Daily Archives: 09/12/2009

नेपालमा बोकाले दूध दियो


जलवायु परिवर्तनका कारण साङ्गलाले धेरै सन्तान जन्माउन थालेको खबर सुन्दा आश्चर्य लागेको थियो । नब्याएको कोरली बाच्छीले दूध दिएको सुन्दा पनि आश्चर्य लागेकै हो । तर उखानमा मात्र गोरु ब्याउने कुरा सुनेको मान्छेले बोकाले दूध दियो भन्ने सुन्दा आश्चर्य नलाग्ने कुरै भएन ।

शुरुमा त हल्लाको देशमा नयाँ हल्ला भन्ने लागे पनि बोका पाल्ने किसानले दूध दुहेरै देखाएपछि त पत्याउनै पर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

निवर्तमान सेनापति कटवालको लड्न तयार रहन निर्देशन


नेपाली सेनाको प्रधानसेनापति बनेदेखिनै कुनै न कुनै हल्ला चलाएर चर्चामा आइरहेका निवर्तमान प्रधानसेनापति रुक्माङ्गद कटवालले पुनः नयाँ हल्ला चलाएका छन् । हालै आफ्ना एडीसीको बिहेभोजमा पुगेका कटवालले देशमा अब पुनः लडाइँ शुरु हुन लागेको भन्दै सैनिकहरूलाई लडाइँका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा विमानस्थलको निर्माण कार्य शुरु


अन्तरराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेको ३४ बर्षपछि पर्यटकीय नगरी पोखरामा विधिवत रुपमा विमानस्थलको निर्माण कार्य थालिएको छ । २०३२ सालमा पोखराको छिनेडाँडामा अधिग्रहण गरिएको जग्गामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदिसंह भण्डारीले आफै डोजर चलाएर मंगलबार विमानस्थलको जग्गा ग्रेडिङ सम्याउने कार्यको थालिन गर्नु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्