Daily Archives: 26/12/2009

नेपाली दूतावास साउदी अरेबियाको प्रेस विज्ञप्ति !!


साउदी अरब लगायतका अन्य खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा रहँदै आएका नेपाली महिलाहरुको अवस्था जोखिमपूर्ण एवं अति संवेदनशील हुँदै गएकोले यस तर्फ सम्वन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनका लागि नेपाली राजदूतावास साउदी अरेबियाले एक प्रेस विज्ञप्ति जारी गरेको छ । जसको पूर्ण विवरण हामीलाई एक PDF Format मा प्राप्त भएकोले जसलाई हामीले लिंक बनाई तल राखेका छौं, कृपया तलको लिंकमा क्लिक गरी पढ्नु होला ।

PRESS RELEASE_ Embassy of Nepal_Saudi Arabia

तमू समाज कुवेतको तदर्थ समिति गठन


जय आले (कुवेत)

२५ डिसेम्वर २००९ शुक्रवारको दिन, कुवेतको मालियास्थित एक पार्कमा कुवेतवासी तमूहरुको बृहत जमघट बिच तमू समाज कुवेतको एक तदर्थ समिति गठन भएको छ । कुवेतको इतिहाँसमै पहिलो पटक सार्वजनिक भएको तमू समाज कुवेतले तमू (गुरुङ्ग) जातिहरुको महान पर्व ल्होसार सार्वजनिक रुपमै कुवेत नगरीमा मनाउँने तयारीका साथ तमू छोंजधीं (समाज) कुवेतको गठन गरेको हो ।

आफ्नो परम्परा, धर्म, संस्कृती र शैलीलाई उत्थान गर्दै महान पर्व ल्होसारलाई सार्थक तथा मूर्तरुप दिनको निम्ती- अमर तमू, रेशम तमू र सुरेश तमूको संयोजकत्वमा कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाहरु सँग आवद्द तमू युवा-युवती, बुद्दिजिवी एवं अन्य तह र तप्कामा पेशारत कुवेतवासी  तमूहरुको सामुहिक छलफल एवं हातेमालोमा एक तदर्थ समिति गठन गर्दै निम्न बमोजिम २५ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

एक दशकको महिला टेनिस


विश्वमा सर्वाधिक रुचाइनेमध्ये एक खेल, टेनिस । त्यसमा पनि ग्यामरले भरिएको महिला टेनिसबाट टाढा जाने हिम्मत कमैको हुन्छ । फेसन टिभीमा रमाइरहेकासमेत च्यानल सर्च गर्दा व्यावसायिक महिला टेनिस आइरहेको छ भने त्यहाँ केहीबेर भुल्न बाध्य हुन्छन् । सन् २००० देखि २००९ को बीचमा महिला टेनिसमा पनि अनेकौँ उतारचढाव आए । पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोमा पुरिएर तीन यात्रुको मृत्यु


पुस ११ – सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा शनिबार बिहान पहिरोमा पुरिएर तीन जना सडक यात्रुको मृत्यु भएको छ । बुटबल नजिकै राजमार्गको तल्लो सिद्धबाबामा बिहान सबा ९ बजे पहिरो गएको हो । सडकमा यात्रा गरिरहेका दुई वटा मोटरसाइकलमा  सवार तीन जना पहिरोमा पुरिएको पश्चिम क्षेत्रीय ट्रफिक कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

३६ जनाको टोलीसहित प्रधानमन्त्री आज चीन जाँदै


प्रधानमन्त्री माधवकुमार नेपाल ३६ जनाको प्रमण्डल लिएर आज शनिबार चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ चिनियाँ प्रधानमन्त्री वेन चियाबाओको निम्तामा ६ दिन लामो औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्रीसहितको टोली चाइना एअरको उडानबाट शनिबार बिहान ११२५ बजे ल्हासा जानेछ । त्यहाँबाट आइतबार सियान हुँदै सोमबार राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव मदन भट्टराई, अर्थसचिव रामेश्वर खनाल छन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले भन्यो- टीका विष्ट आफैले आत्महत्या गर्न खोजेकी हुन


माओवादीले पत्रकार टीका विष्ट आफैले आफ्नो हात चिरेर आत्महत्या गर्न भीरबाट हाम्फालेर पछी षडयन्त्रमूलक ढ‌ंगले आक्रमण भएको बताएकी आरोप लगाएको छ । माओवादीको कथित छानबिन समितिको प्रतिवदेनमा भनिएको छ- घटनाको पृष्ठभूमि र घटना अत्यन्तै सुनियोजित छ, घटनामा निज टीका विष्टलाई योजनाबद्ध ढंगले प्रयोग गरिएको छ । तथ्य छिपाएर राजनीतिकरण गरिएको छ । पत्रकार महासंघद्वारा गठित मिडिया मिसनले तथ्य एकातिर र निष्कर्ष अर्कोतिर निकाल्नुमा उहाँहरूको मर्यादा र इमान्दारीभन्दा राजनीतिक ‘प्रेसर’मा भएको आरोप माओवादीले लगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आमाको दाहसंस्कारमा हिडेको काफ्लेको बाटैमा ज्यान गयो


रुपन्देहीको भैरहवामा आफ्नी आमाको मृत्यु भएको थाहा पाई आमाको दाहसंस्कार गर्न हिँडेका लक्ष्मीप्रसाद काफ्लेको मृत आमाको शवलाई दाहसंस्कार गर्नै नपाई बाटैमा ज्यान गयो । वालिङ नगरपालिका १ का ५७ वर्षिय काफ्ले आमाको दाहसंस्कारका लागि आफ्नो छोराले चलाएको मोटरसाइकलमा बसेर भैरहवातर्फ लागेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

मनीषाको ‘राजनीति’ फेरिएर ‘धर्मा’ भयो


दुई दशक लामो अन्तरालपछि बल्लतल्ल मनीषा कोइरालाले अभिनय गर्ने भनिएको नेपाली चलचित्रको शीर्षक अन्तिम समयमा फेरियो । बलिउडका नायक गोविन्दा आएर चलचित्र ‘राजनीति’ को मुहूर्त गरिसकेपछि छायांकन हुने अन्तिम सन्ध्यामा किन फेरियो त शीर्षक ? राजनीतिले च्यापेको मुलुकमा बन्ने यो चलचित्रको शीर्षक समय- परिस्थिति अनुरूप दुरुस्तै थियो भने शीर्षक तार्किक पनि थियो । यद्यपि देशको राजनीतिबाट वाक्क भएका जनताले राजनीति शीर्षकको चलचित्र हेर्न उत्सुकता देखाएनन् भने के गर्ने ? पढ्नेक्रम जारी राख्नुहोस्