Daily Archives: 21/12/2009

सम्पूर्ण कुवैतवासी नेपाळी दाजुभाई तथा दीदी बहिनिलाई महामहिम राजदूतको स्वागतका लागी हार्दिक अनुरोध


आदरणीय कुवेतबासी प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु;

भर्खरै मात्रै कुवेत आगमन हुनु भएका महामहिम राजदूत मधुवन पौडेल ज्यूको औपचारीक स्वागतार्थ यहि मिति १ जनवरी २०१० का दिन निम्न स्थान र समयमा स्वागत कार्यक्रम गर्न लागिएको हुँदा उक्त समारोहमा उपस्थित भई महामहिम ज्यूको स्वागतार्थ आयोजित समारोहको सोभा बढाइ दिनु हुन बुद्धिजिबी, समाजसेवी, पत्रकार, साहित्यकार, ब्यापारी तथा कलाकार साथै कुवेतमा पेशारत समस्त नेपालीहरुमा हार्दिक अनुरोध गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको आमहडतालले गण्डकी र धवलागिरीको जनजीवन ठप्प


नागरिक सर्वोच्चताको माग गर्दै सडक आन्दोलनमा रहेको एकीकृत नेकपा माओवादीद्वारा आयोजित तीनदिने आम हडतालको पहिलो दिन गण्डकी र धवलागिरी अन्चलका बासिन्दाहरुको जनजीवन ठप्प बनेको छ भने छिटफुट घटनाबाहेक बन्द शान्तिपूर्ण रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाँसबाट खसेर १ को मृत्यु


बाँसको रुखबाट खसेर पर्वतमा आज १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शंकरपोखरी गाविस ५ का ५० वर्षिया मोहलाल खत्री रहेका छन् । विहान करिव ८ बजे रुखवाट खसेपछि उपचारको लागि सदरमुकाम कुस्मा तर्फ ल्याउंदै गर्दा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

तमू बौद्ध सेवा समिति कतारको अधिवेशन सम्पन्न


बुधबल तमू (दोहा)

कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको साधारण सभा डिसेम्बर १८ मा दोहा स्थित टप र्फम रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजित कार्यक्रम समितिका अध्यक्ष जगन तमूको अध्यक्षतामा सम्पन्न भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्