Daily Archives: 05/12/2009

डिसेम्वर ७ मा नेपाली राजदूत श्रीमान मधुवन पौडेलको कुवेत आगमन हुँदै


कुवेतवासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन पौडेलको उहाँकी धर्मपत्नीको साथमा यही आगामी ०७ डिसेम्वर २००९ को साँझ कतार एयरको फ्लाईट नं. QR-136 बाट कुवेत नगरीमा आगमन हुँदैछ । र यो समाचार हामी समक्ष एक अनौपचारिक स्रोतबाट खुल्न आएको र वहाँको स्वागत कार्यक्रम कुवेत सरकारको बिदेश मन्त्रालयस्थित पोर्टोकल डिपार्टमेण्टबाट हुने भएकोले कुवेतवासी नेपालीहरुलाई उक्त स्वागत कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्ने या नमिल्ने भनेर स्रोतबाट केही नखुलाईएको पनि जानकारी गराईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा बेनिनसँग नेपालको हार; नेपाल टुर्नामेण्टबाटै बाहिरियो


जय आले, कुवेत

कुवेतको सार्क फूटवल मैदानमा ०४ डिसेम्वर २००९, शुक्रवारको दिन फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह “A” को तेस्रो खेल सम्पन्न भएको छ । जसमा नेपाललाई बेनिनले ० को बिरुद्द २ गोल गरेको छ भनें श्रीलंका र घाना बिचको खेल ०-० गोल भई बराबरिमा टुङ्गिएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्