बजेटको पक्षमा ३०१ नपुगे विश्वासको मत लिन सरकारलाई दबाब दिने माओवादीको रणनीति


संसदबाट चालू आर्थिक वर्षको बजेट मंसिर १० गते पारित हुने भएको छ । यसका लागि विनियोजन विधेयक पारित भएको ७२ घण्टापछि मात्र निर्णयका लागि प्रस्तुत गर्ने प्रावधान रहेको संविधानसभा व्यवस्थापिका संसद्को कार्यसञ्चालन ऐनको दफा ६७ लाई संसदबाट निलम्बन गर्ने सहमति कार्यव्यवस्था समितिको बैठकमा भएको एमाले मुख्य सचेतक आचार्यले बताए । एकीकृत नेकपा माओवादीले विनियोजन शीर्षकमाथिको दफावार छलफलमा भाग नलिने दलका मुख्य सचेतक पोष्टबहादुर बोगटीले बताए । उनले भने, मतदानमा भाग लिनेरनलिने भन्ने’bout निर्णय भैसकेको छैन, तर छलफलका बेलामा भने सांकेतिक उपस्थिति मात्र रहनेछ ।

मुख्य प्रतिपक्षी दलको नाताले माओवादीको रणनीति सकेसम्म बजेट असफल गराउने रहने दलका सचिवालय सदस्य गिरिराजमणि पोखरेलले बताए । विपक्षमा मतदान गर्न उपस्थित हुने-नहुने भन्ने’bout पार्टीको संसदीय बोर्डले निर्णय गर्न बाँकी रहेको उनले बताए । छलफलमा भाग नलिने हुनाले माओवादीले खर्च कटौतीको प्रस्ताव पनि राख्ने छैन । छलफलमा भाग नलिए पनि गत असार २८ गते नीति-कार्यक्रममाथिको मतदानमा जस्तै उपस्थित भएर विपक्षमा मतदान गर्ने सम्भावना रहेको एक माओवादी नेताले बताए ।

असार २८ गते सरकारले ३ सय ५ मत ल्याई उपस्थितको बहुमतका आधारमा नीति-कार्यक्रम पारित गरेको थियो। यसपटक पनि माओवादीले विपक्षमा मतदान गर्ने तर कुल सभासद्को बहुमत ३ सय १ सरकारले ल्याउन सकेन भने प्रधानमन्त्रीलाई विश्वासको मत लिन दवाब दिने रणनीति लिने सम्भावना रहेको माओवादीका एक नेता बताए । यसअघि ८ वटा मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथि छलफल सकिएको थियो । मन्त्रिपरिषद् सचिवालय लगायत १६ वटा मन्त्रालयमाथिको छलफल गर्न बाँकी छ । मुख्य प्रतिपक्षी माओवादीले छलफलमा भाग नलिएपछि बजेटमाथिको छलफल छोटो हुने भएको छ ।

गठबन्धनभित्रका मन्त्री हुन नपाएका असन्तुष्टहरू अनुपस्थित हुने संभावना पनि सत्तारुढ एक दलका सचेतकले जानकारी दिए । संसदमा रहेका २३९ माओवादी सभासदध्ये २ जना मातृका र जगत यादवले पार्टी परित्याग गरेका छन् । फोरमको प्रतिपक्षी समूहका १९ सभासद्, नेपाल मजदुर किसान पार्टी र राप्रपा नेपाल, नेकपा एकीकृत र नेपाली जनता दलका गायत्री साहले पनि नीतिकार्यक्रमको विपक्षमा मतदान गरेका थिए । यसबाहेक संसदमा १ सीट मात्र रहेको नेपाः राष्ट्रिय पार्टीले सरकारमाथिको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.