Daily Archives: 13/12/2009

चुम्बनमा एक नम्बर


लन्डन, मंसिर २८ – ब्रिटिश पपस्टार सेरिल कोल हलिउडका हट नायिका एन्जेलिना जोली र मेगान फक्सलाई हराएर ‘मोस्ट किसेबल सेलिबि्रटी’ चुनिएकी छन् । ‘गर्लस् अलाउड’ की गायिका सेरिललाई धेरै फ्यानहरूले यो क्रिसमस बिदामा आफूहरूले चुम्बन गर्न चाहेको सेलिबि्रटीको रूपमा छानेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रम नेपाल भोलि कोपेनहेगन जाने


२८ मंसिर, प्रधानमन्त्री माधवकुमार नेपाल कोपेनहेगनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । कोपेनहेगन सम्मेलनमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामासहित विभिन्न एक सय राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारप्रमुखहरूको सहभागिता रहनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

दुई शब्द “साथीलाई कबिताबाट”


बालक गुरुङ्ग (कुवेत)

हामी नेपालीहरु चाहे आफ्नै गाउँघरमा बसौं,
हामी नेपालीहरु चाहे विश्वको कुना-कुनामा बसौं,
हामी सवै नेपालीहरुलाई हाम्रै भाषा संस्कृति र साहित्य मन पर्छ,
किन की यसैमा हाम्रो पहिचान छ, राष्ट्रियता छ, नेपालीत्व छ ।

मेरो समसमायिक साहित्यको संगालो समिश्रण कविताको संग्रह “साथीलाई कविता” गत २० नोवेम्वर २००९ का दिन विशिष्ट ब्यक्ति, संचारकर्मी र साहित्य प्रेमीहरुको गरिमामय उपस्थितिमा जिलिब अल-सुयोख कुवेतको ओरमा रेष्टुरेन्टको एक हलमा बिमोचन गरि पाठक समक्ष औपचारिक गर्न पाउँदा म अवश्य पनि सन्तुष्ट छु । समयको साँगुरिलो आयतन भित्र रहेर बिमोचनको घडी पर्खि रहँदा निकै छटपटाई भने थियो नै, जे होस् गत नोवेम्वरको २० ले समय सापेक्षित गरि दियो नै । पढ्नेक्रम जारी राख्नुहोस्