राष्ट्रपतिको भारत भ्रमण निश्चित


काठमाडौं, पुस १४- राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको तिथि तय भएको छ । भारतीय राष्ट्रपति प्रतिभा पाटिलको निम्तामा यादव आगामी फागुन ३ मा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार भारतले विदेश मन्त्रालयमार्फत् फागुन ३ देखि भ्रमण गर्न तिथि प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत् त्यसमा सहमति दिएको छ ।

स्रोतका अनुसार राष्ट्रपतिको भारत भ्रमणको विस्तृत कार्यक्रम र को-को जाने भन्ने कुरा आपसी कूटनीतिक पहलबाट तय गरिनेछ। भारत भ्रमण नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपतिको पहिलो भ्रमण हुनेछ । राष्ट्रपतिले आफू भ्रमणमा जाँदा उपराष्ट्रपति परमानन्द झाले सपथ लिई पद क्रियाशील भएमा उनैलाई कार्यभार दिने, नभइसकेमा अध्यादेशमार्फत् प्रधानन्यायाधीश या सभामुखलाई कार्यवाहक राष्ट्राध्यक्षको कार्यभार दिएर भारत भ्रमणमा जाने जानकारीसमेत स्रोतले दिए ।

उपराष्ट्रपतिले नेपालमा बोलिने कुनै पनि मातृभाषामा सपथ लिन सक्ने व्यवस्था गर्न सरकारले संसद्मा अन्तरिम संविधानमा सातौं संशोधन गर्न संसदमा प्रस्ताव दर्ता गरेको छ । उपराष्ट्रपतिले हिन्दीमा लिएको सपथ सर्वोच्च खारेज गरिदिएपछि उनको पद क्रियाशील छैन । संविधान संशोधनपछि उपराष्ट्रपतिले मातृभाषामा सपथ लिएपछि उनको पद क्रियाशील हुनेछ ।

नागरिक-

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.