Daily Archives: 23/11/2009

MESC कुवेतको सूचना !!


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको कार्यकारीणी समितिको सदस्य पदमा अल-अमाना सेक्युरिटी ग्रुप कुवेतको अपरेशन इन्चार्ज पोष्टमा कार्यरत श्री होम नाथ गिरी ज्यूलाई २० नोभेम्वर २००९ देखी नियूक्त गरिएको जानकारी गराईन्छ ।

माउण्ट एभरेष्ट क्लव कार्यसमिति श्री होम नाथ गिरी ज्यूको हार्दिक स्वागत गर्दै सदा निश्चल र निष्पक्ष ढंगले सहकार्यको अपेक्षा गर्दछ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत

कुवेतमाथि नेपालको नाटकीय जित


कृष्ण पाण्डे

काठमाडौ, २०६६ मंसिर ८ – एसीसी ट्वान्टी ट्वान्टी एलाइटकप क्रिकेटमा सोमबार नेपालले कुवेतमाथि नाटकीय ३-२ को जित निकालेको छ । नेपाल र कुवेत दुवैको सामान स्कोर भएपछि फुटबलको टाइब्रेकर शैलीमा बोल आउटको आवश्यकता परेको थियो । जितले नेपालको सेमिफाइनल सम्भावना कायम रह्यो । कुवतेले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

चामल माग्ने जनताले खाए पुलिसको लाठी


बाजुरा, ७ मंसिर, बिहान-बेलुकाको छाक टार्न नसकेपछि खाद्य संस्थानमा चामल माग्न गएका सर्वसाधारण प्रहरीको लाठी खाएर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । चामलका लागि प्रदर्शन गर्ने ११ स्थानीयवासी र पाँच प्रहरी घाइते अस्पतालमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राज्यकोषको नग्न दुरूपयोग


कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आकस्मिक उपचारमा सहयोगी बनेर सिंगापुर गएकी सुजाता कोइरालाले गरेको विलासी खर्च गरिब देशका नागरिकमाथि कठोर व्यंग्य हो । सरकार वा राष्ट्र प्रमुखले राजकीय वा औपचारिक भ्रमणमा जाँदा पनि दुईपल्ट सोच्नुपर्ने स्तरको होटलमा बसेर गरेको उनको खर्च कुनै पनि कानुन र प्रचलनबाट स्वीकार्य हुन सक्दैन । पढ्नेक्रम जारी राख्नुहोस्