Daily Archives: 29/11/2009

नम्रतालाई अब दीपकले नचाउँने


सेक्स भिडियोका कारण चर्चामा आएकी नायिका नम्रता श्रेष्ठलाई चलचित्र निर्देशक दीपक श्रेष्ठले आफ्नो आगामी चलचित्रमा काम गराउने भएका छन् । सेक्स भिडियोका कारण बजारमा नम्रता’boutको धारणामा परिवर्तन आएपछि उनलाई अनुबन्ध गरिएका चलचित्रले निकाल्ने क्रम सुरु भएको थियो । तर, पछिल्लो समय उनीबाट विमुख हुने अवस्थाको अन्त्य भएको छ । अमेरिकामा बस्दै आएका केही नेपालीको लगानीमा श्रेष्ठले चलचित्र निर्माण गर्दै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बर्दीका ट्राफिक प्रहरीलाई चिनियाँ कर्मचारीले कुटे


सिन्धुपाल्चोक, १३ मंसिर, उत्तरी तातोपानी नाकामा चिनियाँपक्षको ज्यादती बढेपछि शनिबार विवाद मिलाउन गएका ट्राफिक प्रहरीका हवल्दार कुटिएका छन् । चिनियाँ ज्यादतीविरुद्ध नेपालीपक्ष प्रदर्शनमा उत्रिएपछि उत्तरी नाका शनिबार दिनभरजसो तनावग्रस्त बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्

कोइरालालाई क्यान्सरको संकेत


नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई क्यान्सर भएको एक नेपाली पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार सिङ्गापुरमा उपचार गराउन गएका कोइरालाई चिकित्कसले क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्न सुझाव दिएपछि त्यो सुझाव नमानेर उनी नेपाल फर्किएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सज्जालाई गम्भीर रोग


हास्यकलाकार स्व. गोपालराज मैनालीकी छोरी सज्जा मैनालीलाई आमनेपाली दर्शकले चलचित्र नायिकाका रूपमा चिन्छन् । बुबा गोपालराजकै कारण चलचित्रक्षेत्रमा  आएकी सज्जाले झन्डै दुई दर्जन चलचित्रमा अभिनय गरेर दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्, तर दर्शकले उनलाई विगत तीन वर्षयता चलचित्रमा देख्न पाएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

दुई सय युवा मलेसिया विमानस्थलमा अलपत्र


काठमाडौ, बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका करिव दुई सय युवाहरु त्यहाँस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । मलेसियास्थित एजेन्टले लिन नआएपछि उनीहरु विमानस्थलमै कुरी रहेका छन् । यसरी अलपत्र पर्नेहरु अधिकांश करिव एक महिनादेखि विमानस्थलमै एजेन्ट आउने आशामा छन भनें केहीले आफुहरु दुई सातादेखि अलपत्र परेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बञ्चरो प्रहार गरी पतिको हत्या


मंसिर १३, पाँचथर चिलिङदिन गाउँ विकास समिति वडा नम्बर ५ की दिलकुमारी नेम्वाङ लिम्बूले शुक्रबार राति बञ्चरो प्रहार गरी पतिको हत्या गरेकी छन् । सामान्य घरयासी विवादका कारण नेम्वाङले आफ्नै पति ४० वर्षीय नइन्द्र नेम्वाङलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्