Daily Archives: 23/12/2009

अब वार्ता दिल्लीसंग गर्ने एमाओबादी अध्यक्ष प्रचण्डको घोषणा, भारतको चर्को आलोचना, माओबादी आन्दोलन अब राष्ट्रिय जागरण र भण्डाफोर


एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोधको निकासकालागि अबको बार्ता मालिकहरुसंग मात्र गर्ने भन्दै काँग्रेस र एमालेका नेताहरुसंग बार्ता सफल हुन नसक्ने बताउनु भएको छ । उहाँले नोकरहरुसंग बार्ता गरेर केहि नहुने भन्दै दिल्लीसंग बार्ता हुन सक्ने बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

सैनिक गर्भवती भए कोर्ट मार्सल हुने


वासिंगटन, उत्तरी इराकमा रहेका एक अमेरिकी जनरलले उनको कमाण्ड अन्तर्गत रहेका सैनिक गर्भवती भए कोर्ट मार्शल गर्ने नियम बनाएका छन् । मेजर जनरल एन्थोनी कुकोलोले गत महिना तयार पारेको र शुक्रबार सेनाले जारी गरेको नयाँ नीतिमा युद्धस्थलमा रहेको गर्भवती हुने महिला सैनिक र उनीसँग यौन सम्पर्क राख्ने पुरुष सैनिकविरुद्ध कोर्ट मार्शल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान लेखन कार्यतालिका आठौं पटक परिवर्तन हुँदै


संबिधान लेखनको कार्यतलिका आज आठौ पटक संशोधन हुदैछ । विषयगत समितिहरुले समयमै मस्यौदा प्रतिबेदन बुझाउन नसेकेपछि कार्यतालिकामा आठौ पटक सम्शोधन हुन लागेको हो । संविधान लेखन कार्यतालिका परिवर्तनको निर्णय गर्न संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँचिमा २ जना पत्रकार माथि आक्रमण


अर्घाखाँचिमा अज्ञात समूहद्वारा २ जना पत्रकारमाथि कुटपिट गरिएको छ । पत्रकार रमेश पोखरेल र सूर्य प्रसाद भुषालमाथि गएराति अज्ञात समूहले कुटपिट गरेका थिए । जसको पनि समाचार रिपोर्ट गर्ने तिमिहरु नै हैनौ भन्दै अघात समूहले पत्रकार माथि कुटपिट गरेको पिडित पत्रकारहरुले बताएका छन् । पत्रकारहरुमाथि दिनानु भइरहने यस्ता अमानवीय घटना प्रति नेपाल पत्रकार महासंघले घोर भत्सर्ना गरेको छ । पत्रकारमाथि आक्रमण गर्ने अज्ञात समूहको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।