Daily Archives: 15/12/2009

MESC को दशौं वार्षिकोत्सव सम्बन्धी सूचना !!


मिति: १५ डिसेम्वर २००९

आदरणीय MESC काठमाण्डौ, कुवेतका सम्पूर्ण सदस्य एवं शुभ-चिन्तक मित्रहरु;

आगामी १८ डिसेम्वर २००९, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतले, क्लवको दशौं वार्षिकोत्सवको अवसर पारी अफ्रिकन फूटवल टुर्नामेण्टमा खेल्नु हुने राष्ट्रिय स्तरका नेपाली खेलाडिहरु र एम. बि. बमजन टुर्नामेण्टमा सहभागिता जनाउने सम्पूर्ण टिमका टिम मेनेजरहरुलाई अतिथी ज्यूहरुबाट सम्मान गराइने कार्यक्रमको आयोजना गरेको हुँदा, सम्पूर्ण शुभ-चिन्तक एवं क्लवका (साधारण) सदस्यहरुलाई उक्त अवसरमा आफ्नो उपस्थिती जनाई दिनु हुनको लागि हार्दिक अनुरोध गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बस दुर्घटनामा १३ को मृत्यु १६ जनाको अवस्था गम्भीर


पोखरा, २९ मङ्सिर । कास्कीको सराङ्कोट गाविसमा सोमबार बिहान भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३७ जना घाइते छन् । दुर्घटनामा परी ८ जनाको घटनास्थल र ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेमध्ये अझै १६ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सेनापति गुरुङ्गलाई भारतीय सेनाको महारथी पदवी मिल्यो


भारतले नेपालका प्रधानसेनापति छत्रमानसिंह गुरुङ्गलाई भारतीय थल सेनाको मानार्थ महारथी पदवी प्रदान गरेको छ । भारतकी राष्ट्रपति प्रतिभा पाटिलले सोमबार अपराह्न राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी गुरूङ्गलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिन् । सेनापति गुरूङ्गले भारतीय रक्षासचिव प्रदीप कुमार, जल सेनाध्यक्ष निर्मलकुमार वर्मा, वायु सेनाध्यक्ष पिबी नायक तथा भारतीय थल सेनाध्यक्ष दीपक कपुरसँग भेटवार्ता गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्