Daily Archives: 24/12/2009

“MERRY CHRISTMAS – 2009”


 

“Merry Christmas 2009 to all of our readers”

 

साउदीबाट १५ महिलाको उद्धार


साउदीको कष्टकर जीवनबाट मुस्किलले फुत्किएर उदयपुरकी गंगामाया दमाई बुधबार त्रिभुवन विमानस्थल ओर्लिइन् । त्यसै त पीडा छँदैछ, अब उनमा अर्को पीडा थपिँदैछ, एजेन्टलाई रकम बुझाउनुपर्ने । घर पुग्नेबित्तिकै एजेन्टको घेरामा परिन्छ कि भन्ने डर छ, घरमालिकले दिएको शारीरिक यातनादेखि डेढ महिनासम्म जेल बसेर रित्तो हात फिरेकी गंगामाया भन्छिन्, एजेन्टले आउँदा ३० हजार रुपैयाँ दिने सर्तमा पठाएका थिए । स्थानीय एजेन्ट सीताराम राई र गोविन्द सुब्बाले १० महिनाअघि उनलाई भारत हुँदै साउदी पठाएका थिए ।

चितवन लैनाचोककी उषा परियारलाई पनि आफ्ना एजेन्ट तारा परियारलाई ३० हजार दिनुपर्ने डर छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसएसबी आतंकले नेपालीको भागाभाग


भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाल प्रवेश गरी कञ्चनपुर त्रिभुवनबस्ती- ४ आनन्दनगरमा आतंक मच्चाएका छन् । हतियारसहित गाउँ पसेका एसएसबीका जवानले धम्क्याएपछि आनन्दनगरका बूढाबूढी र महिला सोमबार रातभरि सुतेनन्, युवा त मध्यरातमा गाउँ छोडेरै भाग्न बाध्य भए । पढ्नेक्रम जारी राख्नुहोस्

देश भिडन्तमा होमिन थालेकोमा प्रधानमन्त्री चिन्तित


प्रधानमन्त्री माधवकुमार नेपालले मुलुक मुठभेडतर्फ उन्मुख भईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । क्रिसमसका अवसरमा आज बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले मुलुक अनावश्यक भिडन्तमा होमिन थालेको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार टीका बिष्टलाई तीन लाख


अज्ञात समूहको सांघातिक आक्रमणबाट गम्भीर घाइते भएकी रुकुमकी पत्रकार टीका बिष्टलाई सरकारले उपचारका लागि तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ । आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले पत्रकार बिष्टलाई तीन लाख रुपैयाँ सरकारका तर्फाट उपलब्ध गराउने निर्णय गरेको हो । गत मंसिर २३ गते भएको सांघातिक आक्रमणबाट सख्त घाइते बिष्टको अहिले राजधानीमा उपचार भईरहेको छ । यसैबीच नेपाल पत्रकार महासंघले पत्रकार बिष्टमाथि भएको आक्रमणमा एकीकृत माओवादीका  कार्यकर्ताहरुको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नक्कली नोट छाप्ने कारखानामा छापा


ठूलो संख्यामा नेपाली र भारतीय नोट बरामद- भारतीय नागरिक पक्राउ,
ललितपुरको बाँडेगाउँमा नक्कली नोट छाप्ने कारखानामा प्रहरीले छापा मारेको छ । घटनास्थलमा ठूलो परिमाणमा नेपाली तथा भारतीय नोट र नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरिया कामदार पठाउनेमा नेपाल उत्कृष्ट


रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने मुलुकमा नेपाल उत्कृष्ट भएको छ । इपिएस अन्तर्गत अहिले कोरियामा १५ मुलुकले आफ्ना नागरिक कोरिया पठाइरहेका छन् । कोरियाले इपिएसमार्फत् कामदार पठाउने मापदण्डमा नेपाल पहिलो स्थानमा परेपछि यसले थप रोजगाको अवसर सिर्जना हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

बन्दको एम्बुलेन्स “डोला”


ल हेर्नुस देशको हरिगती, फोटो नै सबै बोल्छ; माओवादीले गरेको आमहड्तालका कारण एम्बुलेन्स समेत नचलेपछि डोलामा बोकेर बिरामीलाई म्याग्दी अस्पतालतर्फ लैजाँदै आफन्तजन । तर इमेर्जेन्सिमा के गर्ने ? मर्नु परेन त अकालमा ??