Daily Archives: 27/12/2009

प्रतिघन्टा ३९८.२ कि.मि. दौडिने विश्वकै तीव्रगतिको रेलसेवा चीनमा


११ पुस, बेइजिङ – चीनले विश्वमै सबैभन्दा तीव्रगतिमा गुड्ने रेलसेवा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । यो रेलसेवाको सञ्चालनबाट लामो दूरीका सहरको यात्रा गर्दा ७ घन्टा ३० मिनेट बचत हुने सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ । यस सेवाले हङकङ नजिकको दक्षिणी चीनको व्यापारिक केन्द्र र राजधानी बेइजिङबीचको सम्पर्क वृद्धि गर्न थप मद्दत पुग्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

विमानमा हमला गर्ने प्रयास


११ पुस, डेट्रोयट- संयुक्त राज्य अमेरिकामा पुनः विमान हमला गर्न कोसिस भएको छ । क्रिसमसको अवसरमा नेदरल्यान्डको एम्सटर्डमबाट अमेरिकी सहर डेट्रोयट आउँदै गरेको विमानमा बम हमला गर्न असफल कोसिस भएको वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । विमानका एक यात्रीले विस्फोटक उपकरणमा विस्फोट गराउने प्रयास गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नक्कली मन्त्री बनेर अभियुक्त छाड्न प्रहरीलाई दबाब


पक्राउ परेका अभियुक्तलाई छुटाउन नक्कली गृहराज्यमन्त्री बनेर प्रहरीलाई फोन गर्ने लहान- ९ का सलमान अन्सारीको प्रहरीले खोजी गरिरहेको छ । पुसको पहिलो साता लहान नयाँ बजारस्थित सार्वजनिक स्थलमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका मजबुल अन्सारी सहितका केही व्यक्तिलाई प्रहरी कार्यालय, लहानले पक्राउ गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

१६५ वर्षिय पदमलाल लिम्बू


अहिलेसम्म नेपालमा सबैभन्दा बढी उमेर बाँच्ने व्यक्ति कति वर्षका होलान् वा थिए भन्ने प्रश्नमा धेरैले सुनसरीका वीरकुमार माझी १४० वर्ष भन्ने उत्तर दिन्छन् । तर पहाडी जिल्ला ताप्लेजुङमा १६५ वर्षसम्म बाँचेका व्यक्तिको तथ्याङ्क फेला परेपछि एउटा नयाँ चर्चाले ठाउँ पाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चीनले नेपाली उत्पादनलाई भन्सार छुट दिने


पुस १२- चीनले नेपालबाट निर्यात हुने झन्डै ५ सय उत्पादन सामग्रीमा भन्सार छुट दिने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा तिब्बत जनसरकार प्रमुख र कम्युनिष्ट पार्टी सचिवले नेपाली उत्पादनलाई शून्य भन्सारमा चिनियाँ बजारमा पहुँच दिने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्