Daily Archives: 19/11/2009

कुवेतमा लामो समयको प्रतिक्षा पश्चात कविता बिमोचन हुँदै


समसामयिक समिश्रण र कविताको रोचक संग्रह सहित आजको यस साहित्यिक पृष्ठभुमिमा सानो हिस्सा बोकेर आफैबाट रचित “साथीलाई कविता” नामक कविताको बिमोचन कार्यक्रम गर्दै हुनुहुन्छ श्री बाल कुमार गुरुङ्ग (सल्लाहाकार- एनआरएनए कुवेत, वरिष्ट सल्लाहाकार एवं पुर्वाध्यक्ष- माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत) जुन संग्रहमा सामाजिक बिकृति, राज्य सरकारको गलत प्रकृयाको बिरोधाभास देखी लिएर अरब मुलुकमा नेपाली चेलीहरुको दर्द भरिको व्याथा समेत समेटिएको पाउनु हुनेछ ।

उपस्थिती जनाई दिनुहोस्, तपाईंको गरिमामय उपस्थिती एवं सुझाव सहितको सहभागिताले नेपाली भाषा र साहित्यको यस सृजनात्मक कार्यलाई अविस्मरणिय हौसला र प्रेणा मिल्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण एसियाका सबैभन्दा कम भ्रस्टचार राष्ट्र भुटान


भ्रष्टाचारमा नेपालले रेकर्ड ब्रेक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा मंगलबार सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा भ्रष्ट भएको छ । टिआईले तयार पारेको एक सय ८० देशको सूचीमा नेपाल एक सय ४३ औँ स्थानमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार छिट्टै ढल्ने प्रचण्डको दावी


एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन सरकार छिट्टै ढल्ने दावी गर्नुभएको छ । प्रचण्डले अहिलेको सरकार अप्राकृतिक ढङ्गले बनेकाले सरकारको आयु लामो नभएको दावी गर्नुभयो । सिङ्गापुरबाट स्वदेश फर्किएपछि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सरकारको गठनबन्धन केहीदिनभित्रै टुट्ने दावी गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

६ महिनामा १३१ राजधानीवासीलाई सर्पले डस्यो


काठमाडौं, राजधानीमा ६ महिनाको अवधिमा एक सय ३१ जनालाई सर्पले टोकेको छ । ०६६ वैशाखदेखि असोजसम्म राजधानीमा एक सय ३१ जनालाई सर्पले डसेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका अनुसार राजधानीमा यति धेरै मानिस सर्पदंशबाट पीडित बनेको यो पहिलोपटक हो । पढ्नेक्रम जारी राख्नुहोस्

शैक्षिक भ्रमणमा बसभित्रै एकको मृत्यु


मंसिर ४, शैक्षिक भ्रमणमा निस्केका पनौती-१२ खोपासीस्थित श्रीबाल आदर्श माविका विद्यार्थीमध्ये एक जनाको यात्राकै क्रममा बुधबार मृत्यु भएपछि विद्यालयमा रुवावासी चलेको छ । मृत्यु हुनेमा कक्षा १० की १७ वर्षिया छात्रा दीपा श्रेष्ठ रहेकी छिन् । चलाल गणेशस्थान-९, भन्ज्याङखर्क घर भएकी उनी खोपासीमा बस्दै आएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

तपस्वी ‘धर्म संकटमा’


वीरगन्ज, आफ्नो चमत्कारले कसैगरी पनि बली रोक्ने बाराका तपस्वी रामबहादुर बम्जनको भनाईलाई बेवास्ता गर्दे गढीमाई मेला समितिले पशुबलीको सम्पूर्ण तयारी पूरा गरेपछि उनी ‘धर्म संकट’मा परेका छन् । ‘चमत्कारिक’ व्यक्तित्वको रुपमा प्रचारित तपस्वीले बली रोक्न नसके उनीमाथि नै प्रश्न उठ्ने सम्भावना बढेको छ । अनुयायीद्वारा शरीरबाट आगो उत्पन्न हुने, छिनमै अलप हुनसक्ने, निराहार योगी तथा अन्य विभिन्न चमत्कारिक व्यक्तित्वको रुपमा प्रचारित तपस्वीलाई कसैगरी पनि बली रोक्नु पर्ने बाध्यता देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्