Daily Archives: 29/12/2009

दुईवटा सीमा स्तम्भ हराए, दशगजा समेत अस्पष्ट


संविधानसभा अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समिति अन्तर्गतको सीमा निरीक्षण उप समितिले पर्साको सिमा विवाद रहेको बिभिन्न स्थानको निरीक्षण भ्रमण सम्पन्न गरेको छ । आइतबार र सोमबार टोलीले जिल्लाको ठोरी र वीरगन्ज उपमहानगरपालिकाको ईनर्वास्थित रामटोलको निरीक्षण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिको भारत भ्रमण निश्चित


काठमाडौं, पुस १४- राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको तिथि तय भएको छ । भारतीय राष्ट्रपति प्रतिभा पाटिलको निम्तामा यादव आगामी फागुन ३ मा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार भारतले विदेश मन्त्रालयमार्फत् फागुन ३ देखि भ्रमण गर्न तिथि प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत् त्यसमा सहमति दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चीनले नेपाललाई वार्षिक डेढ अर्ब अनुदान दिने


बेइजिङ, पुस १४- प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमै चीनले नेपाललाई दिने अनुदान सहयोग बढाउने भएको छ । अहिलेसम्म करिब एक अर्ब रुपैयाँ वार्षिक सहयोग दिँदै आएको चीनले यसलाई बढाएर वार्षिक डेढ अर्ब बनाउने भएको छ । सहयोग सम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर हुने जानकारी मन्त्री प्रकाशशरण महतले दिए । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय महिला फुटबल टोली र पुरुष बास्केटबल टोलीको घोषणा


पुस १३, अखिल नेपाल फुटबल संघ (एन्फा) ले ११ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० सदस्यीय महिला राष्ट्रिय टोलीको आइतबार घोषणा गरेको छ ।

टोलीमा पर्न सफल खेलाडीमा जमुना गुरुङ, भवगती थापा, मनमाया मगर, दीपा क्षेत्री, तुलसा सिंह, उसा भण्डारी, सजना राना, निरु थापा, लक्ष्मी पौडेल र निशा देवान छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मातृकालाई छाडेर पुरानै बाटोमा


काठमाडौँ, १३ पुस- मातृकाप्रसाद यादवले नेतृत्व गरेको नेकपा माओवादीका ३०० बढी कार्यकर्ता सोमबार एकीकृत नेकपा माओवादीमा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा एकीकृत माओवादीका केन्द्रीय सचिव पोष्टबहादुर बोगटीले उनीहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउनु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्