Daily Archives: 02/12/2009

दिपकले ४ विश्व किर्तिमान बनाए


कुनै अनौठो कुरा गरेर विश्व किर्तिमान गर्ने चाहना सबैको हुन्छ तर सबैसँग त्यस्तो प्रतिभा वा क्षमता हुदैन । तर ललितपुर, धापाखेल खुमलटारका २४ वर्षीय दीपक शर्मा बजगाईंले भने  ४ वटा विश्व किर्तिमान कायम गरी सकेका छन ।

लगातार १ सय १३ घन्टा, १५ मिनेट पढेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम दर्ता गराइसकेका दीपक शर्मा बजगाईंले हिजो दसरथ रंगशालामा थप तिन वटा किर्तिमान कायम गर्न सफल भए । सहकार्य नेपालले आयोजना गरेको कार्यक्रममा उनले बास्केटबललाई ५४ सेकेन्डमा ३ सय ४० पटक बाउन्स गराए भने टेबलटेनिस ब्याटले ४ घन्टा, ३९ मिनेट, ५२ सेकेन्डसम्म बललाई हावामा खेलाएका थिए भने १ मिनेटमा उनले ३४ वटा लसुन केस्रा खाए । पढ्नेक्रम जारी राख्नुहोस्

ट्वाईलेट ब्लक भएपछी आपतकालिन अवतरण


विमान आपतकालिन रुपमा अवतरण गर्नु पर्ने धेरै कारण हुन सक्छन तर Cathay Pacific ले विमान भने निकै नै अचम्मको कारणले मुम्बईमा आपतकालिन अवतरण गर्नु पर्यो । साउदी अरबको रियादबाट हङकङको लागी उडेको विमानका १० वटै ट्वाईलेटले काम नगरेर ब्लक भएको थाहा भएपछी मुम्बईमा आपतकालिन अवतरण गर्नु परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अयोग्य लडाकुलाई माओवादीले नै शिविरबाट बाहिर निकाल्ने


माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालले अयोग्य लडाकुलाई केही दिनभित्रै शिविरबाट बाहिर निकाल्ने बताएका छन् । प्याकेजमा पूर्नस्थापना गर्ने विषयमा सरकारसँग सहमति नभएपछि माओवादीले एकतर्फीरुपमा लडाकुलाई शिविरबाट बाहिर निकाल्ने तयारी गरेको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुक चलाउनेको संख्या ३५ करोड पुग्यो


काठमाडौँ – मंसिर १७, सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुक प्रयोग गर्नेको संख्या ३५ करोड पुगेको छ । साइटका संस्थापक मार्क जुकेरवर्गले बुधबार सबै प्रयोगकर्तालाई खुला पत्र लेख्‍दै यस्तो दावी गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

२३ करोड पर्ने मोबाइल


काठमाडौं – मंसिर १७, एक बेलायती कम्पनीले संसारकै सबैभन्दा महँगो फोन तयार गरेको छ। सुनबाट बनेको यो फोनमा दुई सय हिरा जोडिएको छ । कम्पनीले यसको मूल्य २३ करोड ५० लाख रुपैयाँ रहने जनाएको छ । लिभरपुलको कम्पनी गोल्ड स्ट्राइक इन्टरनेसनलका लागि स्टुआर्ट हग्सले डिजाइन गरेको यो मोबाइलमा २२ क्यारेट सुन प्रयोग भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सभासदहरुद्वारा गृहमन्त्री भिम रावलको राजिनामा माग


काठमाडौ – मंसिर १७ , अछाम घटनाका दोषीमाथि कारबाही नभएको भन्दै सभासदहरुले गृहमन्त्री भिम रावल र प्रहरी महानिरिक्षक रमेशचन्द्र ठकुरीको राजिनामाको माग गरेका छन् । व्यवस्थापिका अन्तर्गतको महिला बालिका र समाज कल्याण समितिमा अछाम घटनाको दोषीमाथि कारबाही हुन नसकेको भन्दै सभासदहरुले राजिनामा माग गरेका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

बुहारीलाई बलत्कार प्रयास


आफ्नै बुहारीलाई बलत्कारको प्रयास गरेको आरोपमा पाँचथर जिल्ला भारपा गाविसका लाखबहादुर भनिने जसबहादुर यवा विरुद्ध पाँचथर जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । यवाले गर्भवती वुहारीलाई वलात्कारको प्रयास गरेपछि महिला मानव अधिकार रक्षक सञ्जाल पाँचथरको अगुवाइमा मुद्धा दायर गरको संस्थाकी विमला ढकालले जानकारी दिएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

क्लिन्टनपुत्रीको बिहे हुने


न्युयोर्क, एक्कैचोटि इमेल पठाउनुपरेकोमा क्षमा चाहन्छौँ, उनीहरूले इमेलमा लेखेका छन्, ढिलै भए पनि धन्यवाद ज्ञापन दिवस -थ्यांक्स गिभिङ डे) को शुभकामना । हामीले इन्गेजमेन्ट गरेका छौँ । बिहे गर्ने हल्ला चले पनि गएको ग्रीष्ममा हामीले बिहे गरेनौं । अर्को ग्रीष्ममा बिहे गर्ने सोचिरहेका छौँ । तपाईंहरू सबै त्यहाँ आउनुहुनेछ भन्ने विश्वास गरेका छौँ, मार्क र चेल्सी । पढ्नेक्रम जारी राख्नुहोस्