Daily Archives: 12/12/2009

MESC Ktm. Kuwait को प्रेस बिज्ञप्ती !!


कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

लामो समयको व्यग्र प्रतिक्षा पश्चात कुवेतमा नेपाली दूतावास स्थापनाको लागि महामहिम राजदूत श्रीमान मधुवन पौडेल कुवेतको लागि प्रथम नेपाली राजदूत नियूक्त भई गत ०७ डिसेम्वरको साँझ कुवेत आगमन भएको सर्वविदितै छ ।

राजदूत पौडेलको स्वागतार्थ कुवेतस्थित बिभिन्न सँघ-संस्थाको सामुहिक निर्णयमा NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्गको अध्यक्षतामा एक टास्क फोर्स गठन गरी सम्पूर्ण जिम्मेवारी उक्त टास्क फोर्सलाई नै सुम्पिएको पनि विदितै छ । जसमा कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्थाबाट एक-एक प्रतिनिधिहरु आवद्द हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

कसले गर्‍यो कोइरालाको किर्ते हस्ताक्षर ?


संविधानसभा हाजिरीपुस्तिकामा ३ मंसिरको बैठकमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको किर्ते हस्ताक्षर गरिएको भेटिएको छ । जब कि त्यसदिन कोइराला सिंगापुरको ग्लेनिगल्स अस्पतालमा उपचार गराउँदै थिए ।

६ सय एक सभासद्कै हस्ताक्षरको नमुना राखेको संविधानसभा सचिवालय र कोइरालाकै दल कांग्रेसलाई भने हाजिरीपुस्तिकामा नेता कोइरालाको किर्ते हस्ताक्षर गरिएको पत्तै छैन । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार आक्रमण गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री माधव कुमार नेपालले रुकुमकी पत्रकार टिका बिष्टमाथि आक्रमण गर्ने समूहलाई तत्काल कानूनी कार्वाहीका लागि सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन्ती बोकेको गाडि दुर्घटना, बेहुलीको मृत्यु


बेहुली लिएर फर्कदै गरेको जिप शुक्रबार दुर्घटना हुंदा बेहुलीको मृत्यु भएको छ । धादिङ जिल्लाको किराचोक गाविस वडा नम्वर २ पाखुरेबाट बेहुलि लिएर फर्कदै गरेको बा७च ३९७३ नम्वरको जिप दुर्घटना हुँदा धादिङ जिल्ला तसर्पु गाविस वडा नम्वर २ की अन्दाजी २५ बर्षिया कविता तामाङको मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्