पोखरामा १५ जनामा स्वाईन फुलुको संक्रमण


छिमेकी जिल्ला पर्वतमा ९ जनालाई स्वाईन फु्लुको संक्रमण देखा परेको पुष्टि भएको एकसातापछि पोखरामा पनि स्वाइनफ्लू देखा परेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बारुण रिसर्च सेन्टर कास्कीले काठमाण्डौ प्रयोगशालामा पठाईएका १९ जनाको रिपोर्ट मध्ये १५ जनामा स्वाईन फुलु देखा परेको पुष्टि भएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,अन्य विभिन्न निजी क्लीनिक तथा अस्पतालमा उपचारार्थ आएका बिरामीहरुमध्ये स्वाइनफ्लू लागेको आशंकामा उनीहरुको खकार र रगत परीक्षणका लागि काठमाण्डौ पठाईएको थियो ।

परिक्षणका लगि काठमाण्डौ पठाईएका रिपोर्टहरु सबै कास्कीका विभिन्न स्थानका व्यक्तिहरु हुन् । फ्लु देखिएको हो, निमित्त सुपरिटेण्डेण्ड रहेका डा. आचार्यले कास्कीमा स्वाईन् फुलु भित्रिएको पुष्टी भए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ । उहाले रुघाखोकी लागेका विरामीहरु सजग हुन जरुरी रहेको बताउदै बेलैमा यस रोग’bout सचेत भए केही हदसम्म नियन्त्रण गर्न सकिने भएको जानकारी दिंदै होस नपुर्‍याएमा महामारी समेत लिन सक्नेतर्फ सचेत गराउनु भएको छ । महामारिको रुप लिएमा विद्यालयहरु,सिनेमा हलहरु बन्द हुने र बढी मानिसको चहलपहल हुने ठाउा बन्द गर्न सकिने उहााको भनाई छ ।

स्वाईल फ्लु देखा परेको पुष्टी गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निमित्त मेडिकल सुपरिटेडेण्ट डा. लुमेश्वर आचार्यले थप अध्ययनका लागि रिपोर्ट पठाईएका विरामी २ वर्षदेखि १४ वर्षसम्म रहेको जानकारी दिनुभएको छ । डा. आचार्यले पश्चिमाञ्चल अस्पताल, रिसर्च सेण्टर र पोखराका अन्य निजी क्लिनिकहरु, नर्सिङहोमहरुमा आएका विरामीहरुको रिपोर्ट काठमाण्डौ पठाएको बताउनु भएको छ ।

कार्तिक १६ र १७ गते खकार र रगत संकलन गरिएका विरामीहरुको रिपोर्टमा स्व्ईन
यता बारुण रिसर्च सेण्टरमा कार्यरत डा. डुकबहादुर क्षेत्रीले विगत ६ महिनादेखि नै विरामीको परिक्षणका लागि रिपोर्टलाई काठमाण्डौ पठाउने गरिएको र हालसम्म करिब ९ सय जनाको रिपोर्ट पठाई सकिएको बताउनु भएको छ । सामान्य रुघाखोकी र ज्वरो भनिएको रोग स्वाइन फ्लु भएको पुष्टि भएपछि सर्बसाधरणहरु भने त्रसित देखिएका छन । पोखराका संचारमाध्यममा स्वाईन फुलु आएको समाचार प्रशारण भएलगत्तै बजारमा माक्स किन्नेहरु पसलमा भिड लागेको थियो । मास्कको मूल्य पनि अकासिएको छ । १५ रुपैयामा पाइने मास्क ब्यापारीहरुले ७५ रुपैयाँ बढीमा बृद्धि गर्ने गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.