विमानमा हमला गर्ने प्रयास


११ पुस, डेट्रोयट- संयुक्त राज्य अमेरिकामा पुनः विमान हमला गर्न कोसिस भएको छ । क्रिसमसको अवसरमा नेदरल्यान्डको एम्सटर्डमबाट अमेरिकी सहर डेट्रोयट आउँदै गरेको विमानमा बम हमला गर्न असफल कोसिस भएको वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । विमानका एक यात्रीले विस्फोटक उपकरणमा विस्फोट गराउने प्रयास गरेका थिए । विस्फोट गराउन खोज्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । विमानमा दुई सय ७८ यात्री थिए । गिरफ्तार परेका यात्रीले आफू अल-कायदा समूहका लागि काम गरेको बताएका छन् ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशभरका विमानस्थलमा सुरक्षा बढाउन आदेश दिएका छन् । विमानमा विस्फोट गराउन खोज्ने व्यक्ति नाइजेरियन नागरिक भएको अमेरिकी तथा डच मिडियाले बताएका छन् । उनी लन्डनमा अध्ययनरत भएको पनि बताइएको छ । विमान डेट्रोयट मेट्रोपोलिटन एयरपोर्टमा अवतरण गर्ने समयमा संदिग्ध व्यक्तिले आगो लगाउन प्रयोग गरिने उपकरण सुरु गर्ने प्रयास गरे । विमानमा धुवाँ उडेको, डढेकोजस्तो बास्ना आएको तथा पटका पट्केको जस्तो आवाज आएको अन्य यात्रीले बताएका छन् । यात्रीले नै संदिग्ध व्यक्तिलाई समातेको बताइएको छ । संदिग्ध व्यक्तिको खुट्टा नराम्रोसँग जलेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.