Daily Archives: 04/12/2009

माटाका भाँडाबाट लाखौं आम्दानी


माटाका भाँडा बिक्न छाडेर कुमाल समुदाय पेसाबाट पलायन हुँदै गए पनि जिल्लाका युवाले आधुनिक मेसिन सञ्चालन गरी वाषिर्क लाखौं रुपैयाँ कमाउन सफल भएका छन् । दाङ गढवाका लीलाराम कुमालले थारु सेरामिक्स उद्योग सञ्चालन गरी माटाका भाँडाबाट लाखौं रुपैयाँ हात पार्न सफल भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रिटेनमा भारतीय विद्यार्थीको बिचल्ली


ब्रिटेन भारतीयका लागि शिक्षा आर्जन गर्ने आकर्षक थलो रहिआएको छ । तर, यहाँ उच्च शिक्षा हासिल गर्ने सपना बोकेर गएका भारतीय विद्यार्थी यतिखेर यस्तो बिचल्लीमा परेका छन् कि बिहान-बेलुकाको खाना पनि खान पाइरहेका छैनन् उनीहरू । बि्रटेन पढ्न गएका कयौं विद्यार्थी बिहान-बेलुकाको छाक टार्नकै लागि साउथहल नामक स्थानमा रहेको गुरुद्वारा धाउने गरेका छन् । खाना किन्ने पैसा नभएपछि उनीहरू यसरी गुरुद्वारामा जान बाध्य भएका हुन् ।नितिन बालिया केही दिनअघि विद्यार्थी भिसामा बि्रटेन आए । उनी अहिले गुरुद्वाराको शरणमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री नेपाल लुक्लामा, ५० भन्दा बढी सञ्चारकर्मीको उपस्थिती


सगरमाथाको आधार शिविर कालापत्थरमा हुने मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल सगरमाथा आधारक्षेत्र लुक्ला पुग्नुभएको छ। त्यहाँको वातावारणसँग घुलमील हुन करिव छ घण्टा लाग्ने भएकोले आज सबै मन्त्रीहरु लुक्ला मै बास बस्नुहुने छ। भोलि कालापत्थरमा हुने बैठकपूर्व सबैको स्वास्थ्य परीक्षण गरिने तथा हेलिकोप्टर मार्फत कालापत्थर पुर्याईने जनाईएको छ।
नेपाली सेनाको हेलिकोप्तर र श्री एयरको एमआई १७ हेलिकोप्टर सो स्थानमा तैनाथ गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

वीरेन्द्र साह हत्याका आरोपित माओवादीमै


एकिकृत माओवादीद्वारा कारबाही गरिएको भनिएका पत्रकार वीरेन्द्र साहका हत्याका आरोपित  अहिले पनि पार्टीको जिम्मेवार पदमै रहेको तथ्य खुलेको छ। असोज २३ गते बाराको कलैयास्थित शिक्षक तालिम केन्द्रमा  एकिकृत माओवादीका सेक्रेटरी शम्भु मण्डलको अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय बैठकले  साह हत्याका प्रमुख आरोपित लालबहादुर चौधरी, कुन्दन फौजदारलगायतलाई  जिल्ला समितिको सचिवालय सदस्यमा  राखेको  माओवादी स्रोतले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्