एमाले अध्यक्ष वर्तमान गठबन्धन सरकारको विपक्षमा


काठमाडौँ, नेकपा एमालेको बुटवल अधिवेशनपछि बसेको पहिलो पोलिटब्युरो बैठकमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत प्रतिवेदनमा वर्तमान सरकार गठनपछि पार्टी दक्षिणपन्थी हुँदै गएको भन्दै अर्को सत्ता गठबन्धन बन्नु आवश्यक रहेको उल्लेख गरेका छन् । साथै बैठकले व्यवस्थापिका–संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दल र सभासद्लाई संसदमा विचाराधीन आर्थिक वर्ष २०६६/६७ को बजेटका पक्षमा मतदान गर्न अनुरोध गरेको छ । पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले बजेट पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नेकपा (एमाले)का सांसदहरूलाई निर्देश गरेको छ ।

वर्तमान राजनीतिक परिस्थिति सम्बन्धी प्रतिवेदन, पार्टीको नियमावली र विधानको शुद्धिपत्र, नयाँ संविधान, राज्यको पुनःसंरचना र शासकीय स्वरुप, युथफोर्सको नियमावली, पार्टीको आन्तरिक समस्या समाधान, सरकार र संविधानसभा दलको कामको समीक्षा, स्थायी कमिटीका निर्णयको अनुमोदन, अनुशासन आयोगको प्रतिवेदन र  उपाध्यक्ष वामदेव गौतमको फरक मत ’boutका प्रस्ताव बैठकले पारित गरेको छ । बैठकले प्ररायुसङ्घको सम्मेलन र नेपाल आदिवासी जनजाति महासङ्घको अधिवेशन’boutको प्रस्ताव पनि पारित गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.