कूटनीति र कथा सँगसँगै- मधुवन पौडेल ‘कुवेतका लागि प्रथम नेपाली राजदूत’


कान्तिपुर संवाददाता

काठमाडौं, मधुवन पौडेल कूटनीतिक वृत्तका चिनारु नाम हुन् जो अहिले कुवेतको राजदूतमा नियुक्त भएर त्यता जाने तरखरमा छन् । तर उनको यो कूटनीतिक सेवा जति लामो छ, त्योभन्दा लामो साहित्यिक चिनारी उनमा गाँसिएको छ । सेवाकालीन बनेर जहाँ, जुन परिवेशको दुनियाँमा पुगे पनि छापाहरूमा कथाकारको सिर्जनशील आवरणमा छाइरहने मधुवन यतिखेर कथा प्लट र परिकल्पनाका दृष्टिमा भने खाडीको नयाँनौलो डेस्टिनेसनतर्फ हानिँदै छन् ।

साहित्यमा भनेजति गर्न सकिएन भन्ने पनि लाग्छ, राजदूत कथाकार पौडेल बुधबार बिहान गफगाफमा थिए, ‘तैपनि कूटनीतिक पेसाले मेरो कथालेखनको रुचि र सोखलाई निकै मलजल गरेजस्तो लाग्छ ।’ तीन दशकभन्दा लामो अवधिदेखि परराष्ट्र सेवामा रहेका पौडेल यसबीचमा बंगलादेश, भारत -कलकत्ता), संयुक्त अरब इमिरेट्स, न्युयोर्कका कूटनीतिक केन्द्रहरूमा पुगे । तर त्यो थातथलोलाई सम्झाइरहने गरी त्यहीँको पृष्ठभूमिमा कथा लेख्न पनि भ्याइरहे ।

‘खाडीको कुवेतमा धेरै महिला कामदारको समस्या र कठिनाइका उदाहरण भेटिन्छ भन्ने मैले सुनेको छु,’ उनी भन्दै थिए, ‘समस्या समाधान र कामदार लैजान संयन्त्रगत पद्धति के हुन सक्ला, म त्यसको पनि खोजी गर्नेछु । तर त्यसका लागि म आफ्नो मानवीय रुचिको विषयमा केही कथाका प्लटहरू पनि पक्कै खोज्नेछु ।’ झन्डै ४० हजार नेपाली रहेको भनिने कुवेतमा बहुमतमा महिलाहरू रहेकाले उनीहरूको चासो र चिन्तालाई लेखनको विषय बनाउन सकिने उनको अनुमान छ ।

सिंगो खाडी क्षेत्रमा कठिन श्रम र रोजगारीका लागि नेपाली जाने भएकाले यो दुखिया जगत्मा वैभव र सुखको कल्पनाशील कथा लेख्न मुस्किल पर्नेछ, मधुवन भन्दै थिए, अमेरिकामा रहेका अधिकांको जीवन भने आत्मकेन्द्रित, उपभोक्तावादी र यान्त्रिक थियो जुन खाडी मुलुकमा पक्कै हुने छैन । मधुवनका यसअघि साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठानसहितबाट ‘बाँच्नुको विवशता’, ‘नलिनी भाउज्यू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’ ‘अवतरण र अरू कथाहरू’ लगायतका कथा संग्रह प्रकाशित छन् । पछिल्ला वर्षमा विभिन्न मुलुकमा बस्दा बेहोरेका घटनाक्रम’bout लेखिएका कथाको डायस्पोरिक संग्रह र अर्को एउटा अप्रकाशित कथाको संग्रह तत्काल प्रकाशन गर्ने क्रममा पनि उनी जुटेकाछन्।

‘मैले कथालाई हाम्रो जीवनको विभिन्न आयामलाई कहिले सन्देशसहित कहिले कथानकमात्र चित्रण गर्ने माध्यमको रूपमा मान्छु । मेरा कथाहरू सबै नै मेरो जीवनमा मेरो वरिपरि घटेका र घट्न सक्ने कुरामा आधारित हुन्छन् । म सानो घटना वा परिवेशलाई समातेर कथा लेख्छु, यस्ता घटना गोप्य वा खुला प्रेमप्रसङ्ग पनि हुन्छन्,’ उनको आफ्नो अनुभव छ, ‘जीवनको यथार्थता अथवा आफूले देखेभोगेका कुरा नै राम्रो कथानकबन्नसक्छ।’

साहित्यकार मदनमणि दीक्षितले मधुवनका कथाहरूलाई ‘यौनप्रधान र मानवीय’ भनेर एक ठाउँमा टिप्पणी गरेका छन् । ‘कुनै बेला संकुचित भएर लेख्नुपथ्र्यो भने अहिले बढी स्वतन्त्रता र स्वच्छन्दता छ,’ मधुवनको बुझाइ भने आफ्नै छ, ‘हामीले लेख्न सुरु गर्दा निकै सतर्कता अपनाउनुपथ्र्यो, अहिले त्यो अवस्था छैन । त्यसैले केही छाडा प्रवृत्ति, अवाञ्छित र नकारात्मक प्रतिस्पर्धा पनि कतैकतै देखा परेका छन् ।’

कूटनीति र कथाकारिता एकैसाथ जोडिएर अघि बढाउन अभ्यस्त पौडेललाई राजदूत जिम्मेवारीमा जानुअघि सोधियो, ‘तपाईंको प्राथमिकता कथा कि कूटनीति ?’

‘मेरो सधैँको र लामो चिनारी भनेको कथा लेखन नै हो,’ ५८ वर्षे पौडेलको कूटनीतिक जवाफ थियो, ‘राजदूत वा कूटनीतिक पद भनेको सेवाकालीन चिनारी मात्रै हो, निश्चित अवधिकालागि।’

कथा र कूटनीतिमा एकसाथ सफलता मिलोस्, पौडेललाई हार्दिक बधाई ।  

9 responses to “कूटनीति र कथा सँगसँगै- मधुवन पौडेल ‘कुवेतका लागि प्रथम नेपाली राजदूत’

  1. Jay Jee, thanks for this article……keep going !!!

  2. Jay Sir, Good News, thanks for this news,

  3. Sampurna Kuwaitnepal.com ani Nepalkuwait .com maa bina swartha kaam garne saathi haru lai mero yeuta kautuhalta metaidinu huna anurodh gardachhu.nepalkuwait .com maa pani First nepali on line news in kuwait lekheko chha, ani kuwaitnepal.com maa pani first nepali on line news in kuwait vanera aauchha, ki ta dui site le nai yo lekhnu vayena natra vane bastab maa first on line news kun ho prastyaidiye maa aavari hune thiye, I will ask this question to both site. thanks and I wish best of luck to both site for your outstanding job.

  4. Dear Homnath Jii,

    Tapaile dherai patak yo sawal hamro agadi lyaunu bhayo tyasaile badhya bhayera hami lekhdai chhau.

    Kuwait ma kuwaitnepal sanchalit bhayeko approx dedh saal bhayo ra jaha samma hamilai lagchha tyo samayama kuwait ma kunai aru online media haru sanchalit thiyenan.

    aba kasle ke lekhchha, ke garchha ra kasto quotation prastut gariraheko chha tyo hamro bilkulai chaso ko bisaya parena ra hamilai pharak pani pardaina.

    Thank you.
    kuwaitnepal

  5. Hom Jee, also you may have look at our archive folders on left panel of our site, since its started. Thanks

  6. Mr.Hom – once you will read below e-mail (circulated via nepalkuwait team member, you will come to know when it was born in Kuwait)

    — On Sat, 7/25/09, Hari krishna Neupane wrote:
    From: Hari krishna Neupane
    कुवेतको मरुभुमिबाट नयाँ वेब पत्रिकाको शुरुवात नेपालीहरुमा नयाँ उत्साह:-

    कुवेमा रहेका बिभिन्न बौदिक ब्यक्तित्वहरुको सामुहिक प्रयासमा नितान्त निश्पक्ष र स्वतन्त्र पत्रकारिताको साथमा कथा,कबिता,जिबन भोगाइ अनी कुवेतमा भएका सबै नेपाली दाजुभाई-दिदीबहिनीहरुको कथा-ब्यथालाई समेट्दै मनोरन्जन अनी २१औँ शताब्दिको सुचना प्रबिधीसंग सबैलाई चितपरिचित गराउने र सबै नेपालीहरुसंग हातमा-हात अनी साथमा-साथ गर्दै अगाडि बढ्ने प्रतिबद्दता अनुरुप http://nepalkuwait.com/ नामक नयाँ वेब पत्रिकाको शुरुवात भएको छ।
    बिशेष गरी कुवेत र ईराकमा भएका नेपालीहरुको दु:ख-सुखको साझा चौतारीको रुपमा स्थापित यस http://nepalkuwait.com/
    “मरुभुमिको कोशेली” बनेर सबै खाडीराष्ट्र र बिदेश अनी स्वदेशमा बस्नुहुने सबै बर्ग,जात-जाती,भाषा-भाषी र सबै धर्मालम्बीहरुको पहुच सम्म सजिलै पुग्न सक्नेमा यस “नेपाल कुवेत डट कम”का सबै टिममेम्बरहरु विश्वस्त हुनुहुन्छ।
    खास गरी ३५-४० हजार नेपाली कामदारहरुको बैदेशिक कार्यथलोको रुपमा पारीचित यस कुवेतको मरुभुमिमा अहिले सम्म नेपाली दुताबास नहुनाले यहाँ रहेका सबै नेपालीहरुको आबाज संबन्धित ठाउँ सम्म पुर्याउने माध्यामको खाँचोलाई महसुस गरी यस वेब पत्रिकाको स्थापना भएको हो। आगामी दिनहरुमा ईराक अनी कुवेतमा कार्यरत नेपाली दाजुभाई-दिदीबहिनीहरु,बिभिन्न संघ-संगठन,बौदिक ब्यक्तित्व लगाएत विश्व भरी छरिएर रहेका नेपालीहरुको सुझाब सल्लाह र आग्रह अनुरुप निरन्तर स्वतन्त्र पत्रकारिता अनी निश्पक्ष समाचारको साथै बौदिक खुराक, मनोरन्जन, बेदनाको पोकोहरु,कथा-कबिता,साहित्य अनी अनौठाकुराहरु लगाएत कुवेतमा रहेका संघ-संगठनहरुको परिचय साथै कुवेत आउँदा नेपालीहरुमा आबश्यकपर्ने मार्गनिर्देशन लगाएतका खुराकहरु अनी तपाईं हाम्रा समाज, छर-छिमेक अनी वर-पर घट्ने गरेका सत्य तथ्य घटनालाई सकेसम्म चाडो तपाईंहरु समक्ष ल्याउने छौँ।
    यदी तपाईंहरु संग पनि यस्ता कुनै प्रकारका सामाग्रीहरु छन भने हाम्रो ईमेल ठेगाना nepalkwt@gmail.com मा वा यस वेब पत्रिकामा रहेका हाम्रा सहयोगी टिममेम्बरहरुलाई उपलब्ध गराउनु होला।साथै आउँदा दिनहरुमा तपाईंहरुबाट उचित मार्गनिर्देशन र अंमुल्य राय-सुझाब को अपेक्षा राख्दै त्यसै अनुरुप अगाडि बढीरहने प्रण गर्दछौँ।

    नेपाल कुवेत डट कम परिवार
    कुवेतसिटी

  7. saudi jasto road ma sutne abastha naaaos.nepali cheli haruko udhar hunu paryo…

  8. New day’s has come to all Nepali . we will see what will Happen to Nepali Peoples in Kuwait . any way best of luck for all Nepali i am very happy 100% we need to Help to our Government Peoples in Kuwait Please Give your Hand (Help )
    God Bles Nepali PPl
    Ramesh

  9. हुइयाले सुने अनुसार त कुरा फरक पर्‍यो यार के हो एस्तो लडाईं अब फेरी किन जेठो र माइलो चाहियो काम भन्दा कुरा ठुलो हिंड्न लायो ।।।।
    भ्ने जसतै ए आमा हेर त तिम्रा सन्तान लडेका कुवेतमा पनि काम त् दुबइले गरेका छन हामी सबैले पतरिका पनि पढ्न पाएका छौ किन लड्छन है यिनी हरु लड्दा लड्दा त् दुई भएको कुरा हामीलाई कन्थै छ् मात्रा कुरा सानो छ् यिनी हरु ब्लग त् चलाऊथे नि पहिला छिटो हिंड्न खोज्दा नेपाल कुवेत ले पहिला ओल्ड प्रेस हताएछ कुवेत नेपाल ले पछी माथि हरी दाइले लेखेको न्युज ले पनि बुजिन्छ बेकारको लडाईं खुरु खुरु काम नगरेर के को होम जी लाई पनि आतुर परेछ कुन्नी दुतावास मा जानु दुबइको कुरा लिएर कथाकारले यही कथा बनाउन कुन जेठो र् माइलो भन्ने कुरा ठुलो
    होला र ? दुनियाँमा काम भन्दा ठुलो केही छैन मैले जानेअनुसार सुजन र् राजन सर ले राजिनामा किनहो कुन्नी दिना साथ के भयो अरे अनित खैला बैला भयो पगरी जस्ले लाउने मन छ् लगाउ तर जनता लाई सुसुचित बनाउने काम गर यो हुइया ले फेरी थाहा नपाओस ल शुभकाम्ना का साथ् इद मुबारक ल जे भए पनि मिल्नु पर्छ फेरी नहाल्नु होलानी सम्पादक जी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.