Daily Archives: 27/11/2009

रोजगारको सुवर्ण अवसर !!


Urgently Required

For Al-Amana Security Company, Kuwait.

Position : Security Guards
Food & Accommodation : Provided by Company
Salary : KD 90 Monthly /-

Candidates matching the above criteria shall contact to the following personnel at the earliest.

Mr. Hom Nath Giri (Tel. 66184275, 237321550)

Mr. Amar Gurung (Tel. 66529115, 66548631)

Mr. Lal B. Tamang (Tel. 66533184)

आदरणीय दाजुभाई- दिदीबहिनीहरु; कुवेतको अल-अमाना सेक्युरिटी कम्पनिमा केही सेक्युरिटी गार्डहरुको माग भएकोले ईच्छुक नेपाली दाजुभाईहरुलाई तत्काल निम्न लिखित व्यक्तित्वहरुलाई सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । साथै कम्पनिमा निम्न बमोजिम सुविधाहरु भएको पनि जानकारी गराइन्छ ।

क) खान र बस्न कम्पनिले दिने ।
ख) तलब मासिक ९० कुवेती दिनार ।

सम्पर्क : होम नाथ गिरी (फोन नं. ६६१८४२७५, २३७३२१५५)
                अमर गुरुङ्ग (फोन नं. ६६५२९११५, ६६५४८६३१)
                लाल ब. तामाङ्ग (फोन नं. ६६५३३१८४)

मलेसियामा दुई नेपालीलाई मृत्युदण्ड


११ मंसिर, काठमाडौं, अवैद्य लागू औषध कारोबारमा संलग्न भएको आरोपमा ६ वर्ष अघि पक्राउ परेका दुई नेपालीलाई मलेसियाको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।हरिबहादुर घले (२९) र साजन गुरुङ (३०) अमेरिकी लागू औषध नियन्त्रण एजेन्सी तथा बुकिट अमान प्रहरीद्वारा ८७५.२ ग्राम लागू औसध हिरोइन कारोबारको क्रममा सन् २००३ मे ३० मा पक्राउ परेका थिए । अभियुक्त नेपालीहरु जलान शहरको एक होटलमा पक्राउ परेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीद्वारा १३ वटा गणराज्य घोषण गर्ने


एकीकृत नेकपा (माओवादी) ले १३ वटा राज्यमा गणराज्य घोषणा गर्ने भएको छ । सो पार्टीको केन्द्रीय समिति, संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल केन्द्रीय समिति र विभिन्न जातीय/क्षेत्रीय मोर्चाहरूको आज बसेको संयुक्त बैठकले तेस्रो चरणको आन्दोलनका क्रममा यही मङ्सिर २६ देखि पुस ३ गतेसम्म गणराज्य घोषणा गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लेबनानमा कामदार जान प्रतिबन्ध


सरकारले लेबनानमा महिला कामदारलाई जान रोक लगाएको छ । लेबनानमा महिला कामदार असुरक्षित रहेको जनाउँदै बुधवारदेखि रोक लगाएको हो । महिला असुरक्षित रहेको पाइएपछि हामीले रोक लगाएको हौ, वैदेशिक रोजगार विभागका निर्देशक काशिनाथ मरासनीले भने, हामीले पूर्वस्वीकृति रोकेका छौँ । पढ्नेक्रम जारी राख्नुहोस्