मान्छे पशु भएको दृश्य नहेरेकै राम्रो; यो धर्म हो भने पाप चाहिँ कस्तो होला?


विरोधका आवाजहरुलाई बेवास्ता गर्दै बाराको गढिमाईमा अन्ततः हजारौँ पशुको बलि चढाएरै छाडियो । ‘धर्म’ भनियो यसलाई तर त्यहाँका दृश्य हेर्दा लाग्यो, यो धर्म हो भने पाप चाहिँ कस्तो होला ? मान्छे ‘पशु’ भएको जंगली युगको यस्तो संहार गर्न मनमा निकै ठूलो ‘आँट’ चाहिन्छ । रगतको खोलो बगेको दृश्य हेर्न कमजोर मुटुले सक्दैन । जब यस्ता दृश्य पच्दै जान्छन्, अनि राँगा र बोकाको मात्र किन, मान्छे नै काट्न पनि ठूलो कुरा हैन जस्तो लाग्न थाल्छ ।

हिन्दू धर्मले बलि माग्दैन । अहिंसा परमो धर्म भन्छ हिन्दू धर्मले । बलि बीचमा घुसेको कुप्रथा हो । जसरी मान्छेको बलि दिने, लोग्ने मर्दा स्वास्नी जिउँदै चितामा जल्नुपर्ने सति जाने प्रथा हट्यो र अहिले फर्किएर हेर्दा त्यसलाई जंगली परम्परा ठान्न थालियो । एक दिन अवश्य यस्तो परम्परालाई पनि जंगली ठान्ने दिन पक्कै आउँछ । यो वर्ष नहुँदैमा आत्तिनु पर्ने कुरा छैन ।

पहिले यस्तो बलिका दृश्य सार्वजनिक हुँदैन थिए । त्यसैले पनि यसको विभत्स रुप सार्वजनिक भएको थिएन । अहिले सोसल नेटवर्किङका साइटहरु र यति धेरै मिडिया भएका कारण बलिका दृश्य सार्वजनिक भए र हामीले यसको विभत्स रुप देख्‍न पायौँ। हेरौँ यो वर्षको गढिमाइका देखिएका केही विभत्स दृश्यहरु, जुन धर्मका नाममा भएका थिए ।

सावधानः यी दृश्यहरु विभत्स छन् । तपाईँलाई विभत्स दृश्य हेर्न मन लाग्दैन भने तलका भिडियोहरुमा क्लिक नगर्नु होला । मान्छे पशुभन्दा पनि खत्तम भएको यी दृश्य नहेरेकै राम्रो !

पहिलो भिडियो हेर्नुस्

दोस्रो भिडियो हेर्नुस् । रोयटर्सको यो भिडियो पहिलो भिडियोभन्दा विभत्स देखिन्छ ।
Image and video hosting by TinyPic

तेस्रो भिडियो हेर्नुस् । यो सबैभन्दा विभत्स भिडियो हो। यसमा क्लिक गर्नुअघि फेरि तपाईँलाई सावधान गराइन्छ ।

3 responses to “मान्छे पशु भएको दृश्य नहेरेकै राम्रो; यो धर्म हो भने पाप चाहिँ कस्तो होला?

  1. लक्ष्मी सुवेदी

    म कट्टर हिन्दू हुँ तर यो द्रिष्य देख्दा आफैलाई शरम लाग्छ कि म हिन्दू हुँ भनेर यस्तो कुनै पनि धार्मिक ग्रन्थ्मा लेखिएको हुँदैन कि कसैको हत्या गर भनेर बिक्रम जि लाई धेरइ धन्यवाद एस्तो न्युज लेख्नु भएकोमा । यु आर ग्रेट पत्रकार ।

    लक्ष्मी सुवेदी
    युनाइटेड किङ्गडम्

  2. बिबियसपि

    हामीहरु हिन्दू हुँ तर यो कलन्क नै हो किनकी यो भनेको हिन्दू मा छैन अरुको जयन लियर धर्म गर्नु काहको शाहीहो
    बि बि यस् पि

    Austrelia

  3. what the hell is this? Hindusam very bad.

    mohamed uae

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.