Daily Archives: 14/12/2009

बोगस कम्पनिमा कार्यरत विदेशी कामदारहरुको लागि एम्नेष्टी खुल्यो


जय आले (कुवेत)

१४ डिसेम्वर २००९ देखी लागु हुने गरी ३ महिने अवधिको लागि कुवेत सरकारले (बोगस) नक्कली तथा फर्जी कम्पनीहरुद्वारा स्पोन्सर जारी गरिएका कामदारहरुको लागि एम्नेष्टिको घोषणा गरेको छ । यसपाली गत वर्षको भन्दा पृथक ढंगले चार प्रकारमा एम्नेष्टीको वर्गिकरण गरी निम्न बमोजिम सुविधाहरु तोकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका लागि प्रथम नेपाली राजदूतद्वारा पहिलो पत्रकार सम्मेलन; समस्त कुवेतवासी नेपालीहरुलाई धैर्य रहन अनुरोध


शिवराम पौडेल (कुवेत)

आफ्नो कुवेत आगमन भएको हप्ता दिन नपुग्दै कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलले १३ डिसेम्वरको दिन एक पत्रकार सम्मेलन गरी आफ्नो स्पष्ट धारणा व्यक्त गर्नु भएको छ । महामहिम राजदूतले समस्त कुवेतवासी नेपालीहरुलाई निश्चल एवं सकारात्मक सोंच लिएर राजदूत र दूतावास सम्पूर्ण नेपालीहरुको लागि हो भन्ने कुरामा विश्वस्त रहन सन्देश दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्