सरकारले महिना दिनमै दूतावास स्थापना गर्ने आश्वासन दिएको छ: धर्मराज गिरी- उपाध्यक्ष NRNA/MESC कुवेत


Dharma Raj Giriझापा जिल्लाको अर्जुनधारा ६ मा जन्मनु भएका ३४ वर्षिय धर्मराज गिरी ६ बर्ष नेपाल प्रहरी सेवामा आफुलाई समर्पण गरी, १० वर्षयता कुवेत नगरीलाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएको छ । कुवेतको एक दशकको समयावधीमा आफुले अनेकन् थरिका दु:ख-सुख र संघर्षहरु देखे-भोगेको गिरी बताउनुहुन्छ । समाजसेवा र खेलकुदमा मरीनै मेट्ने गिरी कुवेतमा ५ महिना अगाडी गठित NRNA-NCC कुवेतको प्रथम उपाध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका समेत उपाध्यक्ष नै रहनु भएको छ । वहाँ हालै मात्र काठमाण्डौमा सम्पन्न, गैर-आवासीय नेपाली सँघ – अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौंथो विश्व महाधिवेशनमा NRNA-NCC कुवेतको तर्फबाट एक्लै प्रतिनिधित्व गर्दै भाग लिईआउनु भएको छ ।

श्री गिरीले उक्त सम्मेलनमा कुवेतवासी नेपालीहरुको हितमा उठाएका मुद्दाहरु मिडिया र NCC कुवेतलाई मात्र नभई सारा कुवेतवासी नेपालीहरुलाई अहिले एउटा चासोको बिषय बन्न पुगेको छ । आफु नेपाल रहँदा कुवेतको लागि प्रथम राजदूत चुनिनु भएका महामहिम श्री मधुवन पौडेललाई समेत भेटेर कुवेतको वस्तुस्थिती र कुवेतमा पेशारत नेपालीहरुको अवस्था ’bout जानकारी गराउनु भएको पनि गिरीले बताउनु भएको छ ।

आउनुहोस्, इत्यादी सवालहरुलाई मुख्य बिषयबस्तु बनाई कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेले, धर्मराज गिरीसँग गरेको कुराकानीको पूर्ण विवरण पढौं:

-सर्वप्रथम यहाँलाई बधाई !
NRN को चौंथो विश्व-महाधिवेशनमा कुवेतवासी नेपालीको हितको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तपाईंले उठाएका मुद्दाहरु अहिले सबैको चासोको बिषय बनेको छ र जुन तपाईंबाट सार्वजनिक भएका छैनन, यस’bout केही बताइदिनु हुन्छकी ?

सर्वप्रथम म कुवेत आएको २ दिन मात्र भएकोले पनि सार्वजनिक गर्न सकेको थिईन । कुवेतवासी नेपालीहरुलाई सम्मेलनमा उठाएका मुद्दाहरु’bout अन्यौलता छाउनु भनेको सकारात्मक हो । हेर्नुस् NRN लाई अहिले गैर-आवासिय नागरिकले मात्र नभई नेपाल सरकारले पनि ठुलो महत्व दिएको मैले पाएं । अझै दूतावास नभएको मुलुकहरुमा त NRNA लाई नै दूतावासको रुपमा लिइन्छ त्यो सबैलाई विदितै छ । मलाई सम्मेलनमा कुवेतको तर्फबाट ३ चोटि सम्म बोल्ने मौका दिईएको थियो । जुन अवसरमा छाती ठोकेर मेरो बुद्दि र बिवेकले भ्याएसम्म दुनियाँको सामु मैले बोलेका कुराहरु तपाईंले आग्रह गरेअनुसार बताउँदैछु:

(करिब ४० हजार नेपालीहरुको जनघनत्व रहेको कुवेत नगरीमा कार्यरत नेपालीहरुको समस्या भनेको उल्लेख्य नै छैन । खासगरी दलालहरुको प्रलोभनमा परी भारतका बिभिन्न नाकाहरु हुँदै एक घरेलु कामदारको हैसियतमा कुवेत भित्रिन पुगेका हाम्रा नेपाली चेलीबेटिहरुको समस्या साँची नै एउटा खहरे खोलो झैं सुकेर तेर्सी रहेको छ । दिनहुँ मालिक-मालिक्निको पशु व्यावहार, यौन शोषण, देशी-बिदेशी दलाहरुको कोठिमा सजिनु, अनाहकमा मालिक-मालिक्निको मात्र नभई कुवेतमा अफिस खोली बसेका देशी-बिदेशी दलालहरुको समेत कुटाई खानु, पति बिनाको शिशु जन्माउन वाध्य हुनु र जसले गर्दा घरबाट भाग्न, अग्ला-अग्ला बिल्डिङ्गबाट हाम फाल्न र जिबन नै गुमाउन विवश हुनु यो कुवेतवासी नेपाली चेलीहरुको दैनिकी नै भएको छ । यसरी अकालमा जिबन गुमाउनेहरुको या अन्य कुनै कारणवश मृत्यु हुने नेपालीहरुको मृत शरीर कुवेतका अस्पातलहरुमा महिनौं देखी लिएर बर्षौं सम्म फ्रिज भएर बस्नु र हामीहरु सँघमा आवद्द रहेका सदस्यहरु गएर मृत्य शरीर देख्न त परै जाओस अस्पातलका ढोका सम्म पाईला समेत राख्न नपाउनु र बिभिन्न आरोप प्रत्यारोपमा कुवेतका जेलहरुमा सड्न पुगेका नेपाली दाजुभाइ- दिदीबहिनिहरुको अवस्था बुझ्न जेलको द्वारसम्म पुग्न नसक्नु र कुनैपनी सरकारी काम या प्रयोजनको लागि साउदी दूतावासबाट ढिलासुस्ती हुनु, राहदानी नविकरणमा हुने समस्या जस्ता कयौं अड्चनहरु हाम्रो सामु आईलाग्नु र हामीले दैनिक रुपमा यस्ता समस्याहरुको सामना गर्नु भनेको पक्कै पनि कुवेत नगरीमा आजसम्म नेपाल सरकारको पक्षबाट कुनै किसिमका कुटनैतीक नियोग र डीप्लोम्याटिक मिशनहरु संचालित नहुँनुको कारणले नै हो र गैर-आवासिय नेपाली सँघलाई कुनै किसिमको आधिकारीक अधिकारहरु नेपाल सरकारबाट प्राप्त नहुनु नै हो । त्यसैले आजको यस महान सम्मेलनमा म गैर-आवासिय नेपाली सँघ कुवेतको प्रथम उपाध्यक्ष भएको हैसियतले के अनुरोध गर्न चाहन्छु भनें; नेपाल सरकारले कुवेत नगरीमा नेपाली दूतावास स्थापना गर्ने भनेर बिभिन्न संचारद्वारा जसरी घोषणा गरेको छ त्यसलाई यथाशिघ्र कार्यान्वयनमा ल्याओस र गैर-आवासिय नेपाली सँघ अन्तर्राष्ट्रिय समन्वय परिषदको यस महाधिबेशनले कुनै न कुनै अधिकार नेपाल सरकारको तर्फबाट प्राप्त गरी संसारका बिभिन्न मुलुकहरुमा आफ्नो कार्यनिर्देशिकालाई संचालन गर्न र सफल पार्न सक्ने बातावरण सृजना गर्नको निमित्त नेपाल सरकारको ध्यानाकर्षण गर्न सकोस भन्न चाहन्छु, धन्यवाद । मैले बोलेका मुख्य कुराहरु यिनै हुन)

-साह्रै सान्दर्भिक कुराहरु उठाउनु भएछ । तर विश्वको कुनैपनि मुलुकबाट ५ देखी १५० जनासम्म प्रतिनिधिहरु सहभागि रहेको अधिवेशनमा कुवेतबाट किन तपाईं एक्लो ? के तपाईं NCC कुवेतको मनोनित प्रतिनिधी हुनुहुन्थ्यो ?

मैले NCC कुवेतको प्रतिनिधित्व गर्दै सम्मेलनमा एक्लै सहभागिता जनाएको साँचो हो र मनोनित भएर सहभागि हुनु भन्दापनि कुवेतमा NRNA स्थापना भएको ४/५ महिना भईसकेको अवस्थामा कुनै प्रतिनिधि जान नसक्दा भोली संस्थाउपरनै प्रश्न उठ्न सक्ने स्थिती नआओस् भन्ने धारणासहित र म आफै NRNA कुवेतको प्रथम उपाध्यक्ष भएको हैसियतले गर्दा पनि मलाई सम्मेलनमा सहभागि हुन वाध्य बनायो र म भएं । तर, वास्तवमा भन्नुपर्दा जुन किसिमको सहयोग NRNA कुवेतका सहयात्रिहरुबाट पाउन सकुंला भनेर म सम्मेलनमा गएं तर सोंचे जसरी त्यस्तो भएन । मुख्यत: अरु देशबाट प्रिजेन्टेशनमा १५० जनासम्मको संख्यामा उपस्थिती देखाउँदा र म कुवेतको प्रिजेन्टेशन दिंदा एक्लो पर्दा अलिकती नमज्जा र अप्ठ्यारो पनि महशुस भयो तर यस्तो हुनुमा हाम्रो कार्यसमिति नयाँ भएकोले र अन्य समस्याले पनि शायद होला भनेर मलाई त्योबेला लागेको थियो, यती नै भन्न चाहन्छु ।

-सम्मेलनमा भाग लिनुभयो, कुवेतवासी नेपालीका यावत समस्याहरु संसारको सामु उठाउनुभयो यि साह्रै सराहनिय कुरा हुन अनी सरकारको प्रतिकृया कस्तो पाउनु भयो त ?

सरकार समक्ष गैर-आवासिय नेपालीहरुले परिचय पत्र पाउनु पर्छ भन्ने सम्मेलनको मुल एजेण्डा थियो अब नेपाल सरकारको भूमिकाको ’boutमा त समयले नै बताउला ।

-दुतावासको बिकल्पमा हेरिने NRNA को अधिकारका कुराहरु गरौं न ! जस्तै कुवेत जेलको द्वारसम्म पुगेर पीडित नेपालीहरुको अवस्था बुझ्नसक्ने, मृतकका लाश अस्पातलको ढोकासम्म पुगेर खोजतलास गर्न सक्ने, के यि अधिकार छन NRNA सँग ?

त्यस्तो छैन, यसको ’boutमा नेपाल सरकारले NRNA लाई आधिकारिक रुपमा परिचालित हुन अधिकार दिनुपर्ने हुन्छ । नत्र NRNA र यहाँको कानुन मिल्दैन ।

-त्यसो भए NRNA लाई दूतावासको बिकल्पमा हेरिनुको फाईदा के ? उल्लेखित अधिकार NRNA सँग छैन भनें MESC र NRNA मा फरकनै के ? MESC ले भकुण्डो त खेलाउँछ, गलत नसोच्नु होला आफुलाई लागेको सवाल उठाएको हुँ ?

हेर्नुस् समाजसेवामा पनि जब उद्वारताको सवाल अगाडि आउँछ त्यो कुवेतमा मात्र नभै खाडी मुलुकहरुमै NRNA को त्यती उल्लेखनिय भूमिका रहेको छैन । फेरिपनी पनि NRNA भनेको “नेपालीका लागि नेपाली र नेपालको लागि नेपाली” भन्ने मुलमन्त्र बोकेको संस्था हो । यसले नेपालमा ठुलो लगानी गरेको छ, यहाँको कानुन र NRNA को कार्यशैलीमा भिन्नता हुनु स्वाभाविक हो र यस्तै समस्याहरुलाई समाधान कसरी गर्ने भनेर सम्मेलनमा मुख्य बिषयबस्तु बनाइ उठाईएको थियो । प्रतिक्षा गरौं, केही हुन पो सक्छ कि !

-प्रसंग बदलौं:
कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन पौडेलसँग पनि तपाईंको भेट्घाट रहेको सुन्नमा आयो, भेटमा भएका कुराहरु र वहाँको ’boutमा केही बताइदिन मिल्छ कि ?

हजुर, मैले महामहिम राजदूतसँग खासगरी कुवेतको वस्तुस्थिती र नेपालीहरुले भोग्नु परेका समस्याहरुलाई पूर्व जानकारी गराउने उद्देश्यले मात्र भेट्घाट गरेको हुँ र वहाँ एउटा यस्तो महान व्यक्तित्व हुनुहुँदो रहेछ, त्यसको ’boutमा मैले व्याख्या गरिरहनु भन्दा पनि वहाँको चाँडै नै कुवेत आगमन हुँदैछ, त्यो हामीले देखी नै हाल्नेछौं, कृपया प्रतिक्षा गर्नुहोस् ।

-चाँडै नै आगमन ? जबकी कुवेत सरकारले दूतावास राख्ने अनुमती दिएको भएपनी कहाँ, कुन ठाउँमा राख्ने टुंगो नै नलागेको अवस्थामा कसरी… ? कि वहाँ आफैले दूतावासको लागि स्थान खोज्नु हुने हो अनी कहिलेसम्म आउने कुरो छ त ?

वहाँ एक महिना भित्रैमा थप ३ जना कर्मचारीको साथमा कुवेत आउने आश्वासन दिनु भएको छ र भिसाको लागि केही दिनमै दिल्लीस्थित कुवेती दूतावास जाँदै हुनुहुन्छ । अनी जहाँसम्म सवाल दूतावास कुन ठाउँमा राख्ने भन्ने छ त्यसको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव खोजिको लागि दौडधुप गरिरहेको छ र केही स्थानिय कर्मचारीहरु पनि दूतावासको लागि चाहिने वहाँले भन्नु भएकोले त्यसको खोजी कार्यमा क्लव कार्यसमिति लागि परेको जानकारी पनि गराउन चाहन्छु ।

धन्यवाद ।

54 responses to “सरकारले महिना दिनमै दूतावास स्थापना गर्ने आश्वासन दिएको छ: धर्मराज गिरी- उपाध्यक्ष NRNA/MESC कुवेत

  1. Great effort Dharma Jee, sarai ramro karya ko suruwat bhayeko chha, wish you all the best !!!

  2. it is really good news for all Nepali people about the embassy in Kuwait….. great Giri jee and lot of thanks for great effort from your side to meet the श्री मधुवन पौडेललाई and give the information about situation of Kuwait and Nepali worker in Kuwait…. again lot of thanks from my core of heart to you…………… we hope that on the coming days Nepali people will get more help from the embassy.

  3. Nepali Ko Lagi Nepali (Bishal)

    Dharma Jee, tapaiko kadam ko purna samarthan garda chau, tara bichar pani puraunu hola, yaha kahile embassy aula ra chakadi garna paula ani kasari NRNA ko bare galat prachar garaula bhanne ko pani kami chaina……….Namaste

  4. I proud of you, for your grate job. and keep it up

  5. Dharma ji hajur le dherai thulo kaam garnu vaye yeskaa lagi vitri man baata dhanyabaad.

  6. Thanks Dharma ji for you grate Job

  7. Dharma sir, hajur le kuwait baasi haru lai thulo gun lagaunu vayeko chha, thanks

  8. jay sir lai thannks for grate news and Dharma dai we proud of u

  9. kuwait baasi nepali haru lai harek samashyaa maa saath dinu vayeko maa thanks dharma ji

  10. Dharma dai hajur le dherai ramro ra saraniya kaam garnu vayo thanks verymuch.

  11. Dharma Dai yeha ma yo garchhu u garchhu vanera vukne haru dherai chhan tara hajur le garera dekhaunu vayo so thanks alot

  12. dharma dai thanks for your grate job

  13. yeha git gaayera naachera hidne ani khokdai hidne haru ko agadi hajur haru kaam garera dekhaunu vayo thanks

  14. kuwit baasi haru le Dharma ji ko gun kahile vulne chaainan

  15. dharma dai kati ramro kaam garnu vayeko ho abui

  16. tyahi sasta kaa maanchhe haru yeha git gayera naachera base hajur aafnai kharchha maa hamiharu ka lagi yetro kaam gari aaunu vayo so thanks

  17. nice to see your interview and really good job..kuwait nepal team for the news about embasy..thanks Drama raj Giri and Jaya ale sir..

    Hari Krishna Neupane

  18. NRN ko galat prachar garne haru hos gare hunchha? yedi kuwait basi nepali lai help garne Dharma jasta ko pachhi lagne ra galat prachar garne haru lai aba chhodidaina.

  19. a jaha party ani raksi khaana painchha vani kotha kotha chaahari nrn ko galat prachar garne haru lai aba nango banainchha. kura bujyeu hola ni kothe jadya haru,

  20. Aab bhane sachai nepal embassy kuwait ma aaucha ke bhanne aas lageko chha.

  21. It’s truly sounds great with this recent update about Nepal Embassy.

    Hope the inauguration of embassy will put reprieve to intact Nepalese in Kuwait at earliest. Our great congratulation to Mr.Dharma Raj Giri for his great effort along with Mount Everest Sporting Club (Kathmandu,Kuwait).

    Cheers !!!

    Neha

  22. Yauta sano club ko prayas le kehe hudaina bhanne haruko lagi, yo ekdam thulo Jawaf ho.

    We are proud of Mount Everest Sporting Club.

    Dharma dai, lots of thanks and wish you all the best for your NRNA kuwait role.

  23. Finally it seems, Nepalese dreams comes true……………..

  24. Dharma ji hajurko mehanat khera gayena jasto malai lagchha kinaki yaha kam garne bhandaa khokne dherai hunchhan tara malai laage anusar aba chai kuwait basi nepali harule alik sasti paune bhaye ki? ra yo news upload garne Jay ji laai pani many thanks.

    Ram Karki
    All Mullha
    Abuhalifaa kuwait

  25. sarba pratham ta ma NRNA ra MESC laai dhanya bad dina chaahanchhu kinaki Dharma ji yo dubai wata sasthaamaa abadda bhayeko karan le garda ra jo yo kam aba huna gahi rakheko chha yo dubai wataa sasthaako thulo haat chha kharcha gayera garnu bhaneko wahako yeutaa ichhaa ra dayitwa huna sakchha tara je hos wahale hamilai prub garera hamilai dekhaunu bhayeko chha ra wahalai yo news padhane bitikai mahile phone garera sodhe ba news hallne le aruharu yahakaa website harule news jasto haleko hoki bhanera tara waha ko bhanai ra yahaa ko news mileko chha ma dherai dherai khusu chhu balla nepali harule sukha paune bhaye thanks Dharma ji + Jay Ji
    NRNA + MESC laai ma salam garna chaahanchhu.

    Rajendra Khadka

    All Humaji
    Farwaniya

  26. Dear Dharma Jee,

    You are informal leader and Thank you for your great effort. Thank you

  27. very good job bro tapai le afno gar bidama rahada pani ramro kam garera kwt. farkepa6i sampurna kwt ma rahanu bhaka nepali haru lai khusi ko khabar sunaunu bhayo. asko lagi ma lagait sampurna al amana security force ko tarfa bata dhenne baad.

  28. Dharma sir sarai ramro kam garnu bako ma thanks for you and thanks for sampadak yo news lekhnu bhayeko ma

  29. hello Dharma Sir hajur le yesto ramro kam gharnu bhayokoma ma sundar rai ko tharfabat many many thanks dina chanchu.

    sasyed aba chai kehi ramro hunchha ki Nepali haru lai tara yeha dherai manchhe haru guf hakne matra chhan but hajur le gareko kam dherai ramro chha sir.

  30. jaya sir thank you for grate news about nepal embassy and proud of to dharma sir for his achivement

    gharna chanchu.

  31. JHAMAK TAMANG (KAVRELI)

    जुन अवसरमा छाती ठोकेर मेरो बुद्दि र बिवेकले भ्याएसम्म दुनियाँको सामु मैले बोलेका कुराहरु तपाईंले आग्रह गरेअनुसार बताउँदैछु, DHARMA SIR KO MATHI KO SHABDA HARU KYA DAMI LAGYO GOOD JOB.

    -त्यसो भए NRNA लाई दूतावासको बिकल्पमा हेरिनुको फाईदा के ? उल्लेखित अधिकार NRNA सँग छैन भनें MESC र NRNA मा फरकनै के ? MESC ले भकुण्डो त खेलाउँछ, गलत नसोच्नु होला आफुलाई लागेको सवाल उठाएको हुँ ? JAY SIR KO QUESTION LE MERO MAN CHHUYO THANK YOU FOR THIS. DHARMA SIR I APPRECIATE YOU FOR YOU CONTRIBUTION FOR EXPACT NEPALESE. WE ARE WITH YOU.

  32. Thanks Mr.Dharmaraj ji,Atlist you are doing some thing, better then nothings.But all others your’s co_worker are wants to hold the post only.

  33. Griha Ratna Chitrakar

    धर्म सर्! यस कुवेत नगरिमा नेपाली दूतावास स्थापनाको लागि तपाईंले जुन कदम उठाउनु भएको छ त्यो सार्है नै सराहनिय छ । तपाईंलाई हामी सबै कुवेतबासी नेपालीहरुको तर्फबाट धेरै धेरै धन्यवाद!आशा छ भबिश्य मा पनि यस्तै यस्तै सहयोग हरु हामीहरुले पाउने छौं ।
    धन्यवाद!

  34. Dear Jay & Dharma raj, good news for us many greetings both. I hope that NRNA will be care next time & do well job otherwise 40,000 Nepalese people come to against them.

  35. He really deserve many many thanks from Kuwait bashi Nepali and I wish all the best.

  36. Great news……

  37. kuwait ma rahane sabai nepali ko lagi yo ekdam khusi ko khabar ho.

  38. Pratiksa ko phaal mitho hunchha bhanthe……sayad aab typ paal ayo jasto chha…dhanyabad MESC kuwait

  39. Dhrama Jee ko, interview padtha dherai khusi lagyo..

  40. Sachai you khabar sacho ho ta???? Dharma daju…….hajur lai mero tharfa bata muri muri dhanyabadh

  41. As, finally lets hope the news comes into reality……….Embassy aau, peedit nepali lai bachau…..

  42. jay sar really very good news job wel done @thanks dharma ji for you grate.

  43. Kumar Thapa Magar (Hyundai)

    Hello Dharma Sir yeti mitho ra ramro kura padnu pauda I am so happy and Jay dai kati ramro news . Thanks

  44. Dharma Sir,

    Namaskar

    We are so appreciate with you which you hard work to get nepal embassy in kuwait. all of nepali employees to gald regarding this good news.

    Regards
    Amar Tamu
    MSEC-Kuwait

  45. Dear Dharma Ji yo bhanda khusi ko kuro Kuwait basi nepali harulai ke huna sakchha ra? tapaile gareko kaam kunai jhut ko kheti ra lekhak ko kalam ko kamal hoina yo fact kura ho yeslai sabaile swikar garnu parchha ma personally appreciate gardachhu asha chha jasari mahamahim rajdut le aaswasan dinu bhayo tesari nai kaaryanwayan pani hos. tapaile nrn ko mahadhibeshan ma uthayeka mudda haru ra tapaiko bhasan padhna pauda nikai khusi lagyo. Ani interview line Jay solti lai many thanks you are simply genious keep it up.

    Lalkaji Gurung
    Kuwait
    now Pokhara Bagar

  46. He really Embassy in kuwait oh very good i so happy

    T.R.S COPANY

  47. Dramraj ji,Heartily thanks for your great effort .lets hope our Embassy will be opening soon in kuwait .

  48. Helloo Jay sir u have doing really good job keep itup ok. we all waiting Nepali Embassy.

  49. Dear Dharma ji wel-come back to kuwait you have done really good job for all the nepali who stay in kuwait i really appreciate your hard work
    have a good days

  50. Very good job done by Dharma ji thank you very much we will support you at all.

  51. Dharma Dai,

    Great job anyway keep it up and wish u all the best

    Bhola bhai
    UK

  52. I m so glad that we r having a Embassay in the Islamic State of Kuwait from the side of Nepal Federal Goverment. And For this one i will be so glad and happy to appreciate the NRN Team also to MR rajendraTamang , And more to Mr Dharma Raj( Buda)

    Dai tapaile Apreciatable hard work garanu vayeko cha tesako lagi I m so thankful to u . Like me all other nepali brother & sister will feel free and happy after ur work achievement . thanx thanx pls
    Dai

  53. the speech and interview u had with the journalist was so awesome bro , i bow my head for ur . really it was so appreciative but i m sad that from the side of kuwait u were the one and only representive to participate this function .
    I just like to ask what were other Team member of NRN doing ? Just those guys like to talk in kuwait but doesn’t want to go infront of whole media inthat function talk , u know why bcoz they just like to hang arround the side . Isn’t it ? . But my bro dharma raj did great effort in that function .

    Anyway my support is always with u daju . I would like to support u physically but If it not possible bcoz i m a low level worker , if i don’t work iwill not be paid and i cannot feedback to my family , u do understand my problm . thanks for the time for my boring writing

  54. dharma dai u done a relly great job for all nepaliess.i want to gave u lorts of thanks from my heart.
    Santosh thapa

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.