Daily Archives: 07/12/2009

हङकङमा गैरकानुनी बसेका सयौं नेपाली संकटमा, चार पक्राउ


गैरकानुनी आप्रवासीलाई निरुत्साहित गर्न हङकङ सरकारले कडा कानुन लागु गरेपछि यहाँका झण्डै चार सय नेपाली संकटमा परेका छन् । संशोधित कानुनमा बिना भिसा पारिश्रमिक लिएर वा नलिएरै पनि कुनै काम वा ब्यापार ब्यवसाय गरेको भेटिएमा तीन बर्ष जेल र पचास हजार हङकङ डलर जरिवाना हुने ब्यवस्था छ । पढ्नेक्रम जारी राख्नुहोस्

गृहमन्त्रीद्वारा सुरक्षाकर्मीको प्रशंसा; गृहमन्त्रीकै निर्देशनमा हत्याः भट्टराई


गृहमन्त्री भीम रावलले सुरक्षाकर्मीको संयमता र धैर्यताका कारण कैलालीको डुडेझारी घट्नामा कम मानवीय क्षति भएको दावी गदै सुरक्षाकर्मीको प्रशंसा गरेका छन् । मन्त्रीहरु मिनेन्द्र रिजाल, दीपक बोहरा र बालकृष्ण खाँड तथा तीनवटै सुरक्षा निकायमा प्रमुहहरु समेत संगै राखी आइतवार पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह भारततिर प्रस्थान


पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तको वैवाहित कार्यक्रममा भाग लिन आइतबार दिउँसो भारत प्रस्थान गरेका छन् । उनी पूर्वरानी कोमल र निजी सचिव सागरप्रसाद तिमल्सिनाका साथ भारत प्रस्थान गरेका हुन् । पूर्वराजा उडिसास्थित फुपूको घरमा हुने वैवाहिक कार्यक्रममा भाग लिन दिल्ली हुँदै जानेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

सार्वजनिक अनुरोध !!


सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

लामो समयको निरन्तर प्रयासबाट कुवैतमा नेपाळी दुतावासको स्थापना हुँदैछ भन्ने खबर त सबैमा विदितै होला, यसै शिलशिलामा नेपाल सरकारले कुवैतका लागी नियूक्त गरेको नेपाळी राजदूत महामहिम मधुबन पौडेल आज ०७ डिसेम्बर २००९ को दिन, रातको ९.३० बजे कुवैत एयरपोर्टमा अवतरण गर्नु हुने जानकारी हामीलाई प्राप्त भएको छ । अत: इच्छुक जो कोही कुवेतवासी नेपालीहरु, बिभिन्न संघ-संस्थामा आवद्द प्रतिनिधिहरु, एनआरएनए कुवैतका मेरा सहकर्मीहरु र संचारकर्मीहरूलाई उहाँको स्वागतार्थ उपस्थितिको लागी यही सूचना मार्फत आव्हान गर्दछु ।
 

राजेन्द्र तामाङ्ग
अध्यक्ष
एनआरएनए कुवेत ।