Daily Archives: 25/11/2009

सात करोड भ्रष्टाचार भएको आशंकामा जनकशिक्षामा अख्तियारद्वारा छापा


जनक शिक्षा सामग्री केन्द्र लि. मा करोडौं रुपैयाँको भ्रष्टाचार भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति र शिक्षा मन्त्रालयले अनुसन्धान अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानमै सो केन्द्रका प्रबन्ध सञ्चालक वीरेन्दकुमार दासले रु. सात करोड भ्रष्टाचार गरेको फेलापरेपछि आयोगले दासलाई निलम्बन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

४ महिनाको अवरोधपछि बजेट बहुमतले पारित


संसदमा बजेट पेश भएको झण्डै ४ महिनापछि विनियोजन विधेयक पारित भएको छ । स्यबस्थापिका संसदको आज बसेको दोस्रो बैठकले विधेयक बहुमतले पारित भएपछी सरकारले बजेट खर्च गर्न पाउने बाटो खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बिहे नगरेका कारण युवती अपहरित


डँडेल्धुरा, आफूसँग विवाह नगरेको भन्दै विद्यालय पढ्ने एक छात्राको सोमबार बिहान विद्यालय जाँदै गर्दा अपरण गरिएको छ । डँडेल्धुरा जिल्ला अमरगढी वडा नं. ६ छछोडा गँउँकी १८ वर्षीया कलावती ताम्राकारको सोही गाउँ बस्न नरेन्द्र ताम्राकारले अपहरण गरेको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेहोसीका २३ वर्ष


ऐजेन्सी, बेल्जियमका रोम हुबेन कार दुर्घटनापछि कोमा गए । त्यसबेला उनी मात्र बीस वर्षका थिए । उनकी आमाको अथक प्रयासपछि अहिले ४३ वर्षका उमेरमा उनी होसमा आएका छन् । सन् १९८६ मा कार दुर्घटनामा बेहोस भएका रोमको होस २३ वर्षपछि खुलेको छ । २० वर्षको उमेरमा दुर्घटनामा परेर होस गुमेका रोम अहिले ४३ वर्षका भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

४ विघा क्षेत्रफल रगतको आहालमा, मन्दिर परिसर नै रगताम्ये, २० हजार राँगा, दशौं हजार मुसा, सुगुर, परेवा र बोकाको बली दिईयो


हातमा खुँडा लिएका ३ सयभन्दा बढी ‘मारक’हरु चिच्याउँदै बधस्थलमा प्रवेश गर्दा उक्त क्षेत्र युद्ध भूमिजस्तो देखिएको थियो । पन्ध्र हजारभन्दा बढीको सङ्ख्यामा रहेका राँगाको भीडमा खुँडा–तरवार बोकेका ३ सय व्यक्तिको प्रवेशपछि त्यहाँको वातावारण कोलाहाल बनेको थियो ।

अधिकारकर्मी तथा धार्मिक सङ्घसंस्थाको विरोध हुँदाहुँदै पनि गढीमाई मन्दिरमा मङ्गलबार करिब २० हजार राँगालाई सामूहिक बली दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्