Daily Archives: 21/11/2009

बालक गुरुङ्को “साथीलाई कविता” बिमोचन (नोभेम्बर २००९)


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका पूर्वाध्यक्ष एवं युवा कवि, गीतकार बाल कुमार गुरुङ् (बालक)को समसामयिक समिश्रण र साहित्यको रोचक संग्रह सहितको “साथीलाई कविता” नामक कविता संग्रह २० नोभेम्वर २००९ को दिन, कुवेतमा बिमोचित भएको छ । बिमोचन समारोहका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको समुह “C” को दोस्रो खेल सम्पन्न


शिवराम पौडेल (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा २० नोभेम्वर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह “C” को दोस्रो खेलमा इथोपियाको बिरुद्द इजिप्ट र इण्डियाको बिरुद्दमा थाइल्याण्डले खेलेका छन । जसमा इथोपिया र इजिप्ट १-१ गोल गर्न सफल भई खेल बराबरीमा टुङ्गिएको छ भनें इण्डियाले थाइल्याण्डलाई १ को बिरुद्द ३ गोल गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा बालक गुरुङ्गको “साथीलाई कविता” बिमोचित


जय आले (कुवेत)

युवा कवि एवं गीतकार बाल कुमार गुरुङ्ग (बालक) को समसामयिक समिश्रण र साहित्यको रोचक संग्रह सहितको “साथीलाई कविता” नामक कविता संग्रह जिलिब अल-सुयोख कुवेतको ओमरा रेष्टुरेन्टमा २० नोभेम्वर २००९ को दिन एक समारोहबीच बिमोचित भएको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र भूषालले साहित्यिक संरचना र संचार क्षेत्रको भूमिकाको ’boutमा उल्लेख गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा NRNA-NCC कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्व र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्यालको प्रमुख आतिथ्य रहेको थियो भनें अन्य अतिथिहरुमा युनिटी लाईफ जन जागृति टिम कुवेतका सचिव राजन रिमाल, कुवेतनेपाल डट कमका जय आले र नेपालकुवेत डट कमका सुजन केसी रहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्