Daily Archives: 26/11/2009

म्याकडोनल्ड त हैन, केएफसी चैँ आयो


माइसंसारका पुराना पाठकहरुलाई याद होला, दुई वर्षअघि दुई वटा ब्लग गरिएको थियो । एउटा थियो काठमाडौँमा पनि म्याकडोनल्ड खुलेको’bout । अनि अर्को थियो त्यसको केही महिनापछि त्यो म्याकडोनल्डको हालत कस्तो भयो भन्ने ’bout । दुई वर्षपछि काठमाडौँमा साँच्चिकै दुई वटा बहुराष्ट्रिय फास्टफूड चेन आयो तर म्याकडोनल्ड हैन, केएफसी र पिज्जा हट । पढ्नेक्रम जारी राख्नुहोस्

मान्छे पशु भएको दृश्य नहेरेकै राम्रो; यो धर्म हो भने पाप चाहिँ कस्तो होला?


विरोधका आवाजहरुलाई बेवास्ता गर्दै बाराको गढिमाईमा अन्ततः हजारौँ पशुको बलि चढाएरै छाडियो । ‘धर्म’ भनियो यसलाई तर त्यहाँका दृश्य हेर्दा लाग्यो, यो धर्म हो भने पाप चाहिँ कस्तो होला ? मान्छे ‘पशु’ भएको जंगली युगको यस्तो संहार गर्न मनमा निकै ठूलो ‘आँट’ चाहिन्छ । रगतको खोलो बगेको दृश्य हेर्न कमजोर मुटुले सक्दैन । पढ्नेक्रम जारी राख्नुहोस्

यौनकर्मीले किताब लेखिन्


रोम, मंसिर १० (एपी)- इटालीका प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीसँग यौनसम्बन्ध कायम राखेको अभिव्यक्ति दिएर चर्चामा आएकी एक यौनकर्मीले एउटा पुस्तक लेखेकी छन् । पाटि्रजिया डाडारियोले लेखेको संस्मरणात्मक पुस्तकमा प्रधानमन्त्री बेर्लुस्कोनीले आफूलाई धोखा दिएको उल्लेख गरेकी छन् । मङ्गलबार बजारमा आएको उनको किताबमा रोमस्थित प्रधानमन्त्रीको निवासमा आफूहरूले पूरा रात बिताएको लेखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालद्वारा कतार पराजित


काठमाडौं, मङ्सिर ११ -एसीसी ट्वान्टी—२० कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । ९७ रनको विजय लक्ष्यलाई नेपालले १८.३ ओभरमा पूरा गरेको थियो । टस जितेर ब्याटिङ रोजेको कतार २० ओभरमा ९६ रनमा अल आउट भयो । सारजहा क्रिकेट रंगशालामा नेपालका लागि शक्ति गौचन र वसन्त रेग्मीले ३-३, संजम रेग्मीले २ तथा विनोद दासले एक विकेट लिए । पढ्नेक्रम जारी राख्नुहोस्

सीधै प्रधानमन्त्रीलाई उजुरी


काठमाडौं, मंसिर ११- महिलामाथि सार्वजनिक स्थल, काम गर्ने ठाउँ वा घरमै हुने गरेका विभिन्न रूपका हिंसाविरुद्ध अब सिधै प्रधानमन्त्री कार्यालयमा उजुरी गर्न सकिनेछ । देशभरि हुने महिला हिंसा’bout सोझै उजुरी गर्न बुधबार प्रधानमन्त्री कार्यालयमा डेस्क स्थापना गरिएको छ । महिला हिंसाबिरुद्धको दिन पारेर डेस्क स्थापना गरेर फोन गर्न हटलाइन नम्बर व्यवस्था गरिएको छ । अब हिंसापीडितले ११११ नम्बरमा चौबीसै घन्टा फोन गरेर आफ्ना समस्या राख्न सक्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

मालिकका छोराबाट नौ महिनादेखि बलात्कार


गत माघदेखि निरन्तर बलात्कृत हुँदै आएकी एक १३ वर्षिया बालिकालाई मंगलबार प्रहरीले उद्धार गरेको छ । राजधानीको धापासी- ८ स्थित एक घरमा काम गर्न बसेकी बर्दिया पातावास सर्कलकी १३ वर्षिया बालिका उमा चौधरी (नाम परिवर्तन) गत माघदेखि मालिककै छोराबाट बलात्कृत हुँदै आएकी हुन् । धापासीमा फ्ल्याट भाडामा लिई बस्दै आएका नेपालगन्जका दिक्पाल शाहीले गत माघमा उमालाई पढाइदिने सर्तमा काठमाडौं ल्याएका थिए । उद्धारपछि मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ल्याइएकी बालिकाले आफू राजधानी आएको एक सातापछिदेखि नै मालिकका छोरा सन्देश शाहीबाट बलात्कृत हुँदै आएको बताएकी पढ्नेक्रम जारी राख्नुहोस्