Daily Archives: 28/12/2009

परिवारको यातनाबाट महिला सिकिस्त


कपिलवस्तु, १२ पुस- समयमा सन्तान नजन्माएको र दाइजो नल्याएको भन्दै कपिलवस्तुकी एक महिलालाई परिवारले चरम यातना दिएको छ । परिवारको यातनाबाट सिकिस्त भएकी ती महिलालाई आइतबार उद्धार गरी अस्पताल भर्ना गरिएको छ । पत्थरदेइया-९ मिझुनियाकी २५ वर्षीया फूलमती यादवलाई श्रीमान्, सासू, ससुरा, देवर तथा नन्दले चरम यातना दिई सिकिस्त बनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी अध्यक्ष प्रचण्ड र राजदूत सुदबीच भेटवार्ता


एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच भेटवार्ता भएको छ । भेटका क्रममा आफुहरुको आन्दोलन शान्ति पुर्ण रहेको भन्दै दाहालले माओबादी भारत बिरोधी नभएको स्पष्ट पार्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा नेपालीको गोली हानी हत्या, आगलागीबाट कोरियामा नेपालीको मृत्यु


अमेरिकाको बोस्टनस्थित जमैका प्लेनमा बस्दै आएका एक नेपालीको शनिबार हत्या भएको छ । काठमाडौं साँखु घर भएका ४० वर्षिय सुरेन्द्र डंगोलको शनिबार दिउँसो ३ बजे अपराधिक समूहले हत्या गरेको जनाइएको छ । स्थानीय टेडेस्की फूड स्टोरमा कार्यरत उनलाई अपराधिक समूहले छातीमा गोली हानेर पैसा समेत लुटेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ब्राहमणका लागि राज्य माग्दै उपवास


“हामी ४० लाख छौँ, हामीलाई पनि राज्य चाहिन्छ”-

चितवन, पुस १३- बाहुनहरुको छुट्टै राज्य हुनुपर्ने माग गर्दै चितवनका ब्राहमणहरु सोमबार नारायणगढको सहिद चोकमा दिनभर उपवास बसिरहेका छन् ।  उनीहरु चितवनलाई ब्राहमणहरुको अग्राधिकार रहने गरेर नारायणी प्रान्त घोषणा गर्नु पर्ने अडानमा छन् । संविधानमा जातीयताको आधारमा आरक्षणको व्यवस्था हुन नहुने पनि उनीहरुको अर्को माग रहेको छ । आज पुत्रदा एकादशी हो, यो ब्रत बस्नेले क्षमतावान पुत्र पाउँछ भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

साग क्रिकेटमा यी खेलाडी खेल्दैछन्


नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्लको नेतृत्वमा ११ औं दक्षिण एसियाली खेलकुदका लागि १८ सदस्यीय टिम आइतबार छनोट गरेको छ । बंगलादेशमा हुने प्रतियोगिताका लागि छनोट अन्य खेलाडीमा अमृत भट्टराई, चन्द्र साउद, विनोद भण्डारी, नरेश बुढाऐर, सुवास खकुरेल, लोकेन्द्र चन्द, पृथु बाँस्कोटा, रूपेश श्रीवास्तव, भुवन कार्की, अनिलकुमार मण्डल, आकाश गुप्ता, अमित श्रेष्ठ र रोम श्रेष्ठ छन् । पढ्नेक्रम जारी राख्नुहोस्

इरानमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त


इरानमा आशुरा पर्वको अवसरमा विपक्षीहरुले देशै भरी ठूलो विरोध प्रदर्शनको आयोजना गरेका थिए । विपक्षी सुत्रहरू र प्रत्यक्षदर्शीहरूका अनुसार, सरकारी सैन्य र विपक्षी समर्थकहरूबीच भएको भिडन्तमा कम्तीमा चारजना प्रदर्शनकारीहरू मारिएका छन् । शिया मुसलमानहरूको पवित्र दिन आशुरा मनाउने क्रममा विपक्षीहरूले श्रृंखलाबद्ध रूपमा प्रदर्शनहरू गर्दा भिडन्त हुन गएको हो ।

हवाइ फायर

प्रत्यक्षदर्शीहरूले तेहरान लगायत अन्य इरानी शहरहरूका सडकमा लाखौं विपक्षी समर्थकहरू उत्रिएका बताएका छन् । प्रहरीले अश्रू ग्यास र हवाई फायर गरेर भिडलाई पन्छाउन खोजेको थियो । तर मध्य तेहरानको ठूलो भागमा प्रहरीले नियन्त्रण कायम गर्न सकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्