्ष २०१० को शुभकामना !!


मनोज काफ्ले ‘मनसुन’ (कुवेत)

देश वा परदेशमा रहेर नेपाली भाषा र साहित्यलाई अङ्गीकार गर्दै कुवेतनेपाल डट कममा कविता, गजल, मुक्तक र साहित्यको कोशेली पस्कनुहुने समस्त साहित्य प्रेमी मित्रहरुलाई नयाँ साल २०१० को हार्दिक मङ्गलमय शुभकामना छ । यो सालमा हाम्रो र देशको मन मस्तिष्कको उन्नति र प्रगति होस्, भगवानसँग यही प्रार्थना छ । देशलाई सतमार्गमा लैजान देशका नेताहरुको बुद्दी तिब्र पलावोस अनी लोभि पापीहरुको सर्वनाश होस्, धर्मात्माहरुको जन्म होस् भन्दै मेरो पनि परदेशबाट यही दुइ शब्दका साथ मंगलमय शुभकामना ।  साथै हामी साहित्य प्रेमी लेखकहरुको लेख र रचनालाई यथासक्य प्रकाशनमा ल्याई दुनियाँको सामु हाम्रो भावनालाई पस्किदिनु हुने कुवेततनेपाल डट कमका सम्पूर्ण सम्पादकिय टोलीलाई पनि नयाँ साल २०१० को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु । 

घरेलु कामदारको पिडाका कारणहरु


केदार नाथ खरेल (खेतान कुवेत)

रोजगारीको शिलशिलामा बिदेशीएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्नु परेको विविध समस्याको जड कारणहरु मध्य नेपाल सरकारले गरेको गैर जिम्मेवारी- पूर्ण वेवास्ता र एजेन्टहरुको गैर कानूनी किर्ते कारोबारले गर्दा घरेलु कामदार (खादीम) को भिषामा आउने सम्पूर्ण कामदारहरुले जोखिमपूर्ण जिन्दगी गुजार्न वाध्य छन् ।

यदि नेपाल सरकारले यस बिषयमा गम्भिर भएर सजकता अपनाएको खण्डमा यस जोखिमपूर्ण बिदेशी यात्राबाट भोग्नु परेको बिभिन्न समस्याबाट मुक्ति पाउने सम्भावाना प्रशस्त छन् । तर नेपाल सरकारलाई पद र कुर्सी मात्र चाहिएको छ तिनै कुर्सी मोहले गर्दा आपसमा द्वन्द र हिंसाले देश आक्रान्त भएको घाम जस्तै छर्लङ्गै छ । “जुन जोगी आए पनि कानै चिरेको” भने झैं जुन सुकै पार्टी र दलहरुलाई पनि कुर्सी मोहले अत्यान्त प्रभावित पारेको दृष्य तपाईं हाम्रो अगाडी प्रत्यक्ष देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली राजदूतको सपथ ग्रहण सम्पन्न


कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेलले हिजो ३० डिसेम्वरको दिन कुवेतको बयान प्यालेसमा कुवेतका राजा अर्थात अमिर शैख सावाह अल-अहमद अल-जाबर अल-सावाहबाट सपथ लिनु भएको छ र कुनै पनि सरकारी काम या प्रयोजनको लागि आधिकारीक हुनु भएको छ । हिजोको दिनमा ४ देशका राजदूतहरुले सपथ लिएका छन । जसमा नेपाललगायत थाइल्याण्ड, मंगोलिया, ब्रुनाइ दरुस्सालाम गरी ४ देशका राजदूतहरु हुनु हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

समस्त कुवेतवासी नेपालीहरुलाई राजदूतबाट नववर्षको मंगलमय शुभकामना


Happy New Year 2010

On behalf of the Embassy, my wife and on my own, I would like to extend the Nepalese community working/living in Kuwait  a very happy, peaceful and prosperous New Year 2010.

Let us all pledge to work together to serve the interests of Nepal and the Nepalis in Kuwait in unity and win the hearts and minds of the  government and people of Kuwait by our honesty, hard work and dedication. At the same time, let us  also pledge to abide by the law and norms of our host country in the days ahead. पढ्नेक्रम जारी राख्नुहोस्