Daily Archives: 18/11/2009

नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त


काठमाडौँ, मङसिर २/अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्कट एच. डेलिसीलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेका छन् । अमेरिकी विदेश सेवाका वरिष्ठ अधिकारी रहिरहेका डेलिसीले २८ वर्षको जागिरे जीवनमा इरिट्रियामा राजदूत तथा बोत्सवानामा अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसनका रुपमा सेवा गरिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बिरालोले तहलका मच्चायो


३ मंसिर, एनिमेटर सिमोन टोफिल्डले बनाएको एउटा कार्टुन बृत चित्रले ईन्टर नेटको युट्युबमा तहलका मच्चाएको छ। उक्त कार्टुनको प्रेरणा उनले आफ्नो बिरालोले आफुलाई बिहान उठाउने गरेको घट्नामा आधारित रहेको छ । बिहानै बिरालोले सुतिरहेको ठाँउमा आएर उनको कान तान्ने, जीउमा उफ्रिने गर्दो रहेछ। पढ्नेक्रम जारी राख्नुहोस्

बजेट पारित गराउन आवस्यक पर्ने सम्पुर्ण शक्ति लगाउन काँग्रेस र एमाले सहमत


बर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा सहमति खोज्न सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शिर्ष नेताहरु सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सबै दललाई मान्य हुनेगरी तत्काल राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सिङ्गापुरमा कांग्रेस र माओवादीबीच सहमति


काठमाडौं –पार्टीको कुनै निर्धारित कार्यक्रम बिना पनि सिङ्गापुर पुगेका माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच सिङ्गापुरमै भेटवार्ता भएको छ । उहाँहरुबीच भएको भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर मध्यमार्गीबाटो मार्फत निकास खोज्ने सहमति भएको सिङ्गापुरमा रहेकी परराष्ट्र मन्त्री सुजाता कोइरालाले जानकारी दिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

सवारी दुर्घटना


धरानबाट काकडभिट्टा जाँदै गरेको यात्रुवाहक बस मंगलबार मोरङमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गको गोठगाँउ नजिक मोटरसाईकललाई जोगाउने प्रयास गर्दा बस सडकबाट १० फिट गहिरो खाडलमा खसेको हो ।

पूर्वअधिराजकुमारीलाई धम्क्याएर पैसा असुल्न खोज्ने पक्राउ


काठमाडौँ, मंसिर ३, पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई धम्क्याएर रकम असुल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्रेको छ । पक्राउ परेकामा पूर्वअधिराजकुमारी प्रेरणाकै निजी सचिव दाङ घर भएकी २७ वर्षकी प्रतीक्षारत्‍न शाह र उनका प्रेमी रुकुम घर भएका ३० वर्षका राजेश हमाल छन् । पढ्नेक्रम जारी राख्नुहोस्